Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • जमुनाह नाकामा सशस्त्र प्रहरीको 'बीआईटी' टोली
जमुनाह नाकामा सशस्त्र प्रहरीको 'बीआईटी' टोली
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, साउन १०, २०८३ बागेश्वरी पोस्ट
जमुनाह नाकामा सशस्त्र प्रहरीको 'बीआईटी' टोली

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको मुख्य जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्टर्याक्सन टोली (बीआईटी) परिचालन गरिएको छ । सीमा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामानको ओसारपसार रोक्ने उद्देश्यका साथ सशस्त्र प्रहरी प्रधान कार्यालयको निर्देशनमा उक्त विशेष टोली परिचालन गरिएको हो ।

जमुनाह नाकामा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं.३० गण बागेश्वरी बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर चन्द, सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहन बिष्ट, सीमा सुरक्षा गुल्म जमुनाहका प्रमुख डीएसपी तीर्थ न्यौपाने तथा बिओपी जयसपुरका प्रमुख इन्स्पेक्टर हिमाल केसीको उपस्थितिमा बीआईटी टोलीले औपचारिक रूपमा जिम्मेवारी सम्हालेको हो ।

आइतबारदेखि देशका प्रमुख सीमा नाकाहरूमा परिचालन गरिएको बीआईटी टोली प्रत्येक स्थानमा सशस्त्र प्रहरी नायव निरीक्षकको नेतृत्वमा १४ सदस्यीय रहने व्यवस्था गरिएको छ । टोली बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म सशस्त्र प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको बीआईटीको आधिकारिक पोशाकमा खटिनेछ । प्रत्येक सिफ्टमा एक महिला सशस्त्र प्रहरी कर्मचारी समेत खटिने व्यवस्था गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बीआईटी टोलीको मुख्य जिम्मेवारी सीमा क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारणलाई सहज सेवा उपलब्ध गराउनुका साथै मानव बेचबिखन तथा ओसारपसारका घटनाको रोकथाम, उद्धार र सूचना संकलन गर्नु हो । साथै, प्रतिबन्धित लागूऔषध, अवैध सामानको तस्करी तथा अन्य सीमा अपराधमाथि निगरानी बढाई आवश्यक कारबाहीमा सहयोग गर्ने जिम्मेवारी पनि टोलीलाई दिइएको छ ।

प्रधान कार्यालयबाट प्रत्यक्ष परिचालन गरिए पनि बाँकेको जमुनाहमा बीआईटी सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण बागेश्वरी बाँकेको समन्वय तथा निर्देशनमा परिचालन हुने जनाइएको छ । बीआईटीको परिचालनसँगै जमुनाह सीमा नाकाको सुरक्षा व्यवस्था थप प्रभावकारी हुने, अवैध गतिविधि नियन्त्रणमा टेवा पुग्ने तथा सीमावर्ती क्षेत्रमा नागरिकमैत्री सुरक्षा सेवा प्रवाह अझ सुदृढ हुने विश्वास रहेको बताइएको छ ।


प्रकाशित मिति: आइतबार, साउन १०, २०८३  १९:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
करिब डेढ महिनादेखि कोहलपुरमा चलेको अनलाइन सट्टेबाजी, प्रहरीले छापा मारेपछि खुल्यो रहस्य, ४८ पक्राउ
करिब डेढ महिनादेखि कोहलपुरमा चलेको अनलाइन सट्टेबाजी, प्रहरीले छापा मारेपछि खुल्यो रहस्य, ४८ पक्राउ
नेपालगन्जमा ४ राउण्ड हवाई फायर, १०३ ग्राम बढी खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ
नेपालगन्जमा ४ राउण्ड हवाई फायर, १०३ ग्राम बढी खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ
भदौमा बाँके प्रहरीको कारबाही: लागूऔषधतर्फ ६१ पक्राउ, १५२ मुद्दा दर्ता हुँदा १३७ प्रतिवादी नियन्त्रणमा
भदौमा बाँके प्रहरीको कारबाही: लागूऔषधतर्फ ६१ पक्राउ, १५२ मुद्दा दर्ता हुँदा १३७ प्रतिवादी नियन्त्रणमा
नेपालगञ्जबाट १०७ ग्राम बढी खैरो हेरोइनसहित श्रीमान्–श्रीमती पक्राउ
नेपालगञ्जबाट १०७ ग्राम बढी खैरो हेरोइनसहित श्रीमान्–श्रीमती पक्राउ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP