नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • नेपालगञ्जमा आधा किलो भन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
नेपालगञ्जमा आधा किलो भन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, साउन १८, २०८३ बागेश्वरी पोस्ट
नेपालगञ्जमा आधा किलो भन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ

नेपालगञ्ज । लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगञ्जले सञ्चालन गरेको विशेष अपरेसनमा आधा किलो भन्दा बढी खैरो हेरोइनसहित दुई जना लागूऔषध कारोबारी पक्राउ परेका छन् । ब्यूरोले उनीहरूको साथबाट लाखौं रुपैयाँ नगद समेत बरामद गरेको छ।  पछिल्लो समय गरिएको यस अपरेसनबाट ब्यूरोलाई ठूलो सफलता मिलेको हो ।

ब्यूरोका कमाण्डर प्रहरी सहायक निरीक्षक नवीन कुमार शाहीको नेतृत्वमा खटिएको टोलीले नेपालगञ्ज उपमहानगरपालिका–४ का ३० वर्षीय सुशील भण्डारी र वडा नम्बर १० का ५५ वर्षीय अरुण कुमार जयसवाललाई ५२६ ग्राम २९० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

विशेष सुराकीका आधारमा सोमबार बिहान करिब साढे ११ बजे नेपालगञ्ज–४ स्थित न्यूरोड नजिकबाट  सुरुमाअ सुशील भण्डारीलाई नियन्त्रणमा लिइएको थियो । उनको शरीर खानतलासी गर्दा ४२ ग्राम ३४० मिलिग्राम खैरो हेरोइन र एक थान मोबाइल बरामद भएको लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगञ्जले जनाएको छ ।

सुशीलको बयानका आधारमा ब्यूरोले अरुण कुमार जयसवाललाई पनि पक्राउ गरेको थियो । उनको साथबाट ९४ ग्राम ५०० मिलिग्राम खैरो हेरोइन, एक थान डिजिटल तराजु र एक थान मोबाइल बरामद गरिएको थियो । त्यसपछि जयसवालको डेरा कोठामा खानतलासी गर्दा दराजभित्र लुकाइराखिएको अवस्थामा थप ३८९ ग्राम ४५० मिलिग्राम खैरो हेरोइन फेला परेको थियो । यससँगै बरामद खैरो हेरोइनको कुल परिमाण ५२६ ग्राम २९० मिलिग्राम पुगेको ब्यूरोले जनाएको छ ।

प्रहरी सहायक निरीक्षक शाहीको टोलीले उनीहरूको साथबाट नेपाली १ लाख ८० हजार र भारतीय २ लाख १ हजार ४०० समेत बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको ब्यूरो कार्यालयले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूले भारतबाट खैरो हेरोइन नेपाल भित्र्याई बाँकेसहित विभिन्न जिल्लामा बिक्री–वितरण गर्ने योजना बनाएको खुलेको प्रहरीले जनाएको छ। लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगञ्जको टोलीले समयमै अपरेसन सञ्चालन गर्दै ठूलो परिमाणको खैरो हेरोइन बरामद गरी उक्त नेटवर्कलाई धक्का दिन सफल भएको छ। प्रहरीले यसबाट ठूलो संख्यामा युवायुवती लागूऔषधको कुलतमा फसिनबाट जोगिएको विश्वास गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगञ्जका प्रहरी सहायक निरीक्षक शाहीको नेतृत्वमा खटिएको टोलीले पछिल्लो समय बाँके, बर्दिया र दाङ लगायत जिल्लामा विशेष अपरेसन सञ्चालन गर्दै ठूलो परिमाणमा लागूऔषध बरामद गर्नुका साथै लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न उल्लेखनीय सफलता हासिल गर्दै आएको छ ।


प्रकाशित मिति: सोमबार, साउन १८, २०८३  १७:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर अनुसन्धानमा कर्णाली विकास बैंकका पूर्व सीईओसहित तीन जना पक्राउ
बैंकिङ कसुर अनुसन्धानमा कर्णाली विकास बैंकका पूर्व सीईओसहित तीन जना पक्राउ
बाँकेमा चोरी भएका चार वटा मोटरसाइकल फेला, बुझाइयो सम्बन्धित धनीलाई
बाँकेमा चोरी भएका चार वटा मोटरसाइकल फेला, बुझाइयो सम्बन्धित धनीलाई
दाङको जंगलमा प्रहरीले भेटायो ५५ नाल अवैध भरुवा बन्दुक
दाङको जंगलमा प्रहरीले भेटायो ५५ नाल अवैध भरुवा बन्दुक
नेपालगञ्जमा आधा किलो भन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
नेपालगञ्जमा आधा किलो भन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP