Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • ठूलो परिमाणमा प्रतिबन्धित औषधि ट्रामाडोल बरामद
ठूलो परिमाणमा प्रतिबन्धित औषधि ट्रामाडोल बरामद
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, भदौ २९, २०८३ बागेश्वरी पोस्ट
ठूलो परिमाणमा प्रतिबन्धित औषधि ट्रामाडोल बरामद

नेपालगञ्ज । सशस्त्र प्रहरीले बाँकेको खजुरास्थित सैनिक क्षेत्र नजिकबाट भारतबाट अवैध रूपमा ल्याइएको ठूलो परिमाणमा प्रतिबन्धित औषधि ट्रामाडोल बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण बागेश्वरी बाँकेका अनुसार बीओपी बढैया अन्तर्गतको सुरक्षा पोस्ट सैनिकबाट आज दिउँसो सवा २ बजे सशस्त्र प्रहरी नायब निरीक्षक पदम खड्काको कमान्डमा खटिएको पाँच जनाको टोलीले खजुरा गाउँपालिका–१ स्थित बेलडाँडाबाट ४ हजार ३ सय २० पत्ता (४३ हजार २ सय क्याप्सुल) ट्रामाडोल बरामद गरेको हो ।

भारतबाट अवैध रूपमा ल्याइएको उक्त ट्रामाडोलसँगै भे ६ प ६०२६ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । अवैध ओसारपसार, सीमा अपराध नियन्त्रण तथा लागूऔषधविरुद्धको कारबाहीलाई प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपाल बाँकेको निर्देशन अनुसार टोली परिचालन गरिएको थियो ।

सशस्त्र प्रहरीको टोलीलाई देख्नासाथ मोटरसाइकलमा प्रतिबन्धित औषधि लिएर आउँदै गरेका व्यक्ति ट्रामाडोल र मोटरसाइकल छाडेर फरार भएका थिए । प्रतिबन्धित औषधि लिएर आउने व्यक्तिको पहिचान तथा खोजतलास भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद ट्रामाडोल र नियन्त्रणमा लिइएको मोटरसाइकललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । 


प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३  १६:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ठूलो परिमाणमा प्रतिबन्धित औषधि ट्रामाडोल बरामद
ठूलो परिमाणमा प्रतिबन्धित औषधि ट्रामाडोल बरामद
पश्चिम नवलपरासी सशस्त्र र प्रहरीको अपरेसन: १ करोड १४ लाख बढीका सामानसहित गाडी नियन्त्रणमा 
पश्चिम नवलपरासी सशस्त्र र प्रहरीको अपरेसन: १ करोड १४ लाख बढीका सामानसहित गाडी नियन्त्रणमा 
सशस्त्र प्रहरीमा खुल्यो ६६६ जनाका लागि आवेदन (सूचनासहित)
सशस्त्र प्रहरीमा खुल्यो ६६६ जनाका लागि आवेदन (सूचनासहित)
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP