Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँकेबाट ५१ ग्राम बढी खैरो हेरोइनसहित ३ जना पक्राउ,  ३ लाख ३२ हजार नगद बरामद
बाँकेबाट ५१ ग्राम बढी खैरो हेरोइनसहित ३ जना पक्राउ,  ३ लाख ३२ हजार नगद बरामद
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, भदौ ३०, २०८३ बागेश्वरी पोस्ट
बाँकेबाट ५१ ग्राम बढी खैरो हेरोइनसहित ३ जना पक्राउ,  ३ लाख ३२ हजार नगद बरामद

नेपालगन्ज । बाँकेमा करिब एक महिनाअघिदेखि सञ्चालन गरिएको लागूऔषधविरुद्धको अपरेसनका क्रममा ५१ ग्राम बढी खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्।

विशेष अपरेसनका क्रममा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार साँझ  कोहलपुर नगरपालिका–१० बाट १०.७८० ग्राम खैरो हेरोइनसहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका–३ का १९ वर्षीय प्रिन्स शाही र बाँकेको राप्तीसोनारी गाउँपालिका–३ का २८ वर्षीय लाहुराम थारुलाई पक्राउ गरेको थियो।

उनीहरूमाथि अनुसन्धान गर्ने क्रममा लागूऔषध कारोबारमा थप व्यक्ति संलग्न रहेको खुलेपछि ब्यूरो र बाँके प्रहरीको टोलीले आज नेपालगञ्ज उपमहानगरपालिका–३ बाट सोही स्थानकै ३५ वर्षीय मोहमद रहिम अन्सारीलाई ४०.७६० ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ।

ब्यूरोका अनुसार अनुसन्धानका क्रममा लागूऔषध कारोबारमा संलग्नहरूले पछिल्लो समय नयाँ शैली अपनाएको समेत खुलेको प्रहरीले जनाएको छ। स्टेशनरीका सामान काठमाडौं पठाउने र त्यसभित्र किताब तथा कापीको बीचमा लागूऔषध लुकाउनेदेखि पेनभित्र समेत ब्राउन सुगर तथा खैरो हेरोइन राखेर पठाउने गरेको खुलेको हो। यस्तो शैलीबाट भइरहेको लागूऔषध ओसारपसारलाई समेत लागूऔषध नियन्त्रण ब्युरो र प्रहरीले नियन्त्रणमा लिन सफल भएको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जानकारी दिएको छ।

पक्राउ परेका तीनै जनाबाट गरी कुल ५१.५४० ग्राम खैरो हेरोइन, एक थान डिजिटल तराजु, नेपाली रुपैयाँ ९९ हजार र भारतीय रुपैयाँ १ लाख ४६ हजार गरी कुल नेपाली मूल्य ३ लाख ३२ हजार ६ सय रुपैयाँसमेत बरामद गरिएको ब्यूरोले जनाएको छ।

यसैगरी उनीहरुले प्रयोग गरेको भे ३ प ५३५१ र भे १५ प ५३१ नम्बरका दुईवटा मोटरसाइकल समेत बरामद गरिएको लागूऔषध नियन्त्रण ब्यूरोले जानकारी दिएको  छ।

पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाइएको कोटेश्वर ब्यूरोले जनाएको छ।


प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०८३  २१:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेबाट ५१ ग्राम बढी खैरो हेरोइनसहित ३ जना पक्राउ,  ३ लाख ३२ हजार नगद बरामद
बाँकेबाट ५१ ग्राम बढी खैरो हेरोइनसहित ३ जना पक्राउ,  ३ लाख ३२ हजार नगद बरामद
ठूलो परिमाणमा प्रतिबन्धित औषधि ट्रामाडोल बरामद
ठूलो परिमाणमा प्रतिबन्धित औषधि ट्रामाडोल बरामद
पश्चिम नवलपरासी सशस्त्र र प्रहरीको अपरेसन: १ करोड १४ लाख बढीका सामानसहित गाडी नियन्त्रणमा 
पश्चिम नवलपरासी सशस्त्र र प्रहरीको अपरेसन: १ करोड १४ लाख बढीका सामानसहित गाडी नियन्त्रणमा 
सशस्त्र प्रहरीमा खुल्यो ६६६ जनाका लागि आवेदन (सूचनासहित)
सशस्त्र प्रहरीमा खुल्यो ६६६ जनाका लागि आवेदन (सूचनासहित)
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP