Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • कामको प्रलोभनमा भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार, दुई जना पक्राउ 
कामको प्रलोभनमा भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार, दुई जना पक्राउ 
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असोज १, २०८३ बागेश्वरी पोस्ट
कामको प्रलोभनमा भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार, दुई जना पक्राउ 

बाँके । ललाई–फकाई कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई जना १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ। किशोरीलाई लिन आएका एक भारतीय नागरिकसहित दुई जनालाई समेत सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

बुधबार साँझ ७ः५० बजे नरैनापुर गाउँपालिका–१, सुईया क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाल बीओपी कटकुइयाबाट सशस्त्र प्रहरी निरीक्षक झक्कु प्रसाद शर्माको कमाण्डमा खटिएको सात जनाको टोलीले विशेष सूचनाका आधारमा सवारीसाधन जाँच गर्ने क्रममा नेपालगञ्जबाट भारततर्फ जाँदै गरेको रा१ ह ३७३० नम्बरको अटो रिक्सामा दुई किशोरीलाई फेला पारेको सशस्त्र प्रहरी बाँकेले जनाएको छ।

उद्धार गरिएका किशोरीमा बर्दियाको बाह्रबर्दिया–२ बस्ने १६ वर्षीया सन्जु थारु र ठाकुरबाबा नगरपालिका–८ बस्ने १६ वर्षीया निर्जला चौधरी रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

सशस्त्र प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा किशोरीलाई ललाई–फकाई कामको प्रलोभन देखाएर भारत लैजान लागिएको खुलेको छ। उनीहरूलाई भारत पुर्‍याएर बेच्ने उद्देश्य रहेको आशंका गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सीमा क्षेत्र पार गराउन उनीहरूलाई भारतको श्रावस्ती जिल्लास्थित चौधरी गाउँमा रहेको मामा घर जान लागेको बताउन लगाइएको प्रारम्भिक विवरणबाट खुलेको छ। तर, किशोरीहरूको गतिविधि र उनीहरूले दिएको विवरण शंकास्पद देखिएपछि सशस्त्र प्रहरी निरीक्षक शर्माले थप सोधपुछ तथा जाँच गरेका थिए। त्यसक्रममा उनीहरूलाई भारत लैजान खोजिएको आशंका पुष्टि भएपछि उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

किशोरीलाई लिन आएका व्यक्तिहरूमाथि समेत निगरानी बढाइएको थियो। सोही क्रममा बीओपी प्रमुख  शर्मासहित सुईया नाकामा खटिएको टोलीले किशोरीलाई लिन आएका दुई जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार पक्राउ पर्नेमा नरैनापुर गाउँपालिका–३ कालाफाटा बस्ने ३० वर्षीय यार मोहम्मद बेहना र भारत उत्तर प्रदेश, धावस्ती बस्ने ३३ वर्षीय हनुमान प्रसाद महन्त रहेका छन्।

उनीहरूको साथबाट रा१ ह ३७३० नम्बरको अटो रिक्सा, यूपी ३९०७ नम्बरको भारतीय मोटरसाइकल र चार थान मोबाइल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

उद्धार गरिएका दुवै किशोरीलाई संरक्षण तथा आवश्यक समन्वयका लागि इलाका प्रहरी कार्यालय सुईयाका प्रहरी सहायक निरीक्षक लोक बहादुर मल्लको रोहबरमा पीआरसी नेपाल, सुईयाकी प्रतिनिधि अन्नपूर्ण मिश्रको जिम्मा लगाइएको छ भने पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नरैनापुर प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।


प्रकाशित मिति: बिहीबार, असोज १, २०८३  ०८:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कामको प्रलोभनमा भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार, दुई जना पक्राउ 
कामको प्रलोभनमा भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार, दुई जना पक्राउ 
साढे ९ किलो चरेस सशस्त्र प्रहरीको नियन्त्रणमा, २० वर्षीय भारतीय युवक पक्राउ 
साढे ९ किलो चरेस सशस्त्र प्रहरीको नियन्त्रणमा, २० वर्षीय भारतीय युवक पक्राउ 
बाँकेबाट ५१ ग्राम बढी खैरो हेरोइनसहित ३ जना पक्राउ, ३ लाख ३२ हजार नगद बरामद
बाँकेबाट ५१ ग्राम बढी खैरो हेरोइनसहित ३ जना पक्राउ, ३ लाख ३२ हजार नगद बरामद
ठूलो परिमाणमा प्रतिबन्धित औषधि ट्रामाडोल बरामद
ठूलो परिमाणमा प्रतिबन्धित औषधि ट्रामाडोल बरामद
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP