Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज २, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • अवैध गतिविधिविरुद्ध लुम्बिनी सशस्त्र प्रहरी आक्रामक: १० करोड बढीको अवैध सामान नियन्त्रणमा
अवैध गतिविधिविरुद्ध लुम्बिनी सशस्त्र प्रहरी आक्रामक: १० करोड बढीको अवैध सामान नियन्त्रणमा
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असोज २, २०८३ बागेश्वरी पोस्ट
अवैध गतिविधिविरुद्ध लुम्बिनी सशस्त्र प्रहरी आक्रामक: १० करोड बढीको अवैध सामान नियन्त्रणमा

नेपालगन्ज। लुम्बिनी प्रदेशमा सशस्त्र प्रहरी बल, नेपालले सीमा क्षेत्रमा कडाइ गर्दै अवैध निकासी–पैठारी, लागूऔषध कारोबार तथा मानव बेचबिखनविरुद्धको अभियानलाई तीव्र बनाएको छ । आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई महिनामै सशस्त्र प्रहरीले १० करोड ४३ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नं.५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय, रुपन्देहीका अनुसार साउन र भदौमा बाहिनीअन्तर्गतका विभिन्न इकाइले १० करोड ४३ लाख २२ हजार ८८२ रुपैयाँ बराबरका अवैध निकासी–पैठारीका सामान बरामद गरेका हुन् ।

बरामद सामान आवश्यक कारबाहीका लागि सम्बन्धित राजस्व तथा भन्सार कार्यालयमा बुझाइएको बाहिनीले जनाएको छ । बरामद हुने सामानमा लत्ताकपडा, मोटरका पार्टपुर्जा, किराना तथा खाद्यान्न, निर्माण सामग्री, विद्युतीय सामग्री, खरबुजाको बीउ, सुर्तीजन्य पदार्थलगायत छन् ।

दुई महिनाको तथ्यांक हेर्दा भदौमा मात्रै ६ करोड ४८ लाख ७२ हजार ५३० रुपैयाँ बराबरको अवैध सामान बरामद भएको छ । साउनमा भने ३ करोड ९४ लाख ५० हजार ३५२ रुपैयाँ बराबरको सामान बरामद गरिएको थियो ।

कुन इकाइले कति बरामद गरे ?

जिल्लागत तथ्यांकअनुसार सबैभन्दा धेरै बरामदगी नं. २६ गण, पश्चिम नवलपरासीबाट भएको छ । उक्त गणले दुई महिनामा ३ करोड ३१ लाख १९ हजार २४ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको नं.५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयले जनाएको छ ।

बाहिनीका अनुसार त्यसपछि नं. २७ गण, रुपन्देहीले २ करोड ९८ लाख ८ हजार ८७५ रुपैयाँ, नं. ३० गण, बागेश्वरी बाँकेले १ करोड ५३ लाख ६२ हजार ६५२ रुपैयाँ र नं. २८ गण, कपिलवस्तुले १ करोड ४ लाख ८४ हजार ४९९ रुपैयाँ बराबरको सामान बरामद गरेको हो ।

त्यस्तै, नं. ३१ गण, बर्दियाले १ करोड १२ लाख २९ हजार २७४ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। जसमा बर्दिया सशस्त्र प्रहरीको गत साउनमा २७१.९५ र भदौमा २१.९३ प्रतिशतले वृद्धि भएको हो।

यसैगरि,  नं. २९ गण, ज्वालामाई दाङले ७ लाख १८ हजार ५५८ रुपैयाँ बराबरको सामान बरामद गरेको नं.५ बिन्ध्यावासिनी बाहिनीले जानकारी दिएको छ ।

लागूऔषध नियन्त्रणमा पनि ठूलो कारबाही

सीमा क्षेत्रमा नियमित तथा आकस्मिक परिचालन बढाएसँगै लागूऔषध नियन्त्रणतर्फ पनि सशस्त्र प्रहरीले कारबाही तीव्र बनाएको छ दुई महिनाको अवधिमा लागूऔषधसम्बन्धी कारबाहीमा २७ जना पक्राउ परेका छन् । उनीहरूलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको बाहिनीले जनाएको छ ।

यस क्रममा १५.०३ ग्राम ब्राउन सुगर, ८ किलो ६१२ ग्राम गाँजा, प्रतिबन्धित औषधि प्रोथाजिन १२३ थान, ट्रामाडोल ४ हजार ३२० पत्ता, डाइजिपाम इन्जेक्सन २६ थान, प्रोमिथाजिन २ गोटा, कोरेक्स ५ बोतल तथा प्रिगावालिन २८० क्याप्सुललगायतका पदार्थ बरामद गरिएको हो ।

मानव बेचबिखनमा संलग्न ८ जना पक्राउ, ९ जनाको उद्धार

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण अभियानअन्तर्गत पनि सशस्त्र प्रहरीले कारबाहीलाई तीब्र पारेको छ ।

बाहिनीका अनुसार यस अवधिमा उक्त गतिविधिमा संलग्न ८ जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ । जोखिममा परेका ९ जनाको उद्धार गरी सम्बन्धित निकायको संरक्षणमा पठाइएको छ ।

बुधबार साँझ मात्रै बाँकेको नरैनापुरस्थित सुईया नाकाबाट बर्दियाका दुई किशोरीको उद्धार गरिएको बाहिनीले जनाएको छ। उक्त घटनामा दुई जनालाई पक्राउ गरी प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल, नेपाल नं.५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयले जनाएको छ ।

सीमामा मात्रै होइन, सीमावासीसँग पनि सशस्त्र प्रहरी

सीमा सुरक्षालाई प्रभावकारी बनाउन सशस्त्र प्रहरीले सुरक्षा कारबाहीसँगै सीमावासीसँगको सम्बन्धलाई पनि प्राथमिकतामा राखेको जनाएको छ ।

‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत सीमावर्ती क्षेत्रमा सीपमूलक तालिम, निःशुल्क स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । विद्यालय, क्लब तथा सामाजिक संस्थामार्फत लैङ्गिक हिंसा, मानवअधिकार र लागूऔषध दुर्व्यसन न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएको बाहिनीले जनाएको छ ।

सीमावर्ती नागरिकको जीवनस्तर, चेतनाको स्तर र स्थानीय सहभागिता बढाउन सके सीमा सुरक्षा थप प्रभावकारी हुने निष्कर्षसहित यस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको बाहिनीको भनाइ छ ।

त्यसैगरी, सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयले भारतीय सशस्त्र सीमा बल  लगायत सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै सीमा सुरक्षा, सीमापार अपराध, राजस्व चुहावट तथा संगठित अपराध नियन्त्रणमा काम गरिरहेको जनाएको छ ।

दुई महिनाको तथ्यांकले लुम्बिनी प्रदेशमा सशस्त्र प्रहरीको सीमा निगरानी र अवैध गतिविधिविरुद्धको कारबाहीको व्यापकता देखाएको छ । अवैध सामान बरामद, लागूऔषध नियन्त्रण तथा मानव बेचबिखनविरुद्धको कारबाहीसँगै सीमावासीसँगको सहकार्यलाई समेत प्राथमिकता दिइएको छ। विशेषगरी सीमा अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरीले गरेको निरन्तर परिचालन र कारबाहीले सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन योगदान पुर्‍याएको स्थानीय बासिन्दाको भनाइ छ ।

लुम्बिनीस्थित सशस्त्र प्रहरी बलको नेतृत्व सम्हाल्दै आएका डीआईजी दीपक अधिकारीको निर्देशनअनुसार प्रदेशभरका सीमामा सशस्त्र प्रहरी अवैध गतिविधि नियन्त्रण र सीमा सुरक्षालाई प्राथमिकतामा राख्दै प्रतिबद्धताका साथ परिचालित भएको देखिन्छ ।


प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  १४:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अवैध गतिविधिविरुद्ध लुम्बिनी सशस्त्र प्रहरी आक्रामक: १० करोड बढीको अवैध सामान नियन्त्रणमा
अवैध गतिविधिविरुद्ध लुम्बिनी सशस्त्र प्रहरी आक्रामक: १० करोड बढीको अवैध सामान नियन्त्रणमा
कामको प्रलोभनमा भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार, दुई जना पक्राउ 
कामको प्रलोभनमा भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार, दुई जना पक्राउ 
साढे ९ किलो चरेस सशस्त्र प्रहरीको नियन्त्रणमा, २० वर्षीय भारतीय युवक पक्राउ 
साढे ९ किलो चरेस सशस्त्र प्रहरीको नियन्त्रणमा, २० वर्षीय भारतीय युवक पक्राउ 
बाँकेबाट ५१ ग्राम बढी खैरो हेरोइनसहित ३ जना पक्राउ, ३ लाख ३२ हजार नगद बरामद
बाँकेबाट ५१ ग्राम बढी खैरो हेरोइनसहित ३ जना पक्राउ, ३ लाख ३२ हजार नगद बरामद
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP