prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ २०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • तालिम केन्द्रका रूपमा व्यवस्थित बन्दै प्रहरी महाविद्यालय
तालिम केन्द्रका रूपमा व्यवस्थित बन्दै प्रहरी महाविद्यालय
banijya office RSG-2
रासस
शनिबार, साउन २४, २०७७ रासस
तालिम केन्द्रका रूपमा व्यवस्थित बन्दै प्रहरी महाविद्यालय

नवलपरासी । नेपाल प्रहरीमा तालीममार्फत दक्ष जनशक्ति तयार गर्ने दृष्टिकोणले महत्वपूर्ण निकाय मानिने प्रहरी युक्ति तालीम महाविद्यालय पछिल्लोपटक तालीम केन्द्रका रुपमा व्यवस्थित बन्दै गएको छ । विसं २०६४ मा प्रहरी प्रधान कार्यालयमा सानो संरचनामा स्थापना भएको यस महाविद्यालय विसं २०७२ मा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनवल ११ जर्गाहमा प्रहरी युक्ति तालीम महाविद्यालयको रुपमा स्थानान्तरण भएको थियो ।

युद्धकलासम्बन्धी तालीम केन्द्रको रुपमा विकास गर्दै लगिएको यस महाविद्यालयले यसअगावै गुरुयोजना तयार गरी महाविद्यालयमा आवश्यकताअनुसार जस्तोसुकै तालीम सञ्चालन गर्न सक्ने गरी कार्य योजनाअनुसार तालीम केन्द्रको रुपमा रहँदै आएको छ । कूल ७४ बिघा क्षेत्रफलमा रहेको महाविद्यालयमा नेपाल प्रहरीको महत्वपूर्ण विविध १२ विधामा आवश्यकताअनुसार प्रहरी जवानदेखि प्रहरी अधिकृतसम्मलाई तालीम दिने एकमात्र तालीम केन्द्रको रुपमा रहँदै आएको छ ।

महाविद्यालयले तालीम केन्द्रको रुपमा नेपाल प्रहरीमा दक्ष जनशक्ति तयार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको महाविद्यालयका प्राचार्य एवं वरिष्ठ प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवर बताउँछन् । न्यूनतम १८ दिनदेखि अधिकतम तीन महिनाको समयावधिसम्म महाविद्यालयमा विविध विधाको तालीम सञ्चालन हुने गर्दछ ।

महाविद्यालयमा प्रहरी विशेष कला कारवाही (कमाण्डो), हतियार ह्याण्डलिङ, विष्फोटक पदार्थ, फायरिङ रेन्ज तालीम, नक्सा अध्ययन, विशिष्ट व्यक्तिको सुरक्षा, अङ्गरक्षक सुरक्षा, भीड नियन्त्रण, प्रहरी निरीक्षक आधारभूत, प्रहरी जवान आधारभूत, प्रहरी युक्ति कारवाही चरण, प्रहरी सहायक निरीक्षक आधारभूत, प्रहरी युक्ति तथा कारवाही रिफ्रेसरसहित विविध १२ विधामा तालीम सञ्चालन हुने गर्दछ ।

स्थापना कालदेखि हालसम्म सो महाविद्यालयले प्रहरी निरीक्षक ४६४, प्रहरी नायब निरीक्षक १६, प्रहरी सहायक निरीक्षक एक हजार ४८३, प्रहरी हवल्दार २१९ र प्रहरी जवान तीन हजार ९२३ गरी कूल छ हजार १०५ प्रहरी कर्मचारीलाई विभिन्न विधाको तालीम दिइसकेको छ । महाविद्यालयमा अझै पनि सुविधा सम्पन्न आवश्यक भौतिक पूर्वाधार नभइसकेको अवस्था छ । यद्यपि गुरुयोजनाअनुसार प्रहरी सङ्गठन र तिनै तहका सरकारले गरेको निरन्तर सहयोगले आगामी तीन वर्षभित्र देशकै नमूना प्रहरी तालीम केन्द्र बनाउने योजना रहेको प्राचार्य कुँवर बताउछन् ।

स्थानीयस्तरमा सहकार्य गरी सो महाविद्यालयले हाल महाविद्यालयको परिसरभित्र सर्पदंश उपचार केन्द्रसमेत स्थापना भएको छ । जहाँ सर्वसाधारणले सर्पदंशसहित अन्य सामान्य उपचार सेवा लिँदै आएका छन् । एक प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक एक, प्रहरी नायब उपरीक्षक चार र प्रहरी निरीक्षक छ सहित १२५ जनाको दरबन्दी रहेको महाविद्यालयमा हाल विभिन्न पदका १८० जना कार्यरत छन् ।


प्रकाशित मिति: शनिबार, साउन २४, २०७७  १२:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३२ औं प्रहरी प्रमुखमा चन्द्रकुबेर खापुङ नियुक्त
३२ औं प्रहरी प्रमुखमा चन्द्रकुबेर खापुङ नियुक्त
जानकीबाट १०० ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ
जानकीबाट १०० ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ
सशस्त्र प्रहरीले खुलायो ठूलो संख्यामा जागिर, देशभरका सशस्त्र प्रहरी कार्यालयमा आवेदन दिन सकिने
सशस्त्र प्रहरीले खुलायो ठूलो संख्यामा जागिर, देशभरका सशस्त्र प्रहरी कार्यालयमा आवेदन दिन सकिने
नेपालगन्ज बसपार्कबाट पेस्टोलसहित दुई जना पक्राउ
नेपालगन्ज बसपार्कबाट पेस्टोलसहित दुई जना पक्राउ
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP