नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँकेमा एकै दिन सशस्त्र प्रहरीका ४ वटा बिओपी उद्घाटन
बाँकेमा एकै दिन सशस्त्र प्रहरीका ४ वटा बिओपी उद्घाटन
RSG-2
बर्दियामा पनि एउटा बिओपी उद्घाटन
बागेश्वरी पोस्ट
आइतबार, कात्तिक २, २०७७ बागेश्वरी पोस्ट
बाँकेमा एकै दिन सशस्त्र प्रहरीका ४ वटा बिओपी उद्घाटन

नेपालगञ्ज । बाँकेमा थप ४ वटा बोर्डर आउट पोष्ट (विओपी) स्थापना गरिएको छ । कालाबञ्जार, खडैंचा, जमुनाहा र कट्कुइँयामा स्थापना गरिएका विओपीको आज लुम्बिनी प्रदेशका सशस्त्र प्रहरी प्रमुख किशोर प्रधानले उद्घाटन गर्नुभएको छ ।

विभिन्न विओपीहरुको उद्घाटनका क्रममा प्रधानले सशस्त्र प्रहरीले चोरी पैठारी, अवैध सामान ओसारपसार, चेलीबेटी बेचबिखन रोकथाम, सीमा सुरक्षा लगायतका कार्य गर्दै आएको बताउनुभयो । उहाँले अवैध तस्करी हुँदैछ भन्ने जानकारी पाएमा सशस्त्र प्रहरीलाई खबर गर्न स्थानीयलाई अनुरोध समेत गर्नुभयो । लुम्बिनी प्रदेशका सशस्त्र प्रहरी प्रमुख प्रधानले थपिएका विओपीहरुले अवैध तस्करी रोकथाम गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । "पानी समेत नभनी सशस्त्र प्रहरीले गरेको सीमा सुरक्षाका लागि धन्यवाद समेत दिन चाहन्छु," उहाँले भन्नुभयो । मानव अधिकारको पालना गर्दै भारतको सीमा सुरक्षा बल लगायत स्थानीय र स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुसंग समन्वय गरेर काम गर्न प्रधानले निर्देशन समेत दिनुभयो ।

विओपी उद्घाटन कार्यक्रममा बाँकेमा प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ, बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर राना, सशस्त्र प्रहरी बाँके प्रमुख अशोक बम, अनुसन्धान बिभाग बाँके प्रमुख उपअनुसन्धान निर्देशक नरेन्द्रराज गिरी, डुडवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरी, उपाध्यक्ष शाहिदा बानो, नेपाली सेनाका प्रतिनिधि लगायत उपस्थित हुनुहुन्थ्यो । उद्घाटन कार्यक्रममा बोल्दै प्रजिअ कुरुम्बाङले अवैध तस्करी रोक्न सबैको कर्तब्य हुने बताउनुभयो । उहाँले सीमामा बस्ने सशस्त्र प्रहरीले राम्रो कार्य गरिरहेको भन्दै अझ परिणाम निस्कने गरी कार्य गर्न निर्देशन समेत दिनुभयो ।

नेपालगञ्जस्थित जुमनाहा बिओपीको उद्घाटन कार्यक्रमको सहजीकरण बिओपी प्रमुख सशस्त्र प्रहरी निरिक्षक जीवननलाल बुढाले गर्नुभएको थियो । कालाबञ्जार बिओपी उद्घाटन कार्यक्रमको सञ्चालन बिओपी प्रमुख सशस्त्र प्रहरी निरिक्षक सन्तोष डाँगीले गर्नुभएको थियो । लुम्बिनी प्रदेश अन्तर्गत् सशस्त्र प्रहरीको बिओपीमा नेपालगन्जको कालबञ्जार भदौ महिनाको उत्कृष्ट बिओपी भएकाले सशस्त्र प्रहरी निरिक्षक डाँगीलाई धन्यवाद दिइएको थियो । त्यस्तै खडैंचा बिओपी उद्घाटन कार्यक्रमको सहजीकरण बिओपी प्रमुख सशस्त्र प्रहरी निरिक्षक विशाल पाण्डेले गर्नुभएको थियो । त्यस अवसरमा गाउँपालिकाका अध्यक्ष चौधरीले बिओपी स्थापनाले चोरी नियन्त्रण हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले खडैंचा बिओपीलाई गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो ।

कटकुइँया बिओपी उद्घाटन कार्यक्रमको सञ्चालन बिओपी प्रमुख सशस्त्र प्रहरी निरिक्षक धिरेन्द्र बडवालले गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट आतिथि नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले नरैनापुरमा रहेका सबै बिओपी तस्करी विरुद्ध कडारुपमा उत्रिएको भन्दै सशस्त्र प्रहरी जनतासंग हातेमालो गर्दै अगाडि बढेको बताउनुभयो । गाउँपालिका क्षेत्रभित्र रहेका ३ वटा बिओपीलाई गाउँपालिकाले सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । डुडुवास्थित खडैचा बिओपी निर्माणमा महत्त्वपूर्ण भुमिका निर्बाह गर्नुभएका सशस्त्र प्रहरी नायब निरीक्षक शिव रावत, सहयक निरीक्षक तिर्थ भाट क्षेेेेेेत्रीी लगायत १४ जनालाई सम्मानसहित नगद पुरस्कारले सम्मान गरिएको थियो।

उता शसस्त्र प्रहरी बल नेपाल ३१ नम्वर गणको बोर्डर आउट पोष्ट बर्दियाको मधुवन नगरपालिकाको वडा नम्वर ३ भगरैयामा लुम्बिनी प्रदेशका सशस्त्र प्रहरी नायब महानिरिक्षक किशोर प्रधानले नै उद्घाटन गर्नुभयो । त्यस अवसरमा बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, मधुवन नगरपालिकाका मेयर गणेश क्षेत्री र सशस्त्र प्रहरी बल ३१ नम्वर गणका गणपति नरवहादुर रावलको पनि उपस्थिति थियो ।

फोटो फिचर


प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७  २०:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP