prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • प्रहरीनै बलात्कारमा उत्रिएपछि कसको भरोसा गर्ने!
प्रहरीनै बलात्कारमा उत्रिएपछि कसको भरोसा गर्ने!
banijya office
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक १८, २०७७ बागेश्वरी पोस्ट
प्रहरीनै बलात्कारमा उत्रिएपछि कसको भरोसा गर्ने!
सांंकेतिक तस्बिर

डोटी । प्रहरी जनता संंग सगै हातेमालो गर्दै जनताको  सेवामा सदा होमिएका जनसेवक हुन् । केही अप्ठ्यारो पर्दा होस् या अन्य कुनै समस्या होस् जनताले गुहार्ने प्रहरीलाई नै हो। जनताले प्रहरीको ठुलो भरोसा गरेको हुन्छ तर जब प्रहरी नै बलात्कार जस्ता जघन्य अपराधमा उत्रिन्छ तब जनताले कसको भरोसा गर्ने?                                                       

nepalgunj 081-082

घटना डोटी                                                          

उमेरले १५ मात्रै पुगेकी छिन्, हिँड्दा पनि लरखराउँछिन्, कुनै बेला झस्याङ्ग हुन्छिन्, आफैं तर्सिन्छिन्, नयाँ मान्छे देखे डराउँछिन् । उनी जन्मजात त्यस्ती थिइनन् । बालापनको उमेर, चन्चले स्वभाव, हाँस्ने, रमाउने ती बालिका रक्षककै शिकार भएपछि यस्तो भएको हो । डोटी जोरायल गाउँपालिका–५ गडसेरामा रहेको अस्थायी प्रहरी पोष्टमा कार्यरत एक प्रहरी जवानले आफ्नो हवस मेटाउनका लागि ती बालिकाको इज्जत लुटे । गाउँमा अशान्ति हुन लाग्यो भन्दै स्थानीयले प्रहरी चौकीको माग गरेपछि सुरक्षाका लागि अस्थायी प्रहरी पोष्ट राखिएको थियो । तर के थाहा, रक्षक नै भक्षक होलान् भन्ने १कक्षा १० मा पढ्दै गरेकी बालिका एसईईको तयारीकै लागि घरको अलग्गै कोठामा बस्थिन् । प्रहरी आएर आफूलाई लुट्ला भन्ने न त उनले सोचेकी थिइन्, न उनको परिवारले । ‘यसको सातो गएजस्तो छ, नयाँ मान्छे देख्यो भने आत्तिन्छे,’ छोरीलाई सँगै ल्याएर सोमवार जिल्ला प्रहरी कार्यालय डोटी पुगेका पीडित बालिकाका बुवा भन्छन् ‘एक्लै त छोड्नै हुन्न, पुलिस आए, पुलिस आए भनेर चिच्याउँछे । राम्रोसँग होस पनि छैन। 

’बलात्कार गरेर घाँटी थिचे, मरेको ठानेर कोदो बारीमा फाले 

सदाझैं कात्तिक १३ गते राति पनि बालिका खाना खाइवरी आफ्नो कोठामा सुत्न गइन्। उनी सुत्ने कोठा भुइँतलामा छ । परिवारका अन्य सदस्यहरु अर्कै कोठामा सुत्छन् । कोठामा गएर केहीबेर उनले किताब पढिन् । पढ्दापढ्दै निदाइछन् । राति ११ वजे उनको कोठामा एक जना पुरुष पसे । उनी थिए बझाङ्ग स्थायी घर भई गडसेरा अस्थायी प्रहरी पोष्टमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंह । उनले बालिकालाई ब्युँझाए, मुख थुनिदिए अनि बलात्कार गरे । आफूले गरेको अपराध लुकाउन उनले बालिकाको ज्यान लिने सोचे । बालिकाकै दुपट्टाले उनको घाँटी थिचे । बालिका बेहोस भएपछि उनलाई घर नजिकैको कोदो बारीमा फालेर प्रहरी जवान सिंह आफ्नो बाटो लागे । ‘१४ गते बिहान ३/४ बजेतिर म बाहिर आउँदा बारीमा कोही कराएको जस्तो आवाज आयो,’ पीडितका बुवा भन्छन्, ‘के रहेछ भनेर हेर्न जाँदा त आफ्नै छोरी रहिछे, अनि घर लगेँ ।’ छोरीलाई कुनै भूतप्रेतले समात्यो भन्ने लाग्यो उनलाई । तर जब आमाले छोरीको अवस्था नियालिन् अनि थाहा भयो दुर्दशा । उनले छोरीलाई उपचारका लागि गडसेरा स्वास्थ्य चौकी, जोरायल प्राथमिक स्वास्थ्य केन्द्र हुँदै सेती प्रादेशिक अस्पताल पु¥याए । धनगढीमा उपचार गरेपछि बालिका होसमा आएकी छन् । बालिकाको घाँटीमा दुपट्टाले कसेको निलडाम छ । शरीरमा कुटपिटका घाउहरु पनि छन् । आफूलाई प्रहरी जवानले फोन गर्ने गरेको पीडित बालिकाले बताइन् । ‘म माया गर्छु र तिमीसँग विवाह गर्छु भन्थ्यो,’ बालिकाले भनिन् ‘राति घरमा आएर ज्यानै मार्न खोज्यो ।’ अस्थायी प्रहरी पोष्ट गडसेराले बालिका बलात्कारपछि हत्या प्रयासको घटनाको निवेदन गर्दा गर्न नमानेको गुनासो पीडितकी आमाको छ । घटनामा संलग्न प्रहरी जवान सुशील सिंहविरुद्ध उजुरी दिन पीडित बालिकाका परिवारका सदस्य कात्तिक १४ गते बिहान अस्थायी प्रहरी पोष्ट पुगेका थिए । पोष्टका इन्चार्ज चन्द्र भण्डारीले उजुरी लिन नमानेपछि पीडितहरु निरास भएका थिए । बालिकाकी आमा भन्छिन् ‘निवेदन दर्ता गर्न भनेपछि उल्टै हकारेर पठाए ।’ पीडक प्रहरी जवानलाई कडाभन्दा कडा कारवाही हुनु पर्ने बताउँछन् पीडितका आफन्त तथा स्थानीय रमेश खडायत । नेकपा जिल्ला सदस्य समेत रहेका खडायतले भने, ‘अपराध गर्ने प्रहरी जवानसँगै निवेदन दिन जाँदा उल्टो हपार्ने इन्चार्जलाई पनि कारवाही हुनु पर्छ ।’ उनले अस्थायी पोष्टमा रहेका सबै प्रहरी कर्मचारी गैरजिम्मेवार देखिएकाले उनीहरुलाई तत्काल सरुवा गरी नयाँ प्रहरी कर्मचारी पठाउनु पर्ने बताए ।               

मुद्दा दर्ता                                                                     

पीडित पक्षले सोमबार जिल्ला प्रहरी कार्यालय डोटीमा बालिकामाथी जबरजस्ती करणी गरी ज्यान मार्ने प्रयास गरेको भन्दै जाहेरी दर्ता गरेको छ । सुरुमा जिल्ला प्रहरी कार्यालयले समेत जाहेरी दर्ता गर्न आनाकानी गरेको पीडितका आफन्तहरुको आरोप छ । पीडित पक्षहरुको दबाबपछि आरोपी प्रहरी जवान सुशील सिंहविरुद्ध जबरजस्ती करणी र ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्र मल्ल भने आफूहरुले दर्ता गर्दैनौं नभनेको बताउँछन् उनले भने, ‘हामीले जाहेरीको व्यहोरा मिलेको छैन, मिलाएर ल्याउनुहोस् मात्रै भनेका हौं, उहाँहरुले जस्तो ल्याउनु भयो त्यस्तै दर्ता ग¥यौं ।’ मुद्दा दर्ता भइसकेपछि आरोपीलाई नियन्त्रणमा लिने तयारी भइरहेको प्रहरी उपरीक्षक जनकराज पाण्डेयले बताए । उनले भने, ‘उनी आजसम्म ड्यूटीमै छन्, आज मुद्दा दर्ता भएको छ, अब नियन्त्रणमा लिएर अनुसन्धान गर्छौं।’अनलाइनखबरबाट।


प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०७७  ०९:२६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्ती नदीको बाढीबाट बस्ती जोगाउन आपतकालीन तटबन्ध
राप्ती नदीको बाढीबाट बस्ती जोगाउन आपतकालीन तटबन्ध
जलवायु कार्य तथा न्याय नेटवर्कद्वारा प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण
जलवायु कार्य तथा न्याय नेटवर्कद्वारा प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण
सिक्टा सिंचाई आयोजनाले गति लिँदै, ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो
सिक्टा सिंचाई आयोजनाले गति लिँदै, ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो
विद्यार्थी–शिक्षकलाई साइबर सचेतना
विद्यार्थी–शिक्षकलाई साइबर सचेतना
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP