नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • आपराधिक क्रियाकलापमा संलग्न एक दर्जन व्यक्ति बाँके प्रहरीद्वारा सार्वजनिक
आपराधिक क्रियाकलापमा संलग्न एक दर्जन व्यक्ति बाँके प्रहरीद्वारा सार्वजनिक
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक १८, २०७७ बागेश्वरी पोस्ट
आपराधिक क्रियाकलापमा संलग्न एक दर्जन व्यक्ति बाँके प्रहरीद्वारा सार्वजनिक

नेपालगञ्ज । बाँके प्रहरीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न एक दर्जन व्यक्तिहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलन गरी पछिल्लो तिन दिनयता पक्राउ परेका ब्यक्तिहरुलाई सार्वजनिक गरेको हो ।

त्यस क्रममा बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओमबहादुर रानाले रेडपाण्डाको छाला, ठगीधन्दा र लागूपदार्थ कारोबारमा संलग्न ब्यक्ति तथा तिनीहरुको साथबाट बरामद गरिएका अबैध सामग्रीको विवरण सार्वजनिक गर्नुभएको थियो । प्रहरीले नागमणि उपलब्ध गराउने भनी ठगी गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।

दाङको घोराही उपमहानगरपालिका १७ का माधव प्रसाद घिमिरेलाई नागमणि उपलब्ध गराउने भनी १ करोड ८९ लाख ५० हजार असुल गर्ने दैलेख नौमुलेका ३५ वर्षीय धनबहादुर रोका, सल्यान कुमाखका ३१ बर्षीय कृष्ण शाह र सल्यान शारदा नगरपालिकाका ३० बर्षीय डिल्ली बहादुर बोहोरालाई पक्राउ गरिएको रानाले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुलाई गत शनिबार नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ बाट नगद ४० लाख रुपैयाँसहित नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

त्यस्तै प्रहरीले आइतबार बाँके र दाङको सीमाना शिवखोलाबाट ३ किलो लागूऔषध अफिम बरामद गरेको थियो । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र लागूऔषध नियन्त्रण ब्युरो नेपालगञ्जको संयुक्त टोलीले ३ किलो लागूऔषध अफिम सहित पक्राउ परेका ब्यक्तिलाई आज सार्वजनिक गरिएको हो । विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बाँकेको राप्तीसोनारी गाउँपालिका १ शिवखोलामा शंकास्पदरुपमा बसिरहेका रुकुमको सानीभेरी गाउँपालिका ८ का २७ बर्षीय चन्द्र प्रकाश वलीबाट उक्त परिमाणमा लागूऔषध बरामद गरेको हो । पक्राउ परेको वलीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ ।

यसैगरी कोहलपुर बसपार्कबाट दुर्लभ बन्यजन्तु रेडपाण्डाको छालासहित पक्रउ परेका ४ जनालाई पनि आजै सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले कोहलपुर ११ बसपार्कको न्यू राप्ती गेष्ट हाउसबाट रेडपाण्डाको छाला सहित ४ जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार सादा पोशाकमा ग्राहक बनेर गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । सुर्खेत बराहताल ५ वस्ने गणेश नेपाली, सोही ठाउँ बस्ने लाल बहादुर नेपाली, दैलेखको चामुण्डा बिन्द्रासैनी ५ वस्ने दिनेश कार्की र सोही ठाउँ वस्ने उमेश बहादुर थापालाई २ फिट २ इन्च लम्बाई भएको दुर्लभ वन्यजन्यु रेडपाण्डाको १ थान छाला फेला पारी नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरुबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक रानाले बताउनुभयो ।

त्यस्तै पत्रकार सम्मेलनमा ब्राउनसुगरसहित पक्राउ परेका ब्यक्तिहरुलाई समेत सार्वजनिक गरिएको थियो । हिजो दिउँसो पौने १ बजे नेपालगञ्ज उपमहानगरपालिका १३ मा रहेको किसान इट्टाभट्टा नजिकबाट २२ ग्राम ब्राउनसुगर सहित नेपाली तथा भारतीय ४ युवा पक्राउ परेका थिए । पक्राउ पर्नेमा भारतको बहराइच रुपैडिहा थाना बस्ने वर्ष १८ को जुगिन्दर सोनी, सोही ठाँउ बस्ने वर्ष २९ को राकेश सोनी, बाँकेको खजुरा गाँउपालिका १ बस्ने वर्ष १९ को विष्णु थापा क्षेत्री र नेपालगंज उपमहानगरपालिका २ घरबारीटोल बस्ने वर्ष २५ को सागर थापा रहेका छन् ।


प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०७७  १७:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर अनुसन्धानमा कर्णाली विकास बैंकका पूर्व सीईओसहित तीन जना पक्राउ
बैंकिङ कसुर अनुसन्धानमा कर्णाली विकास बैंकका पूर्व सीईओसहित तीन जना पक्राउ
बाँकेमा चोरी भएका चार वटा मोटरसाइकल फेला, बुझाइयो सम्बन्धित धनीलाई
बाँकेमा चोरी भएका चार वटा मोटरसाइकल फेला, बुझाइयो सम्बन्धित धनीलाई
दाङको जंगलमा प्रहरीले भेटायो ५५ नाल अवैध भरुवा बन्दुक
दाङको जंगलमा प्रहरीले भेटायो ५५ नाल अवैध भरुवा बन्दुक
नेपालगञ्जमा आधा किलो भन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
नेपालगञ्जमा आधा किलो भन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP