prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • तिहारको मुखमा शोकमा डुब्यो बैतडीको दोगडाकेदार गाउँ
तिहारको मुखमा शोकमा डुब्यो बैतडीको दोगडाकेदार गाउँ
banijya office
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक २९, २०७७ बागेश्वरी पोस्ट
तिहारको मुखमा शोकमा डुब्यो बैतडीको दोगडाकेदार गाउँ

nepalgunj 081-082

बैतडी । बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा बिहीबार राति भएको बस दुर्घटनामा परी नौ जनाको ज्यान गयो भने ३४ जना घाइने भए । सो दुर्घटनामा बैतडीका तीन, दार्चुला, कञ्चनपुर र कैलालीका दुई-दुई जनाको मृत्यु भयो । बैतडीका मृत्यु हुने तीनै जना एउटै गाउँका रहेका छन्। उनीहरु तीनै जना दोगडाकेदार गाउँपालिका ६ सित्तडका हुन् । मृत्यु हुने तीनै जना २५ वर्षदेखि ३० वर्षमुनिका युवक रहेका छन् । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिकामा कार्यरत आन्तरिक लेखा परीक्षक कविन्द्रप्रसाद जोशी, नेपाल प्रहरीका जवान रणबहादुर चन्द र करन सिंह ऐरी रहेका छन् । यस्तै सात जना घाइते पनि भए । गाउँपालिकाका तीनको मृत्यु र सात घाइते भएपछि दोगडाकेदार गाउँपालिकाले दुख व्यक्त गरेको छ । गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले शोक वक्तव्य निकालेर दुख व्यक्त गरेका छन्। वक्तव्यमा भनिएको छ, “उक्त घटनाले गाउँपालिका परिवार मर्माहत र शोकमा डुबेको छ । मृतकप्रति श्रद्धाञ्जलिका साथै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना छ ।” एकै वडाका तीन युवकको मृत्यु भएपछि गाउँ नै शोकाकुल बनेको छ । गाउँका होनहार युवाको दुर्घटनामा मृत्यु भएपछि दोगडाकेदार ६ शोकमग्न भएको वडाध्यक्ष लक्ष्मीदत्त जोशीले बताए । उनले भने, “तिहारको बेला खुशीयाली मनाउनुको सट्टा, गाउँनै शोकमा डुबेको छ”, उनले थपे, “अन्त्यत्तै दर्दनाक घटना भयो, गाउँमा सन्नाटा छाएको छ ।” तराई जानका लागि बसमा चढेका उनीहरु कहिले नफर्कने गरेर बिलाएपछि गाउँ नै शोकमग्न भएको स्थानीय नैनसिंह गोयलाले बताए । उनले भने, “युवा उमेरमै बालबच्चा र छोराछोरी छोडेर तीन युवाको ज्यान गयो”, सँगैका साथी गुमाउँदा निकै पीडा महशुस भएको छ । यो वर्ष तिहार हाम्रा लागि काल बनेर आयो । दोगडाकेदार वडा नं ६ का लागि यो निकै दुखदायी दिन भएको छ”, उनले भने । दुर्घटनामा परी मृत्यु भएका कविन्द्रप्रसाद जोशी आफ्नी श्रीमती र छोरासँगै महेन्द्रनगर गइरहेका थिए । बस दुर्घटनामा परेपछि जोशी कहिल्यै नफर्कने गरी बिलाएका छन् । एक वर्ष अघि मात्रै लोकसेवा पास गरेका कविन्द्रको परिवार शोकमा डुबेको छ । “यो घटनाले कहिल्यै नभुल्ने घाउ बनाएर गएको छ । कलिलो उमेरमा भतिजाको मृत्यु भएपछि परिवारमा ब्रजपात भएको छ”, कविन्द्रका आफन्त हेमराज जोशीले भने, “एक वर्ष अघि मात्रै सरकारी जागीरमा लागेको थियो । हाम्रो परिवारको होनहार सदस्य गुमाउँदा असह्य पीडा भइरहेको छ । दैवले दिएको चोट सहनुको विकल्प छैन् । ” कविन्द्रसँगै बसमा सवार श्रीमती र दुई वर्षकी छोरीको डडेल्धुरामा उपचार भइहरेको छ । दोगडाकेदार ६ कै रणबहादुर चन्दको पनि बिहीबार भएकै बस दुर्घटनामा निधन भयो । चन्दको श्रीमती तराई जान लागेकी थिइन्। “घाइते बुहारीको डडेल्धुरामा उपचार भइरहेको छ”, मृतकका आफन्त लोकेन्द्रबहादुर चन्दले भने, “तिहारसँगै नयाँ घरमा बसाइ सर्ने गरी जाँदै थिए, यस्तो होला भनेर सोचेका थिएनौ, के गर्ने नसोचेको भयो ।” दोगडाकेदार गाउँपालिका ६ कै करन ऐरीको पनि आफ्नो कलकलाउँदो उमेर बस दुर्घटनामै गयो । सँगैका साथीको ज्यान गएको खबर सुन्दा निकै दुःख लागेको भुवन कार्कीले बताए । श्रीमती र छोरासहित भाइटीकाको लागि माइती घर बेलौरी जान हिँडेका करन बीच बाटोमै बिलाए । उनले भने, “करन कहिल्यै नफर्कने गरेर छोडेर गए”, करनकी श्रीमती र छोरा घाइते छन् । तिहारको समयमा भएको दुर्घटनाले जिल्लामै खल्लो वातावरण भएको छ । चाडपर्वको समयमा धेरै जना आफन्तहरुको भेटघाटमा गइरहेका थिए । यो घटनाले सबैलाई दुखित तुल्याएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए । उनले भने, “तिहारको बेला भएको ठूलो दुर्घटनाले सबैलाई दुखित बनाएको छ , चाडपर्वको बेला भएको दुर्घटनाले सबैलाई झस्काएको छ,घटनाले सिङ्गो जिल्ला शोकमग्न भएको छ । ” दुर्घटनामा घाइते ३४ मध्ये गम्भीर घाइते १२ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो । सानो घुम्तीबाट बस ६०० मिटर जति तल खसेको छ । साहुसमेत रहेका दोगडाकेदार गाउँपालिका–७ खोचलेकका वीरेन्द्र कार्की पनि घाइते भएको दुर्घटनाको कारण खुल्न नसकेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए । हाम्राकुराबाट।


प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०७७  ०९:५६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्ती नदीको बाढीबाट बस्ती जोगाउन आपतकालीन तटबन्ध
राप्ती नदीको बाढीबाट बस्ती जोगाउन आपतकालीन तटबन्ध
जलवायु कार्य तथा न्याय नेटवर्कद्वारा प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण
जलवायु कार्य तथा न्याय नेटवर्कद्वारा प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण
सिक्टा सिंचाई आयोजनाले गति लिँदै, ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो
सिक्टा सिंचाई आयोजनाले गति लिँदै, ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो
विद्यार्थी–शिक्षकलाई साइबर सचेतना
विद्यार्थी–शिक्षकलाई साइबर सचेतना
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP