नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, फागुन १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • अटोरिक्सामा छुटेको साढे ७ लाख रुपैयाँ बाँके प्रहरीद्वारा फेला
अटोरिक्सामा छुटेको साढे ७ लाख रुपैयाँ बाँके प्रहरीद्वारा फेला
banijya office RSG-2
बलात्कार मुद्दाका फरार अभियुक्त पनि ११ बर्षपछि पक्राउ
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर २३, २०७७ बागेश्वरी पोस्ट
अटोरिक्सामा छुटेको साढे ७ लाख रुपैयाँ बाँके प्रहरीद्वारा फेला

नेपालगञ्ज । बाँके प्रहरीले अटो रिक्सामा छुटेको ७ लाख ४० हजार रुपैयाँ फेला पारेको छ ।

दाङका दत्तबहादुर नाथले भारतबाट फर्कने क्रममा अटो रिक्सामा छुटाएको ७ लाख ४० हजार रुपैयाँ प्रहरीले सिसी क्यामेराको सहयोगबाट फेला पारेको हो । नाथले भे १ ह ५०१९ नम्बरको अटो रिक्सामा नेपालगञ्जको पुष्पलाल चोकबाट कारकाँदो जाने क्रममा नगद राखेको झोला बिर्सेर छोडेपछि तत्काल प्रहरीलाई जानकारी गराउनुभएको थियो । प्रहरीले नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा जडित सिसी क्यामेराको सहयोगले रिक्सा चालक नेपालगञ्ज १४ का देवराज वर्मालाई सम्पर्क गरी रकम सहितको झोला फेला पारेको जनाएको छ । उक्त रकम आज जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलन गरी नाथलाई बुझाएको थियो ।

यस्तै आजको पत्रकार सम्मेलनमा अन्य घटनामा प्रहरीले हासिल गरेको सफलताको विवरण पनि सार्वजनिक गरिएको छ । गत कार्तिक १० गते बैजनाथ गाउँपालिका वडा नं. ३ बस्ने राधिका बिकले दमराबाट बानियाभारसम्म जाने क्रममा हराएको ४ लाख रुपैयाँ पनि प्रहरीले फेला पारेको छ । वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त प्रहरी टोलीले सिसी टिभी क्यामेराको सहायताले अनुसन्धान गरी हराएको पैसा कार्तिक १५ गते फेला पारेर पीडित बिकलाई बुझाएको बाँके प्रहरी प्रमुख ओमबहादुर रानाले बताउनुभयो ।

यसैगरी धारिलो हतियार प्रहार गर्ने ४ जनालाई पक्राउ गरी पत्रकार सम्मेलन मार्फत् प्रहरीले सार्वजनिक गरेको छ । कार्तिक २२ गते राति १२ बजे नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० मदनापुरस्थित जीतकुमार श्रेष्ठको विवाह घरमा नाचगान, रमाइलो गर्ने क्रममा वादविवाद भई सोही रिसिवीका कारण २८ बर्षीय रमेश बुढाथोकीलाई ज्यान मार्ने मनसायले लाठी, चिरपट लगायतले प्रहार गरी घाइते बनाएको घटनामा संलग्न ४ जनालाई नियन्त्रणमा लिई ज्यान मार्ने कसुरमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख रानाले बताउनुभयो । पक्राउ पर्नेहरुमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० मदनापुरका १९ बर्षीय दिनेश पुरी, सोही ठाउँ बस्ने १९ बर्षकै धर्म वली, सोही ठाउँका २१ बर्षीय सुरज कुँवर र सोही ठाउँका १९ बर्षीय उमेश घर्ती मगर छन् । उनीहरुलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ अनुसार १० वर्ष कैद र १ लाखसम्म जरिवाना हुन सक्ने प्रावधान रहेको प्रहरी प्रमुख रानाले बताउनुभयो ।

यसैगरी बाँके प्रहरी जबरजस्ती करणी मुद्दामा फरार अभियुक्त हेमन्तकुमार शर्मालाई ११ वर्षपछि पक्राउ गर्न सफल भएको छ । २०६६ कार्तिक २७ गते नरैनापुर गाउँपालिका वडा नं. ३ वस्ने ७ वर्षिया बालिकालाई जरबस्ती करणी गरी बाँके जिल्ला अदालतबाट २०६८ असार ३१ गतेको आदेशले १० वर्ष कैद सजाय भई फरार रहेका ३४ बर्षीय शर्मालाई सोमबार इलाका प्रहरी कार्यालय भगवानपुर बाँकेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको बाँके प्रहरी प्रमुख रानाले बताउनुभयो ।

यसैगरी मंसिर २१ गते नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ कारकाँदोस्थित माछापुच्छ्रे बैंकको एटिएम मेशिनमा चोरी गर्न लागेका २ जनालाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । प्रमुख रानाका अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले माछपुच्छ्रे बैंकको एटिएम मेशिन तोडफोड गरी भाग्न लागेका भारत रुपैडिहा बाबागंज बस्ने २१ बर्षीय सलवान अली र सोही ठाउँ बस्ने बर्ष २१ कै मोविन अलीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको बताउनुभयो । उनलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को परिच्छेद २० अनुसार १ वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रावधान रहेको रानाले बताउनुभयो ।


प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०७७  १८:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा हतियार बुझाउने संख्या बढ्दै, हालसम्म ८० थान हतियार बुझाइए
बाँकेमा हतियार बुझाउने संख्या बढ्दै, हालसम्म ८० थान हतियार बुझाइए
जमुनाहबाट ४८ ग्राम खैरो हेरोइनसहित दाङका दुई युवक प्रहरीको नियन्त्रणमा
जमुनाहबाट ४८ ग्राम खैरो हेरोइनसहित दाङका दुई युवक प्रहरीको नियन्त्रणमा
चोरीमा आतंक मच्चाएका बाँकेका प्रेममाथि प्रहरीले चलायो गोली, ६५ तोला सुनसहित पक्राउ
चोरीमा आतंक मच्चाएका बाँकेका प्रेममाथि प्रहरीले चलायो गोली, ६५ तोला सुनसहित पक्राउ
नेपालगन्जबाट लागुऔषधसहित दुई जना प्रहरीको नियन्त्रणमा
नेपालगन्जबाट लागुऔषधसहित दुई जना प्रहरीको नियन्त्रणमा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP