prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • बियरभन्दा साँच्चै स्वस्थकर हुन्छ वाइन ?
बियरभन्दा साँच्चै स्वस्थकर हुन्छ वाइन ?
banijya office
एजेन्सी
बिहीबार, असोज ३०, २०७६ एजेन्सी
बियरभन्दा साँच्चै स्वस्थकर हुन्छ वाइन ?

एजेन्सी । सन् १९८० को सुरुवातमै अनुसन्धानकर्ताहरुले फ्रान्समा, स्याचुरेटेड फ्याट र कोलेस्ट्रोलयुक्त अधिक खाना सेवन गरिएपनि मुटु सम्बन्धी रोग र अकाल मृत्युको दर अनुमान गरिए भन्दा धेरै कम रहेको पत्ता लगाएका थिए जसलाई ‘फ्रेन्च प्याराडक्स’ को नाम दिइएको थियो । त्यसपछि देखि नै वैज्ञानिकहरुले यसमा वाइन कतै न कतै सम्बन्धित हुन सक्ने शंका गरेका हुन् । 

nepalgunj 081-082

मेडिटेरियन डायटमा ठीक्क मात्रामा वाइन सेवन गर्नु पारम्पारिक मानिन्छ । यस्तोमा वैज्ञानिकहरुले आफ्नो अनुसन्धान पनि यसैका आधारमा सञ्चालन गरेका हुन् । ‘द ल्यान्सेन्ट’ मा १९९२ मा प्रकाशित एक अध्ययनमा वाइन लगायत केही मदिराले मुटुको आर्टरी अवरुद्ध हुनबाट जोगाउने गरेको प्रमाण प्रस्तुत गरेको थियो । त्यसै समयमा गरिएका अन्य थुप्रै अनुसन्धानले पनि बियरको सट्टा वाइन पिउने मानिसहरुको मृत्यु दर कम भएको पत्ता लगाएको थियो । यसपछि वैज्ञानिकहरुको समुहले अङ्गुरमा पाइने तत्व ‘पोलिफेनोल’ र ‘रेजभेराटोल’ को अध्ययन गर्यो जसलाई वाइनबाट प्राप्त  हुने स्वास्थ्य लाभको मुख्य श्रोत मानिन्छ । यसमा पनि अन्य थरीका मदिरा भन्दा रेड वाइन सबैभन्दा स्वस्थकर भएको दाबी गरियो । 

तर फेरि २००६ मा डेनमार्कमा गरिएको अनुसन्धानमा वाइन किन्ने अधिकांश मानिसहरुले साथमा फलफुल र तरकारी लगायत अन्य स्वस्थकर खानेकुरा पनि अधिक मात्रामा खरिद गर्ने गरेको पाइएको हो । यसैले पनि वाइन पिउने प्रायः सबैले बियरको तुलनामा स्वस्थकर खानेकुरा सेवन गर्ने गरेको विशेषज्ञहरुले निष्कर्ष निकालेका हुन् । 

हालैका अनुसन्धानमा भने मध्यम मात्रामा महिलाले एउटा र पुरुषले प्रति दिन दुईवटा बियर पिउनाले वाइन बराबरको फाइदा पुर्याउने दाबी गरिएको छ । तर अर्कोतर्फ केही अध्ययनमा चिज लगायत स्याचुरेटेड फ्याटले मानिसमा ह्दयघात वा मुटु सम्बन्धी रोगको खतरा नगराउन सक्ने पनि भनेका छन् जसले ‘फ्रेन्च प्याराडक्स’ लाई अर्थहित तुल्याउँछ किनकी वाइन फाइदाकारक हुनसक्ने विषय पहिले त्यहीँबाट सुरु भएको थियो । 

ग्रीसको हारोकोपियो युनिभर्सिटीमा न्युट्रिसन र डाएटिक्सका प्रोफेसर डेमोसथेनेस पेनेजिओटाकोसले वाइन र बियरले दिर्गकालीन समयमा पार्ने प्रभाव सम्बन्धी लामो समय अध्ययन गरेका छन् । उनको अनुसन्धानले भने बियर र वाइन दुवैले बराबर रुपमा व्यक्तिको मुटु सम्बन्धी जोखिम कम गराउन सक्ने देखाउँछ । उनी भन्छन्, “रेड वाइन अहिलेसम्मकै सबैभन्दा बढी अनुसन्धान गरिएको मदिराजन्य पेय पदार्थ हो । त्यसैले यसबारेमा समय अनुसार भिन्दाभिन्दै खोज भेट्न सकिन्छ । ”

यता सबैभन्दा पछिल्ला अनुसन्धानहरुमा केही प्रकारका बियर वाइन भन्दा लाभदायक हुने गरेको पनि पाइएको छ । जर्नल अफ वाइन इकोनोमिक्समा २०१६ मा प्रकाशित अध्ययनले तीस हजार अमेरिकीहरुको शपिङ व्यवहारको अध्ययन गरेको हो । यसमा क्राफ्ट बियरमा बिरुवाका तत्व, इस्ट, ब्याक्टेरिया, भिटमिन, मिनरल र अन्य सम्भावित स्वस्थकर पदार्थ म्याक्रो बियर भन्दा धेरै हुने गरेकोले यो स्वस्थकर भएको दाबी गरिएको छ । तापनि मदिराजन्य पेय पदार्थलाई राम्रो भन्नु आफैँमा विवादित मानिएको छ । सन् २०१८ मा मात्र द ल्यान्सेन्टले नै प्रकाशन गरेको अध्ययनमा कुनैपनि मात्रामा मदिरा कहिल्यै सुरक्षित नभएको उल्लेख गरिएको छ । तर यसप्रति सबै विशेषज्ञहरु सहमत छैनन् । किनकी ठीक मात्रामा सेवन गर्नुले निश्चित रुपमा स्वास्थ्यलाई फाइदा गराउने पुष्टि भइसकेको उनीहरु बताउँछन् ।  टाइमबाट  


प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  १०:४७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP