prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • वडा कार्यालयको सरकारी मोटरसाइकलमा नेकपाको झण्डा फरर
वडा कार्यालयको सरकारी मोटरसाइकलमा नेकपाको झण्डा फरर
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, माघ १८, २०७७ बागेश्वरी पोस्ट
वडा कार्यालयको सरकारी मोटरसाइकलमा नेकपाको झण्डा फरर

नेपालगन्ज ।स्थानीय तहमा जनप्रतिनिधिको सेवासुविधाका लागि वितरण गरिएको सरकारी मोटरसाइकल जथाभाबी प्रयोग बढ्न थालेको छ । सार्वजनिक बिदाको दिन सरकारी नम्बर प्लेटको मोटरसाइकलमा पार्टीको झण्डा बोकेर हिड्ने गरेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

धेरैले उक्त तस्बिरलाई शेयर गरेका छन्, भने जनप्रतिनिधिको लापरबाही भन्दै तीव्र आलोचनासमेत गरेका छन् । शनिबार कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष नवीन पुनमगरले प्रयोग गर्दै आएको सरकारी मोटरसाइकल दुरुपयोग भएको छ । वडाअध्यक्ष पुनमगरले प्रयोग गर्दै आएको से१ब ६६६ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकल दुरुपयोग भएको हो ।

गाउँपालिकाले स्थानीय तहका जनप्रतिनिधिलाई काममा सहजता र सुविधा दिन वितरण गरेको उक्त मोटरसाइकलमा नेपाल कम्युनिस्ट पार्टीको अंकित झण्डा फहराएको दृश्यसहितको तस्बिर यतिबेला सार्वजनिक भएको छ । सत्तारुढ दल नेकपाको प्रचण्ड माधव समूहले शनिबार धनगढीमा आयोजना गरेको विरोधसभाका लागि उक्त सरकारी मोटरसाइकलको प्रयोग भएको हो ।

सेतो नम्बर प्लेटको सवारीसाधन जनप्रतिनिधि वा कर्मचारीले कार्यालय समयमा र बिदाको दिनमा सम्बन्धित कार्यालयको अनुमति लिएर मात्र चलाउन पाउने प्रावधान छ । बिदाको दिनमा सरकारी साधन चलाउनु परेमा जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिनुपर्छ । तर, सम्बन्धित व्यक्ति बाहेकले बिदाका दिन पनि निर्वाध रूपमा राजनीतिक दलको सभाको प्रयोजनका लागि गुडाउनु गैर जिम्मेवारीपन हो ।

वडाध्यक्ष नवीन पुनमगरले भतिजाले मोटरसाइकल चलाएको स्वीकार गरे । उनले आफूले पेट्रोल हाल्न भन्दै बौनिया बजारस्थित पेट्रोल पम्पमा पठाएको तर, पार्टीको झण्डा कसले झुण्डाएको भन्ने बारे जानकारी नभएको बताए ।

मैले भतिजालाई पेट्रोल हाल्न बौनिया पठाएको हो । उनले भने, कसले झण्डा लगेर मोटरसाइकलमा झुण्डायो भन्ने विषय मलाई थाहा भएन । उनले आफूसहित नेताकार्यकर्ता बसमा धनगढीको विरोध सभामा गएको बताए ।हाम्राकुराबाट।


प्रकाशित मिति: आइतबार, माघ १८, २०७७  ०९:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जोखिमपूर्ण यात्रामा रहेका ५१२ जनाको नेपालगञ्ज नाकाबाट उद्दार
जोखिमपूर्ण यात्रामा रहेका ५१२ जनाको नेपालगञ्ज नाकाबाट उद्दार
संघ संस्था ऐनको मस्यौदामा गैसस महासंघको गम्भीर असहमति, बाँकेबाट पनि सरकारलाई ज्ञापनपत्र
संघ संस्था ऐनको मस्यौदामा गैसस महासंघको गम्भीर असहमति, बाँकेबाट पनि सरकारलाई ज्ञापनपत्र
जानकीका अध्यक्ष खाँको मुटुमा समस्या, लखनउमा उपचार हुँदै
जानकीका अध्यक्ष खाँको मुटुमा समस्या, लखनउमा उपचार हुँदै
स्किलस्पार्क च्याम्पियनशिप–२०२५ का टप १४ सार्वजनिक
स्किलस्पार्क च्याम्पियनशिप–२०२५ का टप १४ सार्वजनिक
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP