नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, चैत १६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • गुल्मीमा आपराधिक क्रियाकलाप बढ्दै
गुल्मीमा आपराधिक क्रियाकलाप बढ्दै
बागेश्वरी पोस्ट
आइतबार, माघ १८, २०७७ बागेश्वरी पोस्ट
गुल्मीमा आपराधिक क्रियाकलाप बढ्दै

तम्घास । गुल्मीमा आपराधिक क्रियाकलाप बढ्दै गएको छ । झारफुकको नाममा तातो पन्यूले डामेर हत्या, विद्यालयमै विद्यार्थीमाथि निर्घात कुटपिटदेखि किसानका गोठमा आगलागीसम्मका घटना घटेका छन् ।

घटनाका अपराधी पत्ता लगाउन नसक्दा जिल्लामा शान्ति सुरक्षाको चुनौती बढ्दै गएको हो । इस्मा गाउँपालिका–१ का मोतिबहादुर कुँवरको गत भदौ २१ गते आफ्नै पसलमा विभत्स हत्या भयो । हत्या भएको करिब पाँच महिना पुग्न थाल्यो । गुल्मी प्रहरीले अहिलेसम्म अपराधमा संलग्न व्यक्ति पत्ता लगाउन सकेको छैन ।

लामो समयसम्म हत्या किन र कसले गरेको भन्ने विषय अन्योल भएका कारण स्थानीयवासीमा त्रास बढ्दै गएको छ । “मृतकका केही आफन्त र अन्य महिलामाथि पनि प्रहरीले शङ्का गरेको थियो,” स्थानीय वीरबहादुर खत्रीले भन्नुभयो, “अहिलेसम्म पनि हत्यारा पत्ता नलाग्दा स्थानीयवासीमा त्रास बढ्दै गएको छ ।” रेसुङ्गा नगरपालिका–१४ पराल्मीका ४५ वर्षीय तुलबहादुर विक यही माघ ३ गते बिहान ११ बजे जङ्गलमा घाँस काट्न जानुभएको थियो । सोही दिन दिउँसो २ः३० बजेतिर गुल्मीदरबार गाउँपालिका–१ को बलिथुममा उहाँ मृत भेटिनुभयो ।

उहाँको छातीमा बन्दुकका छर्रा थिए । दिउँसै बन्दुकले हानेर विकको हत्या भएपछि स्थानीयवासीमा त्रास बढेको छ । गाउँमा मजदुरी गरेर परिवार पालेका विकको हत्यापछि परिवार शोकमा छन् । हत्यामा संलग्न अहिलेसम्म पत्ता लागेका छैनन् । त्यस्तै गत पुस २६ गते चार युवाले जिल्ला सदरमुकाममै रहेको महेन्द्र माविको कक्षा १२ मा पढ्ने इस्मा गाउँपालिका–३ का माधव पछाईँलाई मरणासन्न हुने गरेर कुटपिट गरे । पीडित परिवारले प्रहरीमा चार जनाविरुद्ध किटानी जाहेरी दिएका दिए ।

ती मध्येका दुई हिरासतमा छन् भने बाँकि दुई अझै फरार छन् । तम्घासकै मुख्य बजारमा झारफुकको नाममा तातो पन्यू र अन्य धातुले हानेर इस्मा–३ दर्लामचौरका ६४ वर्षीय रामबहादुर मुखियाको गत पुस २९ गते ज्यान गयो भने दुई गम्भीर घाइते भए । बिपन्न मुखिया परिवार शोकमा डुबेका छन् । दोषीलाई कडा भन्दा कडा कारवाही हुनुपर्ने माग उनीहरुको छ । “रोग सञ्चो गराउने नाममा बुवालाई गुमाउनुपर्यो”, मृतकका जेठा छोरा हुमबहादुर मुखियाले भन्नुभयो, “घटनाका दोषीलाई कडा भन्दा कडा कारवाही हुनुपर्यो ।” यस्तै जिल्लामा हत्याका घटना मात्र होइन्, किसानमाथि पनि आक्रमण भइरहेको छ ।

चन्द्रकोट गाउँपालिका–३ हर्राचौरका शौभाग्य शाहको बाख्रा फार्ममा अपरिचित व्यक्तिले गत पुस २३ गते आगो लगाइदिए । छिनभरमै फार्ममा रहेका २५ बाख्रा मरे । फार्मको संरचनासहित ७० लाख भन्दा बढीको क्षति भयो । मालिका गाउँपालिका–७ घमिरका मुमानन्द लम्सालको केरा बगानमा गत पुस २७ गते राति अपरिचित व्यक्तिले केरा फडानी गरे । त्यसका साथै पाइप र सिँचाईका सामग्रीमा क्षति गरे । तर, दुवै घटनामा संलग्न अहिलेसम्म पत्ता लागेका छैनन् ।

गुल्मीदरबार गाउँपालिका–४ का ३८ वर्षीय नारायण पाध्य शर्मा चुडालीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा गत मङ्सिर ८ गते मानव बेचबिखनविरुद्धको मुद्दा दर्ता भयो । उनले गत कात्तिक २६ गते स्थानीय १७ वर्षीया बालिकालाई भारत लगेका थिए । आरोपितविरुद्ध जिल्ला अदालतले मङ्सिर १० गते पक्राउ पूर्जीसमेत जारी गर्यो । तर आरोपित गाउँमै डुलेर बस्दा समेत प्रहरीले आरोपितलाई पक्राउ गर्न सकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक पुरुषोत्तमप्रसाद पाण्डेयले सबै घटनाका बारेमा प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।

कतिपय घटनास्थल टाढा भएकाले जिल्लाको टिम जान नपाएको उहाँले बताउनुभयो । साथै स्थानीयवासीबाट राम्रो साथ र समन्वय नहुँदा पनि समस्या भएको उहाँको भनाई छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लामा भएका घटनाप्रति आफूहरु गम्भीर रहेको बताउनुभयो । प्रशासन नजिकै घटेका घटनाले आफूहरुको चित्त दुखेको जनाउँदै उहाँले घटनाका विषयमा सुरक्षा समितिमा समिक्षा भएको बताउनुभयो ।


प्रकाशित मिति: आइतबार, माघ १८, २०७७  १०:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
श्रीमानसँग सम्बन्ध टुटेपछि लिभिङ टुगेदरमा बसेकी महिलाको मृत्यु,  प्रेमीसहित तीन पक्राउ
श्रीमानसँग सम्बन्ध टुटेपछि लिभिङ टुगेदरमा बसेकी महिलाको मृत्यु, प्रेमीसहित तीन पक्राउ
कोहलपुरबाट लागूऔषधसहित दुई जना पक्राउ
कोहलपुरबाट लागूऔषधसहित दुई जना पक्राउ
बाँकेमा पछिल्लो ६ महिनामा ९३९ अभियुक्त पक्राउ
बाँकेमा पछिल्लो ६ महिनामा ९३९ अभियुक्त पक्राउ
नेपालगन्जबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्जबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP