नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • 'तपाईं के सिडिओ हो' भन्दै मन्त्रीले धम्काए प्रधानाध्यापक
'तपाईं के सिडिओ हो' भन्दै मन्त्रीले धम्काए प्रधानाध्यापक
बागेश्वरी पोस्ट
आइतबार, फागुन २, २०७७ बागेश्वरी पोस्ट
'तपाईं के सिडिओ हो' भन्दै मन्त्रीले धम्काए प्रधानाध्यापक
सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रीले विधि प्रक्रिया मिचेरै शिक्षक कर्मचारीहरूलाई धम्काउने गरेको तथ्य उजागर बनेको छ ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले कञ्चनपुरको बेलौरी नगरपालिका ९ सित्तडी फाँट स्थित सिद्ध केदारनाथ आधारभूत विद्यालयका प्रधानाध्यापक प्रमानन्द जोशीलाई धम्काएको अडियो बाहिरिएको छ । मन्त्री शाहले प्रधानाध्यापक जोशीलाई फोनमा स्टाफलाई मानसिक हिंसा गर्ने रु तपाईँ सिडिओ हो र ? भन्दै न्यूनतम मर्यादा र प्रक्रिया मिचेर तर्साउन खोजेका छन् । प्रधानाध्यापकलाई फोनै गरी भन्ने उनले सम्हालेको मन्त्रालय नभए पनि मन्त्री शाहले न्यूनतम प्रक्रियाको हेक्का नराखी तर्साउन खोजेको देखिएको छ ।

विद्यालयका प्रधानाध्यापकले गल्ती गरेकै भए पनि शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा कार्यालय वा स्थानीय निकाय वा विद्यालय निरीक्षक मार्फत छानबिन गर्न लगाउनु पर्ने विधि र प्रक्रिया भए पनि मन्त्री शाहले सोझै फोन गरेरै हप्काउन खोज्नु शिक्षक कर्मचारीलाई तर्साउने मनसाय देखिएको छ । विद्यालयमा राहत अनुदान कोटामा कार्यरत शिक्षिका गौरी कुमारी चन्दले कक्षामा विद्यार्थीलाई राम्रोसँग नपढाउने, कुट्ने यातना दिने गरेको अभिभावकबाट आए पछि माघ २८ गते विद्यालयको स्टाफ बैठकमा आइन्दा यसो नगर्न सम्झाइएको प्रधानाध्यापक जोशी बताए ।

सोही विषयलाई लिएर शिक्षिका चन्दले मन्त्री शाहलाई कुरा लगाए पछि उनले आवेगमा आएर सोझै प्रधानाध्यापक जोशीलाई धम्काएका हुन । मन्त्री शाहले महिला शिक्षा आफूमाथि हिंसाजन्य व्यवहार गरेको भन्दै भेट्न आएको बताएका छन् । मन्त्री शाहले भने, हिंसाजन्य व्यवहार गरेको भन्दै शिक्षिका गौरी कुमारी चन्द मलाई भेट्न आउनु भएको थियो । मैले के कस्तो रहेछ सम्झाउँछु भने, फोन गरेर प्रधानाध्यापक प्रमानन्द जोशीलाई महिला जन्य हिंसा गर्न हुन्न भने, शिक्षिकाले कानुनी प्रक्रियामा आएर उजुरी दिनु राम्रो नहोला भनेर सम्झाएको हुँ ।

शिक्षिका चन्दको विद्यालयका शिक्षक कर्मचारी सँग समेत सम्बन्ध राम्रो नभएको बुझिएको छ । शिक्षिका चन्दको व्यवहार मिलनसार नभएको र ०७२ साल देखिनै बेलाबेलामा उनको बारेमा अभिभावक र विद्यार्थीहरूबाट समेत गुनासो आउने गरेको सोही विद्यालय एक पूर्व शिक्षकले बताए ।

महिला शिक्षिका चन्दले भने आफूमाथि पटक पटक मानसिक यातना दिएको बताइन् । उनले भनिन्," विद्यालयमा मलाई काम गर्ने वातावरण दिइएन । पटक पटक मानसिक यातना दिइन्छ, गाउँघरमा भएका कुरा ल्याएर मेरो कुरा काट्छन्, कहिले पानी खान नहुने भन्ने , मैले कसरी काम गर्ने रु मेरा पनि छोराछोरी छन् पेट पाल्नु छ ।

मलाई सहज रूपमा काम गर्न दिउन् मेरो माग यति हो ।" शिक्षिका चन्दले विद्यार्थीलाई कुटपिट र यातना दिने गुनासो राखे पछि आफू पनि बैठक गएर सम्झाएको हुँ र प्रअ जोशीले कुनै खालको हिंसाजन्य शैलीमा बोलेको वा व्यवहार नगरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर सिंह विष्टले बताए ।

विगत देखिनै कक्षा कोठामा राम्रो सँग अध्यापन नगर्ने विद्यालय प्रशासनले सम्झाउँदा प्रदेशको मन्त्री गुहारेर धम्क्याउन खोज्नु गलत भएको अध्यक्ष विष्टले बताए ।हाम्राकुराबाट।


प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  १५:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP