नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बेपत्ता भएको ४० वर्षपछि एक नेपाली भारतीय जेलमा भेटिए
बेपत्ता भएको ४० वर्षपछि एक नेपाली भारतीय जेलमा भेटिए
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, फागुन २७, २०७७ बागेश्वरी पोस्ट
बेपत्ता भएको ४० वर्षपछि एक नेपाली भारतीय जेलमा भेटिए

नेपालगन्ज। बेपत्ता भएको ४० वर्षपछि एक नेपाली भारतमा भेटिएका छन् ।

सन् १९७९ को फेब्रुअरीमा इलामको एकातपा गाउँका युवक दीपक जोशी तिमल्सिना घरबाट निस्केका थिए । त्यसपछि उनी फर्केर घर गएनन् । उनी बेपत्ता भएको ४० वर्षपछि उनको परिवारका सदस्यले गत महिना कोलकाताको दमदम केन्द्रीय कारागारमा उनलाई भेट्न पाए । उनका भाइ प्रकाश चन्द्र तिमल्सिनाले कोलकाता पुगेर उनीसँग भेट गरेका छन् ।

घरबाट निस्कने बेलामा उनी दाल बेच्न भनेर निस्केका थिए । त्यतिबेला उनी गाउँमै सानोतिनो काम गर्ने गर्थे । उनी ज्योतिषशास्त्रमा रुची राख्थे । प्रकाशले नेपालबाटै टेलिफोनमा भएको कुराकानीमा भने, ‘हामीले त दाइ मरिसकेको ठानेका थियौं । नेपालका हर क्षेत्रमा खोज्यौं ।

तर कुनै पनि पत्तो लगाउन सकेनौं ।’ उनले भने, ‘त्यसबेला दार्जिलिङमा गोरखाल्याण्डको आन्दोलन चलिरहेको थियो । हामीले सोच्यौं कि त्यही आन्दोलनमा परेर दाइको मृत्यु भयो । यति धेरै वर्षपछि दाइका बारेमा खबर पाइएला भनेर सोचेका पनि थिएनौं ।’ उता दीपक लगभग ४० वर्ष पश्चिम बंगालका विभिन्न जोलमा विचाराधीन कैदीका रुपमा रहे ।

चार दशकसम्म पनि उनीविरुद्धको सुनुवाई पूरा हुन सकेन । बुधबार उनको मुद्दामा कोलकाता उच्च अदालतका मुख्यन्यायाधीशको डिभिजन बेन्चले सुनुवाई गरेको छ । दीपकको मुद्दाको अर्को सुनुवाई सोमबार १५ मार्चमा हुनेछ । अदालतले दीपक रिहा भएपछि नेपाल फर्किन पाउँछन् कि पाउँदैनन् भन्ने तय गर्नेछ ।

४० वर्षसम्म उनी यताउता भड्किए । पछिल्लो साल फेब्रुअरीमा नन्दीग्रामबाट राधेश्याम दास स्थानान्तरित भएर दमदम केन्द्रीय कारागारमा आए । उनलाई माओवादी संगठनमा जोडिएको आरोपमा १० वर्ष पहिले गिरफ्तार गरिएको थियो । उनी २०१६ मा पनि केही दिन दमदम जेलमा रहेका थिए ।

राधेश्याम दासले भने, ‘पछिल्लो वर्ष फेब्रुअरीमा जब मलाई दमदम ल्याइयो तब पहिलेदेखि नै चिनजान भएका दीपकजीसँग फेरि भेटघाट भयो । जेलमा जो मानिस मानसिक रुपले अस्थिर हुन्छन् उनीहरुसँग म स्वेच्छाले परिचय गर्छु । त्यही तरिकाले दीपकजीसँग मेरो परिचय भएको थियो । कुराकुरामै पत्ता लाग्यो उहाँ ४० वर्षदेखि जेलमा हुनुहुन्छ ।

तर उहाँको मामिलामा कुनै सुनुवाई भएको छैन ।’ जेलबाट जमानतमा छुटेपछि दासले पश्चिम बंगाल एमच्योर रेडियो क्लबबाट सम्पर्क गरे । यो हैम रेडियो अपरेटरहरुको एक संगठन हो । रेडियो क्लबका सचिव अम्बरिस नाग विश्वासले भने, ‘राधेश्याम दासबाट जब सुनेँ कि एक व्यक्ति बिना सुनुवाई ४० वर्षदेखि जेलमा छन् तब म हैरान भएँ ।

मैले जेल कार्यालयमा सम्पर्क गरेँ । उनीहरुले पनि पहिले विश्वास गर्न खोजेनन् । तर पछि जाँच पड्तालपछि दीपक जोशी नामका कैदी सन् १९८१ देखि जेलमा छन् । र उनको बारेमा अहिलेसम्म कुनै सुनुवाई भएको छैन ।’ अम्बरिस नाग विश्वास र उनका क्लबका केही मानिसहरुले दीपकसँग भेट्ने अनुमति मागे ।

तर परिवारका सदस्य नभएका कारण केबल हिरक सिन्हालाई मात्रै उनीसँग भेट्ने अनुमति मिल्यो । उनी कोलकाता उच्च अदालतका वकिल हुन्। हिरक सिन्हाले भने, ‘मलाई पहिले आशंका थियो कि दीपक जोशी कतै मानसिक रुपले अस्वस्थ्य त छैनन् । किनकि हामीले विभिन्न अदालतबाट जति पनि कागजातहरु जम्मा गरेका थियौं तिनीहरुमा त्यस्तै संकेत दिइएको थियो ।

तर उनीसँग कुराकानी गर्दा मलाई कहिल्यै लागेन कि उनी मानसिक रुपले अस्वस्थ्य छन् । तर उनी निश्चित रुपले गहिरो पीडामा थिए । मलाई नेपाली भाषा राम्रोसँग आउँदैन । तर थोरै धेरै बुझ्छु । त्यसबाटै उनीसँग कुराकानी गर्दथेँ । कुराकानीका बीचमा उनले कागज कलम मालगेर केही शब्द लेखेका थिए ।

देवनागरीमा लेखिएका ती शब्द आधा अपुरो लागे पनि खासमा त्यो उनको परिचय थियो । एक गाउँको नाम, बाबुआमाको नाम र स्कुलको नाम।’ दीपकसँग सम्बन्धित कागजपत्रबाट पत्ता लाग्यो कि उनलाई सन् १९८१ मा दार्जिलिङबाट हत्याको मामलामा गिरफ्तार गरिएको थियो । (बीबीसी हिन्दीबाट) 

हाम्राकुराडटकम


प्रकाशित मिति: बिहीबार, फागुन २७, २०७७  १२:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP