Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • कार धनी र चालकलाई पक्राउ गरि मुद्दा चलाइयाे
कार धनी र चालकलाई पक्राउ गरि मुद्दा चलाइयाे
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, वैशाख २०, २०७८ बागेश्वरी पोस्ट
कार धनी र चालकलाई पक्राउ गरि मुद्दा चलाइयाे

नेपालगन्ज । तुलसीपुरको स्याउली बजारमा शनिवार बेलुकी एउटै कारभित्र तीन जना बालक मृत फेला परेपछि प्रहरीले आइतबार कारधनी र चालकलाई पक्राउ गरि मुद्दा चलाएको छ ।

स्याउली बजारमा विगत तीन महिनादेखि पार्किङ गरिराखेको इण्डियन नम्बर प्लेटको निशान कारभित्र तुलसीपुर–६ बरुवा गाउँ निवासी ९ बर्षमुनिका तीन बालकको शव फेला परेको थियो ।

घटना अनुसन्धानका लागि पक्राउ गरिएका कार धनि तुलसीपुर–६ का ३३ बर्षीय यादव प्रसाद गैरे र सोही वडाकै ५७ बर्षीय चालक पदमबहादुर बस्नतेलाई आइतबार प्रहरीले ज्यान शिर्षकमा मुद्दा चलाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले गाडी धनी गैरे र चालक बस्नेतलाई पक्राउपछि मुद्दा चलाइएको जानकारी दिए ।

पक्राउ परेका व्यक्तिहरुले १ माघमा उक्त स्थानमा कार लक गरि पार्किङमा राखेको भन्ने बयान प्रहरी समक्ष दिएको डिएसपी सिंहले बताए ।

‘लक गरिराखेको कारभित्र तीन बालक कसरी भित्र छिर्न सके? त्यहाँ आशंका छ,’ डिएसपी सिंहले भने, ‘माघदेखि पार्किङ गेरर राखिएको कारको बत्ति कसरी बल्यो? भन्ने कुरापनि शंकास्पद देखिएको छ।’

स्थानीय प्रत्यक्षदर्शीहरुले लामो समयदेखि पार्किङ गरिराखेको कारमा बेलुकीपख सबै बत्तिहरु बलेको देखेर त्यहाँ हेर्न गएका थिए। स्थानीयले हेर्दा कारभित्र तीन बालकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

त्यस्तै इण्डियन नम्बर प्लेटको उक्त कार लामो सयमदेखि पार्किङमा राखिएको कुराले पनि आशंका जन्माएको प्रहरीले बताएको छ। कार चोरीको हुनसक्ने प्रहरीको आशंका छ ।

गैरेले आफूले इण्डियास्थित कानपुरको एक हस्पिटलमा काम गर्ने गरेको र त्यो कार साथीको भएको बताएका छन्। लकडाउनले गर्दा कार छोड्न जान नभ्याएको भन्ने बयान उनले प्रहरी समक्ष गरेको प्रहरी अधिकारीले बताएका छन् ।

यसैबीच तीन बालकको शव पोष्टमार्टम गर्नका लागि फरेन्सिक एक्सपर्ट डाक्टर बुटबलबाट तुलसीपुर झिकाइएको छ। डिएसपी सिंहले तुलसीपुरमा फरेन्सिक एक्सपर्ट डाक्टर नभएको हुँदा शव पोष्टमार्टमका लागि एक्सपर्ट बुटवलबाट झिकाउनुपरेको जानकारी दिए ।

प्रहरीले बाँकेबाट घटना अनुसन्धान गर्न तालिम प्राप्त कुकुर र विज्ञ प्राविधिक समेत झिकाएको छ। पोष्टमार्टम रिपोर्टपछि मात्रै तथ्य कुरा भन्न मिल्ने प्रहरीले बताएको छ ।


प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  १७:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ठूलो परिमाणमा प्रतिबन्धित औषधि ट्रामाडोल बरामद
ठूलो परिमाणमा प्रतिबन्धित औषधि ट्रामाडोल बरामद
पश्चिम नवलपरासी सशस्त्र र प्रहरीको अपरेसन: १ करोड १४ लाख बढीका सामानसहित गाडी नियन्त्रणमा 
पश्चिम नवलपरासी सशस्त्र र प्रहरीको अपरेसन: १ करोड १४ लाख बढीका सामानसहित गाडी नियन्त्रणमा 
सशस्त्र प्रहरीमा खुल्यो ६६६ जनाका लागि आवेदन (सूचनासहित)
सशस्त्र प्रहरीमा खुल्यो ६६६ जनाका लागि आवेदन (सूचनासहित)
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP