Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • सई खनालले जमुनाहा नाकाको कमान्ड सम्हाले
सई खनालले जमुनाहा नाकाको कमान्ड सम्हाले
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार ६, २०७८ बागेश्वरी पोस्ट
सई खनालले जमुनाहा नाकाको कमान्ड सम्हाले

नेपालगन्ज । नेपालगन्जको सिमा जमुनाहा नाका पश्चिम नेपालको ठुलो व्यवसायिक नाका हो । यहाँ यो नाका भएर दैनिक १० हजार बढी नागरिकहरू भारतको रूपैडिया बजारमा बजार गर्न जाने गरेका छन् । अहिले लकडाउनका कारण यो नाकामा अलि कमै चलपहल देखिने गरेको छ ।

यहाँको सुरक्षा व्यवस्थापनमा बाँके प्रहरी सधैं संवेदनशिल भैरहेको बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर राना बताउँछन् । आगामी दिनमा पनि जमुनाहा क्षेत्रको सुरक्षा व्यवस्थापनमा कमी आउन नदिने उनको भनाई छ ।

यसअघि बिष्णु गिरीले कमाण्ड गरेको जुमनाहा क्षेत्रमा यति बेला प्रहरी वृत्तमा एकदमै इमान्दार र क्षमतावानका रूपमा चिनिएका सई सन्तोष खनाल आएका छन् ।

मानव बेचबिखनदेखि लिएर चोरी, तस्करी हुने नाकाको रुपमा मुख्य केन्द्रबिन्दु मानिएको जमुनाह नाकामा यी र यस्ता हरेक गतिविधि रोकथाम र नियन्त्रणसँगै यस क्षेत्रका नागरिकको शान्ति सुरक्षालाई प्राथमितामा राखेको जमुनाहा प्रहरीका इन्चार्ज सई सन्तोष खनाल बताउँछन् ।

पहिलो चरणको कोरोना संक्रमणका बेला पनि उत्कृष्ट काम गरे वापत् सम्मानित भैसकेका सई खनाल अहिले पनि कोरोना संक्रमणको समस्यामा त्यसैगरी जुधिरहेका छन् ।

कोभिड नियन्त्रणमा खटिएको भनेर जिल्ला प्रहरी कार्यालय बाँकेबाट उत्कृष्ट सईको रुपमा पुरस्कृत भएका खनाल बाँकेको कम्दीबाट शुक्रबार मात्रै जमुनाहामा सरूवा भएका हुन् ।

सामाजिक कार्यमा उत्तिके चासो राख्ने र सहयोगी भूमिका निर्वाह गर्दै आएका सई खनालले जुमनाहामा देखिएका हरेक समसया र नकारात्मक गतिविधिका बारे आफूलाई खबर गरी सुधारका लागि सुझाव समेत दिन हुन अनुरोध गरेका छन् ।

उनले भने- ‘मेरा हरेक कामको आलोचना गर्नुहोस्, जसले मलाई म र मेरो संस्था अनि म मातहतका मेरा साथी भाईलाई सुधार्न र शान्ति सुरक्षामा झन टेवा पु¥याउन सहज होस् ।’

२२ बर्षअघि सिपाहीमा भर्ना भएका खनाल दैलेख, रोल्पा, जाजरकोट, बर्दिया सुर्खेत, लगायतका दर्जन बढी जिल्लामा बसेर प्रशासनिक तथा सुरक्षा व्यवस्थापन सम्बन्धि काम गरिसकेका छन् ।

सधैंभरि विवादमा आउने भन्सार तथा सीमावर्ती क्षेत्रमा चोरी तस्करी, मानव बेचबिखनमा सक्रिय भएर खटिने र उक्त अवैध कार्य नियन्त्रण र रोकथाम गर्न कुनै कसुर नराख्ने उनले बताएका छन् ।


प्रकाशित मिति: आइतबार, असार ६, २०७८  ०९:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP