prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, कात्तिक १४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • जेसीबी प्रयोग गरेर वडाध्यक्षको हत्या
जेसीबी प्रयोग गरेर वडाध्यक्षको हत्या
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असार १२, २०७८ बागेश्वरी पोस्ट
जेसीबी प्रयोग गरेर वडाध्यक्षको हत्या

नेपालगन्ज । जेसीबी प्रयोग गरेर एक जना वडाध्यक्षको हत्या भएको छ।सर्लाहीको ईश्वरपुर नगरपालिका-३, भक्तिपुरका वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको हत्या भएको छ । 

वडाध्यक्ष श्रेष्ठको गएराती जेसीबी चालकसँग विवाद भएर जेसीबीले ठक्कर दिई हत्या गरिएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ । भक्तिपुरमा केही दिनदेखि पुरानो सरकारी पोखरी खनेर स्तरोन्नति गर्ने काम भइरहेको थियो ।

 गएराती अबेरसम्म वडाध्यक्ष श्रेष्ठ, जेसिबीका ठेकेदार प्रेमराज दाहाल र जेसीबी चालक रविन भन्ने हर्क बहादुर तामाङले नजिकैको होटलमा सँगै खाजा खाएर बस्नु भएको थियो । राती १० बजेपछि खाजा खाएर फर्किने क्रममा जेसिबका चालक तामाङसँग वडाध्यक्ष श्रेष्ठको विवाद भयो ।

 सोही क्रममा पोखरी खनेको स्थानमा पुगेपछि चालक तामाङले जेसीबी चलाएर वडाध्यक्ष श्रेष्ठलाई जेसीबको बकेटले ठक्कर दिएर लडाएको र त्यसपछि माटोले पुरेको पाइएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरले जानकारी दिनुभयो । उहाँले घटनाबारे पूर्व योजना नभई आवेशमा आएर घटना गराएको देखिएको बताउनुभयो ।

 घटनाबारे जानकारी पाउनासाथ तत्कालै प्रहरी टोली घटनास्थलमा पुगेर अचेत अवस्थामा रहनु भएका वडाध्यक्ष श्रेष्ठलाई जिल्ला अस्पताल मलङ्गवा पुर्‍याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले घटनामा संलग्न भएको आरोपमा जेसीबीका ठेकेदार ईश्वरपुर नगरपालिका-३, कै ३५ वर्षीय पे्रमराज दाहाल र जेसिबीका चालक बरहथवा नगरपालिका-१, का ३८ वर्षीय रविन भन्ने हर्क बहादुर तामाङलाई नियन्त्रणमा लिएको छ ।

 दाहाललाई घटना लगत्तै नियन्त्रणमा लिइएको र फरार रहेका जेसीबी चालक तामाङलाई आज बिहान पौने ६ बजेतिर लालबन्दीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु दुवैलाई अहिले जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको छ । मृतक अन्जादी ५५ वर्षीय वडाध्यक्ष श्रेष्ठको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवामा राखिएको छ । 

वडाध्यक्षको हत्या भएको घटनापछि घटनाको प्रारम्भिक अनुसन्धान तथा फरार रहेका चालकको खोजीका लागि जिल्ला प्रहरी प्रमुख एपसी सन्तोष सिंह राठौरको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय केशरगन्ज, ईलाका प्रहरी कार्यालय भक्तिपुर र ईलाका प्रहरी कार्यालय लालबन्दी लगायत प्रहरी युनिटबाट रातभरी नै प्रहरीहरु परिचालन गरिएको थियो ।


प्रकाशित मिति: शनिबार, असार १२, २०७८  १२:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके र बर्दियाबाट ब्राउन सुगरसहित ७ युवक प्रहरीको नियन्त्रणमा
बाँके र बर्दियाबाट ब्राउन सुगरसहित ७ युवक प्रहरीको नियन्त्रणमा
डाँका चोरी मुद्दामा फरार प्रतिवादी ३० बर्षपछि पक्राउ !
डाँका चोरी मुद्दामा फरार प्रतिवादी ३० बर्षपछि पक्राउ !
जेन-जी आन्दोलनमा नौबस्ता कारागारबाट फरार एक कैदी पक्राउ
जेन-जी आन्दोलनमा नौबस्ता कारागारबाट फरार एक कैदी पक्राउ
चौधरीयागाउँको जुवाखालबाट लाखौं रुपैयाँसहित ११ जुवाडे पक्राउ
चौधरीयागाउँको जुवाखालबाट लाखौं रुपैयाँसहित ११ जुवाडे पक्राउ
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP