नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, जेठ १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • वर्कसप सञ्चालकहरू मोटरसाइकल चोरीका मुख्य योजनाकार रहेको खुलासा
वर्कसप सञ्चालकहरू मोटरसाइकल चोरीका मुख्य योजनाकार रहेको खुलासा
बागेश्वरी पोस्ट
शनिबार, असार १९, २०७८ बागेश्वरी पोस्ट
वर्कसप सञ्चालकहरू मोटरसाइकल चोरीका  मुख्य योजनाकार रहेको खुलासा

नेपालगन्ज । मोटरसाइकल चोरी गरेर बेच्ने गिरोहलाई पक्राउ गरेको छ। दाङबाट महँगा मोटरसाइकल चोरी गरी रोल्पा र प्युठानमा लगेर स्वरूप परिवर्तन गरी बेच्ने गिरोह पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय घोराहीका अनुसार    दाङबाट मोटरसाइकल चोरी गरी पहाडी जिल्ला रोल्पा र प्युठान लगायतका जिल्लामा लगेर स्वरूप परिवर्तन गरी विक्री-वितरण कार्यमा संलग्न आठ जनालाई पक्राउ गरिएको हो।  

दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले  चोरी कार्यमा  मोटरसाइकल वर्कसप सञ्चालकहरूको मुख्य बदमासी देखिएको बताए। 

‘पहाडी जिल्लामा मोटरसाइकल वर्कसप सञ्चालन गर्नेहरूले नै चोरी कार्यका लागि पैसा दिएर पठाउने र चोरीका मोटरसाइकलहरूको स्वरूप परिवर्तन गरी विक्री गर्ने गरेको तथ्य उजागर भएको छ,’ एसपी काफ्लेले  भने, ‘चोरीको बाइकसहित एक जना पक्राउ परेपछि अनुसन्धानका क्रममा प्रहरी वर्कसप सञ्चालकको बदमासी पत्ता लगाउन सफल भएको हो।’उनले मोटरसाइकल चोरी गर्ने गिरोह नै पक्राउ परेको हुँदा अबदेखि दाङ तथा आसपासका जिल्लाहरूमा हुने चोरी रोकिने आशा  व्यक्त गरे।   

असार १५ गते बिहान २ बजेको समयमा घोराही उपमहानगरपालिका वडा नं १४ निमाहल रोडबाट रा ५ प ४४९६ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल चोरी गरी लैजाने क्रममा रोल्पा जिल्लाको लुङ्ग्री गाउँपालिका वडा नं ५ का २५ वर्षीय नुमबहादुर रोका क्षत्री र २४ वर्षीय हिराबहादुर विष्ट मोटरसाइकलसहित पक्राउ परेपछि अनुसन्धान गर्दै प्रहरीले चोरी कार्यमा संलग्न गिरोह नै पत्ता लगाउन सफल भएको हो। 

जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले उनीहरू पक्राउ परेपछि अनुसन्धानबाट रोल्पाको सुलिचौरमा ग्लोबल बजार सर्भिस सेन्टर सञ्चालन गर्दै आएका २८ वर्षीय श्रीताज अली पक्राउ परेको जानकारी दिए। 

अली चोरीका मोटरसाइकल ५० हजारसम्म मूल्य हालेर खरिद गर्ने र मोटरसाइकल चोरी कार्यका लागि गिरोह समेत परिचालन गर्ने प्रमुख व्यक्ति रहेको डिएसपी रिजालले   बताए। रोल्पाको लुङ्ग्री गाउँपालिका ४ का २६ वर्षीय लेखनाथ विष्टले श्रीताज अलीसँग चोरीका मोटरसाइकलका लागि रकम प्राप्त गरी नाफा खाएर विक्री गर्दै आएको अनुन्धानबाट खुल्न आएको प्रहरीले जानकारी दिएको छ।  

त्यस्तै, लुङ्ग्री ५का २५ वर्षीय टेकेन्द्र विष्टले लेखनाथ विष्टबाट रकम प्राप्त गरी बीचमा नाफा खाएर चोरी कार्यका लागि मानिसहरू परिचालन गर्ने गरेका थिए। 

विष्टबाट लुङ्ग्री ६ का २६ वर्षीय नुमबहादुर रोका क्षत्री, २२ वर्षीय हिराबहादुर विष्ट र दाङको गढवा गाउँपालिकाका विवेक भनिने सुरज चौधरीले एउटा मोटरसाइकलका लागि दश हजार रकम लिएर चोरी कार्यमा खटिने गरेको डिएसपी रिजालले बताए।

क्षत्री र विष्ट पक्राउ परे पनि चौधरी भने फरार छन्। 

त्यस्तै, असार १४ गते घोराही १५ नापी कार्यालय अगाडि पार्किङ गरिराखेको सुबोध आचार्यको रा ३ प ८५६९ नम्बरको २२० पल्सर मोटरसाइकल चोरी भयो। 

उक्त मोटरसाइकल चोरी गरी भाग्दै गरेका एक व्यक्ति कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १ शिवपुरमा प्रहरी टोलीले छिमेकी देश भारतको जिल्ला बलरामपुर तुलसीपुर थानाका २२ वर्षीय मोहम्मद रफिक पक्राउ गर्न सफल भयो। 

सोधपुछका क्रममा चोरीको मोटरसाइकल भएको तथ्य प्रहरीले फेला पार्‍यो। 

अनुसन्धानका क्रममा प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलुकेमा थापा अटो पार्ट्सका सञ्चालक २४ वर्षीय ठगिराम थापाले नै रफिकलाई चोरी कार्यमा परिचालन गरेको खुल्न आयो। 

थापाले चोरीको मोटरसाइकलहरू खरिद विक्री गर्ने गरेको तथ्य फेला परेपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको छ।  

रफिकसँगको भेटपछि दाङ घोराही १९ का १९ वर्षीय जोबद खान पनि मोटरसाइकल चोरी कार्यमा संलग्न रहँदै आएका थिए।

उनीहरू मिलेर दाङका विभिन्न स्थानबाट विभिन्न समयमा मोटरसाइकल चोरी गर्ने गरेको प्रहरीले जानकारी दिएको छ। 

प्रहरीले तीबाहेक थप ११ वटा चोरीका मोटरसाइकल बरामद गरेको भए पनि सवारी साधनको धनी पहिचान नभएको हुँदा सम्पर्क गर्न आग्रह गरेको छ। 

मोटरसाइकल नम्बर, इन्जिन नम्बर, च्यासिस नम्बर, कम्पनी र सिसी समेत प्रहरीले सार्वजनिक गरी सम्बन्धित व्यक्तिलाई सम्पर्कमा आउन तथा मोटरसाइकल लैजान आग्रह गरेको छ। सेतोपाटीबाट।


प्रकाशित मिति: शनिबार, असार १९, २०७८  १०:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्रतबन्धको जमघटपछि विवादः कैलालीबाट बोलाइएका साथीको आक्रमणमा युवकको हत्या
ब्रतबन्धको जमघटपछि विवादः कैलालीबाट बोलाइएका साथीको आक्रमणमा युवकको हत्या
टिकटकमा खुकुरी प्रदर्शन गर्ने दुई जना पक्राउ
टिकटकमा खुकुरी प्रदर्शन गर्ने दुई जना पक्राउ
दुई भारतीय युवा-युवती नेपालगञ्जमा खैरो हेरोइनसहित पक्राउ
दुई भारतीय युवा-युवती नेपालगञ्जमा खैरो हेरोइनसहित पक्राउ
सशस्त्र प्रहरीका आइजीपी पौडेलले पाए दर्ज्यानी चिन्ह
सशस्त्र प्रहरीका आइजीपी पौडेलले पाए दर्ज्यानी चिन्ह
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP