नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँके कांग्रेस अधिबेशन:बैजनाथमा तीन जनाको उम्मेदवारी
बाँके कांग्रेस अधिबेशन:बैजनाथमा तीन जनाको उम्मेदवारी
RSG-2
सभापतिमा केशर खड्का हावी
बागेश्वरी पोस्ट
सोमबार, असोज ४, २०७८ बागेश्वरी पोस्ट
बाँके कांग्रेस अधिबेशन:बैजनाथमा तीन जनाको उम्मेदवारी

नेपालगन्ज । बाँके जिल्लाको क्षेत्र नम्बर ३ अन्तर्गत् बैजनाथ गाउँपालिकामा कांग्रेसको भावी नेतृत्वका बारेमा चर्चा चुलिँदो अवस्थामा  छ । विभिन्न अड्कलबाजीका बीच कांग्रेसजनसंगै शुभचिन्तकहरु चासो व्यक्त गर्दै 'चिया गफ' मा बैजनाथलाई केन्द्रमा राखेर गफिन थालेको धेरै दिन भइसक्यो । क्रियाशील सदस्यता विवादले अधिवेशनको सुनिश्चितता नहुँदा आकांक्षीहरुले मुख नखोले पनि कुनै न कुनै रुपमा उनीहरुको मनसाय प्रकट भइरहेको छ ।

बाँके जिल्लामा राजनीतिकरुपमा हरेक पार्टीले अलि महत्वका साथ हेर्ने बैजनाथ गाउँपालिकामा यस पटकको अधिबेशनमा सभापतिमा लामो समयदेखि नेपाल बिद्यार्थी संघ हुँदै तरुण दलको राजनीति गर्दै आएका नेपाल तरुण दल बाँकेका  कोषाध्यक्ष केशर खड्का, नेपाली कांग्रेस बाँके जिल्ला कार्यसमितिका पूर्व सदस्य देब बहादुर केसी र युवा राम बहादुर बिष्टको नाम चर्चामा  छ । 

यी युवा नेताहरूले उम्मेदवारी  समेत  अनौपचारिक रुपमै घोषणा गरिसकेका छन् । साथीभाई, शुभचिन्तक र पार्टीपंक्तिमा उनीहरुको चर्चा व्यापक छ । तरुण नेता  खड्का, नेता  केसी र बिष्टबीच अहिले स्थलगत हेर्दा कडा प्रतिष्पर्धा हुने देखिएको छ । यद्यपि क्षेत्रीय प्रतिनिधि छनोट पछि मात्र उम्मेदवारीका लागि परिपक्वता हुने भएकाले अझ केही दिन कुर्नै पर्ने देखिन्छ । 

बैजानाथका यी तीन अनुहार आमनेसामने हुने अवस्था देखिँदा प्रतिष्पर्धा निकै रोचक हुने अनुमान कांग्रेस कार्यकर्ताले गरेका छन् ।  कांग्रेसभित्रको समूहगत निकटताका हिसाबले खड्का, केसी र बिष्ट  संस्थापन समूहकै हुन् । यता पूर्व जिल्ला सदस्य केसीले आफू मात्रै  संस्थापन समूहको आधिकारिक उम्मेदवार रहेको बताउँछन् भने नेता बिष्टले पनि आफू संस्थापन समूहबाट नै उम्मेदवार रहेको दाबी गरेका छन् ।

पालिका सभापति लड्न कांग्रेसको वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि बनेर आउनुपर्ने भएकाले पनि अहिले नै परिस्थिति परिपक्व नबनेको अवस्थामा अनुमान बेगरको 'सिन' पनि देखिन सक्ने सम्भावना भने कायमै छ । अहिलेसम्म बैजनाथमा संस्थापन इतर समूहबाट कुनै पनि उम्मेदवार नदेखिएको हुँदा एउटै समूहका तीन जना एउटै पदमा उम्मेदवारी दिने भएकाले तीनै जना प्रतिष्पर्धामा उत्रिन्छन् वा एकले अर्कोलाई सघाउँछन्, यो अनुत्तरित छ । तीनै जनाले  सभापतिमै चुनाव लड्ने दृढता र अडान छाडेका छैनन् । एकले अर्कोलाई नछोड्ने अवस्थामा पनि युवाहरुका बीच लोकप्रिय  तरुण नेता खड्काप्रति त्यस क्षेत्रका प्रभावशाली कांग्रेस नेताहरूको सकारात्मक सोचले उनी अन्य  उम्मेदवार भन्दा दिन प्रतिदिन बलियो बन्दै गइरहेको स्थानीय कांग्रेसजनले बताएका छन् ।

खड्काले आफ्नो उम्मेदवारीको मूल उद्देश्य भनेको बैजनाथको कांग्रेसलाई अझ चलायमान बनाउन हरेक बडामा आफ्नै खर्चमा पार्टीका वडा कार्यालयहरु खोल्ने, अभिलेख राख्ने, कम्तीमा हरेक महिना बैठक गर्ने, भातृ संगठनलाई क्रियाशील बनाउने, पार्टीलाइ बलियो बनाउनका निम्ति अग्रज नेताहरूसंग बेला बेलामा छ्लफल गर्ने, बैचारिकरुपमा कार्यकर्तालाई खरोरुपमा उतार्न प्रशिक्ष्ण कार्यक्रम राख्ने र आफ्नो कार्यकाल भरी पार्टीको सांगठनिक गतिविधिलाई चलायमान गराउने हुँदा कुनै पनि तहको चुनावमा उम्मेदवार नबन्ने तर पार्टीका उम्मेदवारलाइ जिताउन कुनै कसर बाँकि नराख्ने रहेको बताएका छन् ।

भोलिका दिनमा वडा अधिवेशनपछि आकांक्षीहरु अझै बढ्ने अवस्था पनि आउन सक्ने स्थानीय कांग्रेस नेताहरु बताउँछन् । यद्यपि मूलरुपमा बैजनाथमा सभापतिका रुपमा यी तीनै अनुहारलाई हेरिएको छ । खड्काले युवाको उर्जाशील जोश र अग्रजको अनुभवी होसलाई संयुक्तरूपमा कांग्रेस बनाउने अभियानको यात्रामा खर्चिने उद्घोष गरेका छन् ।

तर, बाँकेमा क्रियाशील सदस्यता विवादका कारण अधिबेशन कहिले हुने हो भन्ने बारेमा टुंगो नलाग्दा बाँके कांग्रेसजनहरु चिन्तित बनेका छन् ।


प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  २२:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP