prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, कात्तिक ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नारायण गौडेललाई पहिलो बलमा छक्का, लामो पारीको सुखद् सन्देश
नारायण गौडेललाई पहिलो बलमा छक्का, लामो पारीको सुखद् सन्देश
banijya office RSG-2
प्रियास्मृति ढकाल
शुक्रबार, जेठ २७, २०७९ प्रियास्मृति ढकाल
नारायण गौडेललाई पहिलो बलमा छक्का, लामो पारीको सुखद् सन्देश

नेपालगञ्ज । नेपाली काँग्रेस बाँकेले पालिका चुनावमा ऐतिहासिक जीत हासिल गरेको छ । बहुदलपछि काँग्रेसले बाँकेमा सबैभन्दा ठूलो सफलता हात पारेको हो । जिल्लाका आठ वटा पालिकामध्ये पाँच वटा पालिकामा प्रमुख र उपप्रमुख जितेको काँग्रेसले दुई वटा पालिकामा प्रमुख र उपप्रमुखमा जित हासिल गरेको छ । एउटा पालिकामा अध्यक्ष र उपाध्यक्ष पद गुमाएपनि कार्यपालिकामा भने काँग्रेसले स्पष्ट वहुमत हासिल गरेको छ । जिल्ला समन्वय समितिमा पनि काँग्रेसले स्पष्ट बहुमत ल्याएको छ ।

कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, राप्तीसोनारी गाउँपालिका, जानकी गाउँपालिका र डुडुवा गाउँपालिकामा काँग्रेसले प्रमुख र उपप्रमुखमा जित हासिल गर्दा नेपालगञ्जमा प्रमुख र खजुरामा उपप्रमुखमा जित निकाल्यो । नेपालगञ्ज र खजुरामा काँग्रेसले गठबन्धन गरेर चुनाव लडेको थियो । नरैनापुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पद गुमाए पनि ६ वटा वडा मध्ये ४ वटा वडामा जित निकालेको छ । यस्तै जिल्ला समन्वय समितिमा प्रमुख र उपप्रमुखसहित काँग्रेसले वहुमत सहितको जीत निकालेको छ ।

‘पार्टी सभापतिको निर्वाचनमा मेरो एउटै चुनावी नारा थियो,' पार्टी सभापति नारायणप्रसाद गौडेलले भनेका थिए–‘सभापतिमा मलाई जिताउनुहोस् पालिका जिताउने काम मेरो । आज सबै पालिकामा काँग्रेसको चार तारे झण्डा फहराएको छ । मेरो सपना मात्र पूरा भएको छैन, बाँकेका हरेक काँग्रेसीको सपना पूरा भएको छ ।’ काँग्रेसको जिल्ला अधिवेशनमा सभापतिको उम्मेदवार छँदा गौडेलले स्थानीय पालिकामा काँग्रेसलाई पुरानै शाखमा फर्काउने आफ्नो एउटै अर्जुन दृष्टि रहेको बताउने गरेका थिए ।

अघिल्लो निर्वाचनमा काँग्रेसले डुडुवा र राप्तीसोनारी बाहेक अन्य सबै पालिकामा नेतृत्व गुमाएको थियो । नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा उपप्रमुख जिते पनि प्रमुख भने काँग्रेसले गुमाएको थियो । गौडेल नेतृत्वको काँग्रेस जिल्ला कार्यसमितिले यो पटक भने जिल्लालाई काँग्रेसमय बनाइदिएको छ । निकै चुनौति र अफ्ठयारो परिस्थितिलाई छिचोल्दै काँग्रेस बाँकेको कमाण्ड सम्हालेका गौडेलले पहिलो बलमै छक्का प्रहार गरेर काँग्रेसीलाई उत्साहित पारेका छन् । र, क्रिजमा टिकेर अझै चौका र छक्काका वर्षा गर्न सक्ने सन्देश समेत दिएका छन् । किनकि आसन्न प्रदेश र प्रतिनिधिसभामा निर्वाचनमा काँग्रेसलाई जिताउन उनको काँधमा अर्को ठूलो जिम्मेवारी र चुनौति दुवै छ । त्यसैले उनलाई अझै लामो पारी खेल्नुछ ।

‘अव हाम्रो सम्पूर्ण ध्यान प्रदेश र प्रतिनिधिसभा चुनावमा केन्द्रित हुन्छ,' उनले भने–‘जसरी स्थानीय तहमा तल्लो कमिटीदेखि माथिल्लो कमिटीका नेता तथा कार्यकर्ताहरु खटिएर परिणाम ल्याउनुभयो, त्यसैगरी प्रदेश र संघमा पनि ल्याउनुपर्छ ।’ उनले स्थानीय तहको निर्वाचनमा काँग्रेस जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मतदाता, ग्रामीण क्षेत्रमा खटिएर काम गर्ने पार्टीका कार्यकर्ता, गाउँ, नगर, क्षेत्र, जिल्लामा रहेर अहोरात्र खटिका नेता तथा कार्यकर्ताप्रति आभार प्रकट गरेका छन् । ‘जीत होस् वा हार स्वभाविकरुपमा नेतृत्वमा बस्दा उसैले जिम्मेवारी लिनुपर्छ, उनले भने–‘यो जित मेरो मात्र होइन सम्पूर्ण काँग्रेस जन–जनको हो ।’


प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  १६:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
जेनजी आन्दोलनका शहिदहरुको सम्झनामा कांग्रेस बाँकेद्वारा दीप प्रज्वलन
जेनजी आन्दोलनका शहिदहरुको सम्झनामा कांग्रेस बाँकेद्वारा दीप प्रज्वलन
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP