Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज १६, २०८० युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • नरैनापुरमा नामका लागि मात्र दर्ता भएका मदरसालाई खारेज गरिने
नरैनापुरमा नामका लागि मात्र दर्ता भएका मदरसालाई खारेज गरिने
बागेश्वरी पोस्ट
मंगलबार, चैत २८, २०७९ बागेश्वरी पोस्ट
नरैनापुरमा नामका लागि मात्र दर्ता भएका मदरसालाई खारेज गरिने

Prabhat+2

नरैनापुर (बाँके) ।  ‘समयमै भर्ना, समयमै ज्ञानः गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ शुक्रबारदेखि नरैनापुर गाउँपालिकाको छ वटै वडामा एकैसाथ विद्यार्थी भर्ना अभियान शुरु हुने भएको छ । नरैनापुर गाउँपालिकाको शिक्षा शाखामार्फत विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउने उद्देश्यका साथ विद्यार्थी भर्ना अभियान शुरु गर्न लागिएको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताए ।

आज शिक्षा समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष शाहले विद्यालय भर्ना अभियानमा विद्यार्थीहरुको सहभागिता उत्साहजनक भएपनि असार नलाग्दै पुनः विद्यालय भन्दा बाहिर जाने गरेकोले विद्यार्थीहरुलाई टिकाउने गरी योजना बनाएर अगाडि बढ्न शिक्षा समितिलाई निर्देशन दिए । अध्यक्ष शाहले नामका लागि मात्र दर्ता भएका मदरसाहरुलाई खारेज गर्ने बताए । नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जुनसुकै बहानामा विद्यार्थीहरुले बीचमै बिद्यालय छोड्नु राम्रो नभएको भन्दै यसका लागि सम्बन्धित बिद्यालय र अभिभावकलाई गम्भीर बन्न आग्रह गरे । उनले विद्यार्थी टिकाउन र गुणस्तरीय शिक्षा दिन नसक्ने विद्यालयलाई कारवाही गर्ने बताए ।

योजना शाखा प्रमुख प्रकाश अधिकारीले लोक सेवाबाट आएका शिक्षकहरुलाई मनपरी सहमतिपत्र दिने काम बन्द गरी शिक्षाको गुणस्तर सुधार गर्नतर्फ केन्द्रित हुन बिद्यालयका प्रधानाध्यपकहरुलाई आग्रह गरे । शिक्षा शाखा प्रमुख कृष्ण थारुले विद्यालय जाने उमेर समूहका कोही बालबालिका पनि विद्यालय जानबाट बञ्चित हुन नपरोस् भन्दै भव्यरुपमा घरदैलो अभियान संचालन गर्न आग्रह गरे । शिक्षा शाखा प्रमुख थारुले मदरसा शिक्षालाई गाउँपालिकाले व्यवस्थित गर्ने तयारी गरेको बताउँदै २०८० को भर्ना अभियानमा असफल हुने मदरसा र विद्यालयलाई नियमानुसार कारवाही गर्ने बताए । शिक्षा समितिका सदस्य एवं गाउँपालिका अध्यक्षका स्वकीय सचिव बिरजेन्द्र यादवले शिक्षा क्षेत्रमा हुने राजनीतिलाई अन्त्य गरी गुणस्तरीय शिक्षा प्रदान गर्नतर्फ केन्द्रित हुन सुझाव दिए । 


प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९, २०:५५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शिक्षालाई प्राथमिकतामा राखेर अघि बढ्दै राप्तीसोनारी
शिक्षालाई प्राथमिकतामा राखेर अघि बढ्दै राप्तीसोनारी
नेपालगन्जका विद्यालयहरुमा भोलि विदा
नेपालगन्जका विद्यालयहरुमा भोलि विदा
दुर्गमको एउटै विद्यालयमा साढे ३० वर्ष बिताउँदा....
दुर्गमको एउटै विद्यालयमा साढे ३० वर्ष बिताउँदा....
शिक्षकहरुको आन्दोलन फिर्ता
शिक्षकहरुको आन्दोलन फिर्ता
Kohalpur nagarpalika narainapur ashoj
rapti-2
निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP