prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेपालगञ्ज नगर हाँक्ने दौडमा कांग्रेसका तीन युवा
नेपालगञ्ज नगर हाँक्ने दौडमा कांग्रेसका तीन युवा
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असोज ३, २०७८ बागेश्वरी पोस्ट
नेपालगञ्ज नगर हाँक्ने दौडमा कांग्रेसका तीन युवा
प्रशान्त विष्ट, उमा थापा मगर र विनोद रिजाल

नेपालगञ्ज । लुम्बिनी प्रदेशको प्रमुख नगर नेपालगञ्जमा कांग्रेसको भावी नेतृत्वका बारेमा चर्चा चुलिँदो छ । विभिन्न अड्कलबाजी बीच कांग्रेसजनसंगै शुभचिन्तकहरु चासो व्यक्त गर्दै 'चिया गफ'मा नेपालगञ्जलाई केन्द्रमा राखेर गफिन थालेको धेरै दिन भइसक्यो । क्रियाशील सदस्यता विवादले अधिवेशनको सुनिश्चितता नहुँदा आकांक्षीहरुले मुख नखोले पनि कुनै न कुनै रुपमा उनीहरुको मनसाय प्रकट भइरहेको छ ।

nepalgunj 081-082

नेपालगञ्ज उपमहानगरपालिकाका वर्तमान नगर सभापति प्रशान्त विष्ट, नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर र नेपाल तरुण दल बाँकेका सचिव विनोद रिजालबीच प्रतिष्पर्धा हुने देखिएको छ । 

पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको गृहनगर भएर पनि 'विरासत बोकेको' नगरका रुपमा चित्रित नेपालगञ्ज उपमहानगरपालिकामा तीन जना चर्चित युवा नेताहरुको चर्चा छ । उनीहरुले उम्मेदवारी दिने अनौपचारिकरुपमा बताइसकेका छन् । साथीभाई, शुभचिन्तक र पार्टीपंक्तिमा उनीहरुको चर्चा व्यापक छ । नेपालगञ्ज उपमहानगरपालिकाका वर्तमान नगर सभापति प्रशान्त विष्ट, नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर र नेपाल तरुण दल बाँकेका सचिव विनोद रिजालबीच प्रतिष्पर्धा हुने देखिएको छ । 

नेपालगञ्जका यी चर्चित तीन अनुहार आमनेसामने हुने अवस्था देखिँदा प्रतिष्पर्धा निकै रोचक हुने अनुमान कांग्रेस कार्यकर्ताले गरेका छन् । विगत १० बर्षदेखि नेपालगञ्ज नगर सभापतिका रुपमा काम गरिरहेका विष्ट, नेपालगञ्ज उपमहानगरपालिकामा उपमेयरका रुपमा काम गरिरहेकी थापा मगर र तरुण दलमा सक्रिय रिजालले नगर सभापतिमा उम्मदवारी दिने तयारी गरेका हुन् । कांग्रेसभित्रको समूहगत निकटका हिसाबले थापा मगर संस्थापन इतर समूहकी हुन् भने विष्ट र रिजाल संस्थापन समूहसंग नजिक छन् । 

नगर सभापति लड्न कांग्रेसको वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि बनेर आउनुपर्ने भएकाले पनि अहिले नै परिस्थिति परिपक्व नबनेको अवस्थामा अनुमान बेगरको 'सिन' पनि देखिन सक्ने सम्भावना भने कायमै छ ।

उपमेयर थापा मगरलाई संस्थापन इतर समूहबाट निर्विकल्प उम्मेदवारका रुपमा हेरिएको छ भने विष्ट र रिजाल एउटै समूहका भएकाले दुबै जना प्रतिष्पर्धामा उत्रिन्छन् वा एकले अर्कोलाई सघाउँछन्, यो अनुत्तरित छ । दुबैले सभापतिमै चुनाव लड्ने दृढता र अडान छाडेका छैनन् । एकले अर्कोलाई नछोड्ने अवस्थामा थापा मगरलाई यसको लाभ पुग्ने कांग्रेस बृत्तमा चर्चा छ । नगर सभापतिलाई भावी मेयरका रुपमा पनि हेरिने भएकाले चासोका साथ हेरिएको छ । 

नगर सभापति लड्न कांग्रेसको वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि बनेर आउनुपर्ने भएकाले पनि अहिले नै परिस्थिति परिपक्व नबनेको अवस्थामा अनुमान बेगरको 'सिन' पनि देखिन सक्ने सम्भावना भने कायमै छ । भोलिका दिनमा वडा अधिवेशनपछि आकांक्षीहरु अझै बढ्ने अवस्था पनि आउन सक्ने स्थानीय कांग्रेस नेताहरु बताउँछन् । यद्यपि मूलरुपमा नेपालगञ्ज नगर सभापतिका रुपमा यी तीनै अनुहारलाई हेरिएको छ । कांग्रेसले गाउँ/नगर अधिवेशन असोज ९ गते तोकेको छ । तर, असोज ५ गतेको वडा अधिवेशन नै प्रभावित हुने निश्चित जस्तै भएकाले नगर अधिवेशन पनि सर्ने देखिन्छ । 


प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  १३:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
Nepalgunj metro _nabin duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP