Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँकेमा तरुण दल अध्यक्ष केसीमाथि युवा संघको आक्रमण
बाँकेमा तरुण दल अध्यक्ष केसीमाथि युवा संघको आक्रमण
RSG-2
दोषीलाई कारबाही नगरे कडा आन्दोलनको चेतावनी
बागेश्वरी पोस्ट
शनिबार, माघ १७, २०७७ बागेश्वरी पोस्ट
बाँकेमा तरुण दल अध्यक्ष केसीमाथि युवा संघको आक्रमण
घाइते अध्यक्ष केसी

नेपालगन्ज । नेपाल तरुण दल राप्तीसोनारी गाउँपालिका बाँकेका अध्यक्ष कुलबहादुर केसीमाथि नेपाल कम्युनिस्ट पार्टी(नेकपा) निकट युवा संघका कार्यकर्ताले आक्रमण गरेका छन् ।

युवा संघ राप्तीसोनारी अध्यक्ष समेत रहेका "समीर" भनिने सरोज विस्टको नेतृत्वमा आएका सनम भनिने सन्दिप विस्ट, सुनिल परियार, दिलिप डांँगीसहित ८/९ जनाको समुहले आक्रमण गरेको हो । राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मदुईस्थित आफ्नै गाउँमा आफन्तको जन्मदिन कार्यक्रममा सहभागी भएर घर फर्किने क्रममा गएराती पौने ११ बजेतिर आफुमाथि आक्रमण भएको केसीले बताएका छन् ।

आफुमाथि एक्कासी आक्रमण भएको र आक्रमण गर्नुको कारण थाहा नभएको उनले बताए । सो समुहले प्रहार गरेको दाउराले शरीरमा भित्री चोट लागेको र आफू भागेर ज्यान जोगाउन सफल भएको घाइते केसीको भनाई छ । घटना सार्बजनिक गरेमा बाबु र छोराको ज्यान लिने धम्की समेत दिएको घाइते केसीले बताए । केसीलाई छुटाउन गएका स्थानीय टिकाराम ओलीलाई समेत उक्त समूहले निर्घात कुटेको बताइएको छ ।

आक्रमणमा सम्लग्न व्यक्ति फरार रहेको र उनीहरूलाई स्थानीय प्रहरीले नै भगाएको तरुण दलको आरोप छ । उक्त समूहले राप्ती सोनारी क्षेत्रबाट काट तस्करीका साथै नदी तथा खोलामा आफ्नो रजाइँ गर्दै आएको छ । अबैध कार्यको बिरोध गर्ने ब्यक्तिलाई उनीहरूले पटक-पटक कुटपिट, आक्रमण तथा धम्की दिने गरेका छन् । समिरका विरुद्ध यसअघि प्रहरी कार्यालयमा तीन/चार वटा मुद्दा दर्ता भसकेका छन । घाइते केसीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।

यता राप्ती सोनारी तरुण दल अध्यक्षमाथी भएको आक्रमणको नेपाल तरुण बाँकेले घोर निन्दा गरेको छ। तरुण दल बाँकेका अध्यक्ष बिरेन्द्र बहादुर शाहले तत्काल दोषीहरुलाई पक्राउ गरि कानुनी दायरामा ल्याउने पर्ने बताएका छन् ।

यो घटनालाई लिएर प्रहरीले गम्भीरताका साथ हेरी दोषीलाई कडा कारबाहीको कदम चाल्नै पर्छ, यदि प्रहरीले यो घटनाका दोषीलाई पक्राउ नगरेमा कडा आन्दोलन गरिने अध्यक्ष शाहले चेतावनी दिएका छन् ।

प्रहरी चौकी कचनापुरका इन्चार्ज प्रहरी सहायक निरीक्षक हुमबहादुर बिकले आक्रमणमा सम्लग्न व्यक्तिहरु पत्ता नलागेको बताएका छन् । यस बारेमा इलाका प्रहरी कार्यालय कोहलपुरले थप अनुसन्धान गरिरहेको बिकले जानकारी दिएका छन् ।


प्रकाशित मिति: शनिबार, माघ १७, २०७७  १३:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पश्चिम नवलपरासी सशस्त्र र प्रहरीको अपरेसन: १ करोड १४ लाख बढीका सामानसहित गाडी नियन्त्रणमा 
पश्चिम नवलपरासी सशस्त्र र प्रहरीको अपरेसन: १ करोड १४ लाख बढीका सामानसहित गाडी नियन्त्रणमा 
सशस्त्र प्रहरीमा खुल्यो ६६६ जनाका लागि आवेदन (सूचनासहित)
सशस्त्र प्रहरीमा खुल्यो ६६६ जनाका लागि आवेदन (सूचनासहित)
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP