prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँके प्रहरीलाई काम देखाउन मात्र हतार ! गलत मुचुल्का बनाई सर्वसाधारणलाई फसाउने ?
बाँके प्रहरीलाई काम देखाउन मात्र हतार ! गलत मुचुल्का बनाई सर्वसाधारणलाई फसाउने ?
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक १५, २०७७ बागेश्वरी पोस्ट
बाँके प्रहरीलाई काम देखाउन मात्र हतार ! गलत मुचुल्का बनाई सर्वसाधारणलाई फसाउने ?

नेपालगञ्ज । बुधबार राति नेपालगञ्ज बसपार्क क्षेत्रबाट बाँके प्रहरीले १० जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गर्न सफल भयो ।

paribartan 1

विश्वासिलो सूचनाका आधारमा जुवा खालमा छापा मारेको प्रहरीले झण्डै ३० लाख नगद पनि बरामद गर्न सफल भयो । जुवा रोक्न असफल भइरहेको आरोप खेपेको बाँके प्रहरीलाई यो एउटा घटनाले जुवा विरुद्ध बाँके प्रहरी आक्रामक छ भन्ने सन्देश दियो । सबैतिर बाँके प्रहरीको वाहवाही भयो । तर, घटना कसरी उजागर भयो, सम्भवतः जिल्लामा अहिलेसम्मकै ठूलो जुवाखालमा प्रहरीले कसरी छापा मा¥यो, यो साँच्चिकै जुवा विरुद्धको अपरेशन नै थियो वा तालमेल नमिलेर, बाहिर चर्चा भएझैं सेटिङ्ग नमिलेर यो सब भयो भन्ने हल्लाहरु कति सत्य हुन् भन्ने भेद त खुल्दै गर्ला ।

लाखौको जुवा खेलिरहेको अवस्थामा पक्राउ परेकालाई जुवा ऐन अनुसार कानुनी कारवाहीको पाटो त अघि बढेकै होला तर जुवाडेलाई बाँके प्रहरीले आतंककारी झैं व्यवहार गरिरहेको पक्राउ परेर हिरासतमा रहेकाहरुका परिवारजन तथा आफन्तहरुले गुनासो गरेका छन् ।

“बाँके प्रहरीको यो कस्तो दादागिरी हो, नियमित खाने औषधि दिनलाई भेट्न खोज्दा पनि शुक्रवार साँझ प्रहरीले घन्टौ भेट्न दिएन, जुवाखालबाट पक्राउ परेकालाई आतंककारी जस्तो व्यवहार गरेर हामीलाई भेट्न दिइएन,” एक जना आफन्त झनक बस्नेतले भने–“कानुन अनुसार कारवाही गर्ने पाटो त छँदैछ, परिवारका सदस्यले भेट्न खोज्दा, खाना दिन खोज्दा अनिबार्य क्यान्टिनको खाना खानुपर्छ भन्ने, नियमितरुपमा नखाई नहुने औषधि दिनुछ भन्दा पनि प्रहरीले लामो समयसम्म भेट्न नदिनु यो कस्तो दादागिरी हो, मानव अधिकारको संरक्षण गर्ने भूमिकामा रहेको प्रहरी स्वयम् यसको हनन् गर्दैछ ,” बस्नेतले भने।

बाँके प्रहरीले पछिल्लो समय कानुन विपरितका काम गर्नेहरु वा अपराध कर्ममा रहेकाहरुलाई धमाधम पक्राउ गरिरहेको देखिएपनि सामान्य मानिसहरुलाई अनावश्यक दुःख दिँदै आफनो काम देखाउने प्रबृत्तिमा लागेको देखिन्छ ।

गत असोज २१ गते नेपालगञ्जको बसपार्कबाट राप्तीसोनारी ७ स्थित आफ्नो पसलका लागि ३ बोरा केराउ लैजाँदै गरेका एक स्थानीय व्यापारीलाई बाँके प्रहरीले जबर्जस्त तस्कर बनाएको खुलेको छ ।

पसलमा विक्रि गर्नका लागि केराउ लैजाँदै गरेका स्थानीय ती व्यापारीसंग ड्युटीमा रहेका प्रहरीले डुडुवाको वडा नम्बर ४ कम्दी मिलनचोकमा रोकेर एक हजार रुपैयाँ मागेका थिए । ती व्यापारीले पैसा नदिएपछि बाँके प्रहरीले नाटकीयरुपमा उनलाई फसायो । भारतबाट भन्सार छली गरेर उक्त केराउ ल्याएको मुचुल्का उठाई उनलाई जबर्जस्त ल्याप्चे लाउन लगाइयो । उनले भने–“मलाई प्रहरीले तस्कर बनायो, एक हजार रुपैयाँ नदिनु मेरो अपराध भयो,” उनले भने–“म जस्ता सर्वसाधारणलाई प्रहरीले धेरै दुःख दिने गरेको छ, हामीलाई अपराधी जस्तो व्यवहार गरिन्छ ।” जवकि नेपालगञ्जबाट विभिन्न नाका हुँदै भारततर्फ केराउ तस्करी हुने गर्दछ, एउटा निर्दोष व्यक्तिलाई फसाउन गलत मुचुल्का उठाई प्रहरीले आफ्नो चरित्र उदांगो पारेको छ ।

बाँकेको कमाण्ड सम्हालेका प्रहरी प्रमुख ओमबहादुर रानाले तथ्यांक र प्रचारबाजीले आफूलाई अब्बल प्रहरी अधिकृतका रुपमा दर्ज गर्न भगिरथ पर्यत्न गरिरहे पनि कुरा गर्दागर्दै धोती फुस्केको थाहा नपाउने भने झैं यस्ता घटनाले नेपाल प्रहरीको छविमा के असर गरिरहेको छ भन्ने कुरा बुझ्न ढिला गर्न नहुने बाँके प्रहरीको गतिविधिलाई नजिकबाट नियालिरहेकाहरु बताउँछन्।


प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०७७  २१:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कपडा तथा सिलाई व्यवसायी संघले प्रशासनसंगै स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र
कपडा तथा सिलाई व्यवसायी संघले प्रशासनसंगै स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र
आज मुस्लिम समुदायको मोहर्रम पर्व, ताजिया विसर्जन गरिँदै
आज मुस्लिम समुदायको मोहर्रम पर्व, ताजिया विसर्जन गरिँदै
नयाँ मिडियालाई आमसञ्चारको माध्यमको रुपमा स्वीकार गर्नुको विकल्प छैनः धर्मेन्द्र झा
नयाँ मिडियालाई आमसञ्चारको माध्यमको रुपमा स्वीकार गर्नुको विकल्प छैनः धर्मेन्द्र झा
कोहलपुर टुडेले मनायो तेस्रो बार्षिकोत्सब, स्मारिका पनि विमोचन
कोहलपुर टुडेले मनायो तेस्रो बार्षिकोत्सब, स्मारिका पनि विमोचन
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP