नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • सशस्त्र प्रहरी पुगेपछि सीमा नाकामा स्थानीय ढुक्क
सशस्त्र प्रहरी पुगेपछि सीमा नाकामा स्थानीय ढुक्क
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, पुस १४, २०७९ बागेश्वरी पोस्ट
सशस्त्र प्रहरी पुगेपछि सीमा नाकामा स्थानीय ढुक्क
फाइल फोटो

नेपालगन्ज । अप्ठेरो भूगोल, थेग्नै नसक्ने जाडो र न्यून मानव बस्ती भएका उच्च पहाडी र हिमाली क्षेत्रमा नेपाल सरकारको उपस्थिति नहुँदा यहाँका नागरिकले छिमेकी मुलुकका सुरक्षाकर्मीबाट थिचोमिचो सहनुका साथै वन्यजन्तु तथा जडीबुटी चोरी सिकारी हुँदा पनि बोल्न सक्ने अवस्था थिएन । 

अहिले भारतको पश्चिम बंगाल र सिक्किमसँग सिमाना जोडिएका विभिन्न स्थानमा सीमा सुरक्षा बल (बीओपी) स्थापनासँगै त्यस क्षेत्रका नागरिक ढुक्क भएका हुन् । ‘बोर्डर आउट पोस्ट नहुँदासम्म यस क्षेत्रको नेपाली भूमिमै पनि हिँड्डल गर्न सहज थिएन, सिक्किम र भारततर्फबाट आएकाले आँखै अगाडि जडीबुटी भेला पारेर लैजान्थे, सशस्त्र प्रहरीले निरन्तर गस्ती गर्न थालेपछि त्यो बन्द भएको छ’, याङवरक–१ का तेजबहादुर बेघाले भने ।

भारतीय सुरक्षाकर्मीको एकतर्फी निगरानी, वन्यजन्तु र जडीबुटीसँगै गोठमै पालेका बस्तु हराउँदा यी र यस्तै समस्या सहेर बसेका यस क्षेत्रका नागरिक अहिले राम्ररी सुत्न पाएको उनले बताए  । चिवाभन्ज्याङ, भैंसे, फालौट र तोरीफुलेमा २०७७ मा बीओपी स्थापना गरिएका हुन । सीमा सुरक्षा बलले नियमित गस्तीसँगै सीमास्तम्भको निगरानी गर्दै आएको छ । भारततर्फ प्रत्येक तीन किलोमिटर दूरीमा सीमा सुरक्षाबल (एसएसबी) राखिए पनि पूर्वी नेपालको पाँचथर खण्डमा मात्र चार वटा बीओपी छ ।

प्रतिबीओपी १७ जनाको दरमा जनशक्ति छ । सशस्त्र प्रहरीले एक बीओपी बराबर झन्डै ३० किलोमिटर क्षेत्र सीमाको सुरक्षा गर्नुपर्छ । ‘सातामा एक पटक सबै पिल्लर भएका स्थानसम्म गस्ती गर्छौं, भारतीय सुरक्षाकर्मीसँगको सहकार्यमा दुई देशीय सीमा स्तम्भको निरीक्षण पनि भइरहन्छ, गस्तीका क्रममा आ–आफ्नो रुटमा पर्ने सबै गोठमा पसेर हालखबर सोध्छौं, उहाँहरूबाट पनि राम्रो सहयोग मिलेको छ,’ चिवाभन्ज्याङ बीओपीका प्रमुख गंगा पाण्डेले भने । 

‘सीमावर्ती क्षेत्रमा बीओपी नबसुन्जेलसम्म त्यस क्षेत्रका चौंरी गोठबाट गाईबाच्छा हराउने, पाखन्वेत, हड्चुर र बुढो ओखत जस्ता जडीबुटी र रेडपान्डा जस्ता दुर्लभ वन्यजन्तुका चोरी निकासी हुन्थ्यो, भारततर्फबाट अवैध सिक्किमे रम खुलेआम आयात हुन्थ्यो, अहिले ती सबै बन्द भए, ढुक्क छ,’ विष्णु मावि च्याङथापुका शिक्षकसमेत रहेका तिलचन अधिकारी भन्छन् ।

सडक सञ्जाल नहुँदा यत्तिका विकट क्षेत्रमा उनीहरू पैदल यात्राबाटै सीमावर्ती क्षेत्रको सुरक्षामा खटिन्छन् । केही महिना बाटामा हिउँ र तुसारो जम्छ । वर्षाका ६ महिना पुरै सडक अवरुद्ध हुन्छ । त्यो बेलाका लागि अग्रिम खानेकुराको भण्डारण गर्नुपर्ने बाध्यता बीओपीसँग छ । कान्तिपुरबाट


प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  ११:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खैरो हेरोइनसहित बाँकेबाट एक युवतीसहित तीन जना पक्राउ, २ लाख २५ हजार नगद बरामद 
खैरो हेरोइनसहित बाँकेबाट एक युवतीसहित तीन जना पक्राउ, २ लाख २५ हजार नगद बरामद 
करिब डेढ महिनादेखि कोहलपुरमा चलेको अनलाइन सट्टेबाजी, प्रहरीले छापा मारेपछि खुल्यो रहस्य, ४८ पक्राउ
करिब डेढ महिनादेखि कोहलपुरमा चलेको अनलाइन सट्टेबाजी, प्रहरीले छापा मारेपछि खुल्यो रहस्य, ४८ पक्राउ
नेपालगन्जमा ४ राउण्ड हवाई फायर, १०३ ग्राम बढी खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ
नेपालगन्जमा ४ राउण्ड हवाई फायर, १०३ ग्राम बढी खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ
भदौमा बाँके प्रहरीको कारबाही: लागूऔषधतर्फ ६१ पक्राउ, १५२ मुद्दा दर्ता हुँदा १३७ प्रतिवादी नियन्त्रणमा
भदौमा बाँके प्रहरीको कारबाही: लागूऔषधतर्फ ६१ पक्राउ, १५२ मुद्दा दर्ता हुँदा १३७ प्रतिवादी नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP