नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • निर्भया बलात्कार काण्डः अभियुक्तलाई फाँसीमा नचढाउन अदालतको आदेश
निर्भया बलात्कार काण्डः अभियुक्तलाई फाँसीमा नचढाउन अदालतको आदेश
एजेन्सी
बिहीबार, माघ २, २०७६ एजेन्सी
निर्भया बलात्कार काण्डः अभियुक्तलाई फाँसीमा नचढाउन अदालतको आदेश

एजेन्सी । दिल्लीको पटियाला हाउस कोर्टले निर्भया सामूहिक बलात्कारका दोषीलाई सुनाइएको मृत्युदण्डको सजायमाथि ‘स्टे अर्डर’ जारी गरेको छ । अदालतको उक्त आदेशपछि सामूहिक बलात्कारका ४ जना दोषीले यही जनवरी २२ गते फाँसी नपाउने भएका छन् ।

पटियाला हाउस कोर्टले निर्भया केसका एक अभियुक्त मुकेश सिंहको याचिकामाथि सुनाइ गर्ने क्रममा ‘स्टे अर्डर’ सुनाएको हो । यसको अर्थ चारैजना दोषीलाई २२ जनवरीमा फाँसीको फन्दामा नचढाइने भएको हो । अदालतले जेलका अधिकारीलाई २२ गते फाँसी नदिन भन्दै आदेश जारी गरेको छ ।

‘स्टे अर्डर’पछि कानुन अनुसार जेलका अधिकारीले अदालत तथा राज्य सरकारलाई दया याचिका दायर भएको र फाँसीको सजायलाई स्थगित गरिएको भनेर सूचित गर्नु पर्नेछ । साथै जेलका अधिकारीहरुले जबसम्म राष्ट्रपतिद्वारा यसबारे निर्णय हुँदैन तबसम्म दोषीलाई फाँसीमा चढाइदैन भनेर समेत रिपोर्ट पेश गर्नपर्नेछ । चारैजना दोषीविरुद्ध गत पुस २२ गते डेथ वारेन्ट जारी गरिएको थियो । चारैजनालाई जनवरी २२ गते बिहान सात बजे फाँसी दिइने गरी उक्त वारेन्ट जारी गरिएको थियो । 

दोषीहरुलाई ८ वर्षअघि दिल्लीमा भएको एक बलात्कार काण्डमा फाँसीको सजाय सुनाइएको हो । निर्भया काण्डमा अक्षय, मुकेश, विनय र पवनलाई यस अघि नै फाँसीको सजाय सुनाइएको थियो । सन् २०१२ डिसेम्बर १६ गते वर्षीया ज्योति सिंहमाथि सामूहिक बलात्कार भएको थियो । आफ्ना साथी अविन्द्र प्रताप पाण्डेसँगै फिल्म हेरेर फर्किने क्रममा उनलाई एक समूहले बलात्कार गरेको थियो ।

बलात्कार भएको १३ दिनपछि सिंहको मृत्यु भएको थियो । ज्योति र अविन्द्र राति ९ः४५ बजे बस चढेर घर फर्कँदै गर्दा बसमा रहेका ४ जनाले ज्योतिलाई बलात्कार गरेका थिए । बस चढेपछि बसमा रहेका ४ जनासँग अविन्द्रको भनाभन भएको थियो । भनाभनपछि अविन्द्रलाई उक्त समूह (दोषीहरु) ले कुटेर बेहोस बनाएका थिए । त्यसपछि ज्योतिलाई बसको पछाडि लगेर सामूहिक बलात्कार गरेका थिए । अभियुक्तहरूले बेहोसका ज्योति र अविन्द्रलाई चलिरहेको बसबाट बाहिर सडकमा फालेका थिए । उक्त घटनामा गम्भीर घाइते भएका अविन्द्र भने बाँच्न सफल भएका थिए तर उपचारका क्रममा ज्योतिको मृत्यु भएको थियो ।


प्रकाशित मिति: बिहीबार, माघ २, २०७६  १७:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP