prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • अमेरिकाले कुद्स फोर्सका नयाँ कमाण्डर मार्ने धम्की दिएपछि रुस र इरानको आपत्ति
अमेरिकाले कुद्स फोर्सका नयाँ कमाण्डर मार्ने धम्की दिएपछि रुस र इरानको आपत्ति
RSG-2
एजेन्सी
शुक्रबार, माघ १०, २०७६ एजेन्सी
अमेरिकाले कुद्स फोर्सका नयाँ कमाण्डर मार्ने धम्की दिएपछि रुस र इरानको आपत्ति
कुद्स फोर्सका कमाण्डर इस्माइल गानी

एजेन्सी । रुस र इरानले कुद्स फोर्सका नयाँ कमाण्डरको हत्या गर्ने अमेरिकी धम्कीको कडा शब्दमा निन्दा गरेका छन् ।

अमेरिकी धम्कीलाई इरानको विदेश मन्त्रालयले ‘आतंकवाद’को संज्ञा दिएको छ । विदेश मन्त्रालयका प्रवक्ता सेयद अब्बास मोसाभीले हालै अमेरिकी प्रतिनिधि ब्रायन हुकले कुर्स फोर्सका नयाँ कमाण्डर मारिन सक्ने भनेर दिएको धम्कीलाई ‘राज्यले गर्ने आतंकवादको प्रचार’ भनेका छन् ।

‘अमेरिकी विदेश मन्त्रालयका अधिकारीको भनाइबाट अमेरिकी आतंकवादको भद्दा प्रदर्शन र प्रचार भएको छ’, मोसाभीले भने, ‘सरकार र सरकारी फौजलाई आतंकवादको लागि प्रयोग गर्ने मुलुकमा इजरालयपछि हालको अमेरिकी प्रशासन देखिएको छ ।’

आतंकवादको सहारा लिने अभिव्यक्तिबाट अमेरिका कमजोर, निराश र अलमलमा परेको प्रस्ट भएको समेत मोसाभीले बताए ।

त्यस्तै हुकको भनाइलाई रुसले समेत आलोचना गरेको छ । रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले हुकको भनाइ आफ्नो मुलुकलाई अस्वीकार्य हुने बताइन् ।

‘म पुनः भन्न चाहन्छु- हामीलाई त्यस खालको अभिव्यक्ति अस्वीकार्य छ । अधिकार र नियमविरुद्ध विश्वका कुनै पनि मुलुकले त्यस खालका अभिव्यक्ति दिन मिल्दैन’, रुसी समाचार माध्यमले स्पुटनिकले जाखारोभालाई उदृत गर्दै भनेको छ ।

बिहीबार अमेरिकी विदेश मन्त्रालयका वरिष्ठ अधिकारी तथा इरानका लागि अमेरिकी विशेष प्रतिनिधि ब्रायन हुकले कुद्स फोर्सका नयाँ कमाण्डर इस्माइल गानीलाई हत्या गर्ने चेतावनी दिएका थिए ।

हुकले अशर्क अल अवत पत्रिकासँग डाभोसमा कुराकानी गर्दै गानीले अमेरिकी नागरिकको ज्यान लिएमा उनको हालत पनि सुलेमानीको जस्तै हुने बताएका थिए ।

‘यदि गानीले पनि अमेरिकीलाई मार्ने नीति अबलम्बन गरे भने उनको हालत पनि उस्तै हुनेछ’, हुकले भने । ‘अमेरिकी नागरिक वा अमेरिकी स्वार्थमाथि हुने हमलाको कडा जवाफ दिइनेछ’, राष्ट्रपति टम्पको नीतितर्फ संकेत गर्दै उनले थपे, ‘यो कुनै नयाँ धम्की होइन । अमेरिकी स्वार्थ रक्षा गर्नका लागि निर्णायक कमद चालिने भनेर राष्ट्रपतिले प्रस्ट रुपमा भनिसकेका छन् ।’

अमेरिकाले आफ्ना नागरिक र राष्ट्रिय स्वार्थमा खतरा उत्पन्न गराएको भन्दै यही जनवरी ३ मा ड्रोन हमला गरी इरानका वरिष्ट जनरल तथा कुद्स फोर्सका तत्कालीन प्रमुख कासिम सुलेमानीको हत्या गरेको थियो ।


प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  २०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP