prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • ट्रम्पद्वारा अल कायदाका नेता अल रिमी मारिएको पुष्टि
ट्रम्पद्वारा अल कायदाका नेता अल रिमी मारिएको पुष्टि
RSG-2
एजेन्सी
शुक्रबार, माघ २४, २०७६ एजेन्सी
ट्रम्पद्वारा अल कायदाका नेता अल रिमी मारिएको पुष्टि

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अरेबियन प्रायद्धीपमा सक्रिय अल कायदाका प्रमुख नेता मारिएको पुष्टि गरेका छन् ।

ट्रम्पले अरेबियन प्रायद्धीपका अल कायदा नेता कासिम अल रिमी मारिएको पुष्टि गरेका हुन् । अमेरिकी सेनाले गरेको प्रतिआतंकवादी कारबाहीमा अल रिमी मारिएको ट्रम्पले बताए ।

तर ट्रम्पले कहाँ र कसरी अल रिमीलाई मारिएको थियो भनेर केही खुलाएका छैनन् । अल रिमी अरेबियन प्रायद्धीपमा सक्रिय अल कायदाका संस्थापक नेता हुन् ।

उक्त क्षेत्रमा सक्रिय अल कायदाले गत वर्षको डिसेम्बर ६ मा फ्लोरिडास्थित अमेरिकी नौसेनाको एक शिविरमा भएको आक्रमणको जिम्मा लिएको छ । एक साउदी प्रशिक्षार्थी पाइलटले उक्त शिबिरमा गोली चलाउँदा ३ जना अमेरिकी सेलर (पानीजहाज चालक) को ज्यान गएको थियो भने ८ जना घाइते भएका थिए ।

अरेबियन प्रायद्धीपमा सक्रिय अल कायदालाई विश्वकै एक खतरनाक आतंकवादी सञ्जाल मानिन्छ । उक्त समूहले अमेरिकी भूमिमा घातक आक्रमणको तयारी र योजना बनाएको अमेरिकी अधिकारीले बताएका छन् ।

अल रिमी मारिएपछि अमेरिका र आफ्ना सहयोगी राष्ट्रहरू सुरक्षित भएको पनि ट्रम्पले बताए । अमेरिका र अमेरिकाका सहयोगीलाई क्षति पुर्‍याउन खोज्ने जो कोहीलाई पनि सखाप बनाउने समेत उनले चेतावनी दिए ।

‘हामीलाई हानि पुर्‍याउन खोज्ने जो कोहीलाई पनि खोजीखोजी सखाप पारेर अमेरिकी नागरिकको निरन्तर रक्षा गर्ने छौं’, ट्रम्पले भने ।

यसअघि जनवरीको सुरुमा अमेरिकी ड्रोन हमलाबाट अलकायदाका लडाकु रहेको पूर्वी यमनस्थित एक भवन ध्वस्त भएको समाचार बाहिर आएको थियो । ट्रम्पले उक्त समाचारलाई बिहीबार पुष्टि गरेका छन् ।

अल रिमीले १८ मिनेट लामो एक भिडियोमा डिसेम्बर ६ मा अमेरिकी नौसेनाको शिविरमा भएको हमला आफ्नो समूहले गरेको बताएका थिए । उनले शिबिरमा गोली चलाउने साउदी अरबका वायु सेनाका प्रशिक्षार्थी अधिकृत मोहम्मद अलशामरानीलाई ‘एक बहादुर नायक’ भनेर प्रशंसा समेत गरेका थिए ।

अलशामरानीले फ्लोरिडाको पेन्साकोला शिविरमा गोली चलाउनुपूर्व ट्विटरमा एक सन्देश पोष्ट गरेका थिए । ‘म शैतानको विरुद्धमा छु र अमेरिका शैतानहरुको भूमिका परिणत भएको छ’, उक्त सन्देशमा लेखिएको थियो, ‘म तिमीहरूलाई घृणा गर्छु किनकि तिमीहरूले हरेक दिन मुस्लिमविरुद्ध मात्रै होइन, मानवताविरुद्ध समेत अपराध गरिरहेका छौं ।’

साथै उक्त सन्देशमा ओसामा बिन लादेनको एक भनाइ समेत राख्दै अलशामरानीले इजरायललाई अमेरिकाले गरेको समर्थनको समेत निन्दा गरेका थिए ।


प्रकाशित मिति: शुक्रबार, माघ २४, २०७६  १३:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP