नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • भारतबिरुद्ध बोल्ने ब्रिटेनकी महिला सांसदलाई नयाँदिल्ली एअरपोर्टमा रोकियो
भारतबिरुद्ध बोल्ने ब्रिटेनकी महिला सांसदलाई नयाँदिल्ली एअरपोर्टमा रोकियो
RSG-2
एजेन्सी
मंगलबार, फागुन ६, २०७६ एजेन्सी
भारतबिरुद्ध बोल्ने ब्रिटेनकी महिला सांसदलाई नयाँदिल्ली एअरपोर्टमा रोकियो

नयाँदिल्ली । ब्रिटेनकी एक महिला सांसदलाई नयाँदिल्ली एअरपोर्टमा रोकिएको छ।

लेबर पार्टीकी सांसद डेबी अब्राहम्सको भिसा रद्द गरिएको भन्दै दिल्ली विमानस्थलमा रोकिएको हो ।भारतले संविधानको अनुच्छेद ३७० हटाएर कश्मीरको विशेष प्रान्तको दर्जा खोसेपछि सांसद अब्राहम्सले भारत सरकारको आलोचना गर्दै आएकी थिइन् ।

अब्राहम्स कश्मीरबारे ब्रिटेनको संसदीय समितिको अध्यक्षसमेत हुन् । उनले दिल्ली विमानस्थलका अधिकारीहरुले भिसा किन रद्द गरियो भन्ने जानकारीसमेत नदिएको बताएकी छन् । अब्राहम्स निजी भ्रमणका लागि भारतमा आएकी थिइन् । उनी इमिरेट्स फ्लाइट्सबाट सोमबार दिल्ली विमानस्थलमा ओर्लिएकी थिइन् ।

लगत्तै अधिकारीहरुले उनको भिसा रद्द गरिएको भन्दै भारत प्रवेशमा रोक लगाएको बीबीसीले जनाएको छ ।

‘अपराधीलाई जस्तो व्यवहार गरियो’

भारतीय अधिकारीहरुले आफूलाई अपराधीलाई जस्तै व्यवहार गरेको भन्दै उनले परिवारका सदस्य र साथीहरुसँग भेट्न दिने विश्वास व्यक्त गरेकी छन् ।

उनले भनेकी छन्, ‘एक अधिकारीले मेरो पासपोर्ट लिए र करिब १० मिनेटसम्म गायब भए । उनी आएपछि अभ्रद रुपमा प्रस्तुत भए र झोक्किँदै मसँग हिँड्न भने ।’ त्यसपछि उनलाई भारतीय अधिकारीहरुले डिपोर्ट सेलमा लगेर राखेका थिए । उनले भनिन्, ‘धेरै अधिकारीहरु म भएको ठाउँमा आए । मैले मेरो भिसा किन रद्द गरियो भनेर सोधें र मैले अनअराइभल भिसा पाउन सक्छु ? भनेर पनि सोधें, तर उनीहरुले कुनै जवाफ दिएनन् ।’

गत वर्ष अगष्ट महिनामा डेबी अब्राहमले तत्कालीन ब्रिटेनकी विदेशमन्त्रीलाई पत्र लेखेर भारतले कश्मीरको विशेष दर्जा खोसेकोमा असन्तुष्टि व्यक्त गरेकी थिइन् । पत्रमा ब्रिटेनको संसदीय दल चिन्तित रहेको र भारत सरकारले कश्मीरका जनतासँग विश्वासघात गरेको उल्लेख थियो ।


प्रकाशित मिति: मंगलबार, फागुन ६, २०७६  ०८:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP