prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
संस्कृति-साहित्य
  • गृहपृष्ठ
  • संस्कृति-साहित्य
  • मध्यपश्चिम स्रष्टा समाजको अध्यक्षमा कवि विपी अस्तु
मध्यपश्चिम स्रष्टा समाजको अध्यक्षमा कवि विपी अस्तु
banijya office
बागेश्वरी पोस्ट
शनिबार, चैत १७, २०८० बागेश्वरी पोस्ट
मध्यपश्चिम स्रष्टा समाजको अध्यक्षमा कवि विपी अस्तु


नेपालगञ्ज । कवि विपी अस्तुको अध्यक्षतामा मध्यपश्चिम स्रष्टा समाज नेपालगञ्जको नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन भएको छ । आज नेपालगन्जमा भएको समाजको पाँचौ साधारण सभाले अस्तुको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सभाले अध्यक्षमा अस्तुसहित सदस्यमा अस्मिता शाह, छत्रपति सिंह, निर्मल सुवेदी, विनोद देवकोटा, जयकेश सिंह, सावित्री गिरी, जहीरुल हक जीनु र भागवत पौडेललाई चयन गरेको निर्वाचन अधिकृत देवीदत्त देवकोटाले जानकारी दिए । 

nepalgunj 081-082

समाजको विधानमा साधारणसभाले अध्यक्ष र सदस्यहरुको चयन गर्ने र पदाधिकारीको चयन अध्यक्षले निर्वाचित सदस्यहरुबाट गर्ने व्यवस्था रहेको छ । मध्यपश्चिम स्रष्टा समाजले नेपालगन्जको इतिहास समेटिएको पुस्तक सद्भावको सहर नेपालगन्ज, प्रेम प्रकाश मल्लको अभिनन्दन ग्रन्थ पीडाको सगरमाथा, सनत रेग्मी सृजन सन्दर्भ, भोजराज शर्मा नादिरको गजल संग्रह अलिअलि मुर्छन्ना अलिअलि होस लगायत दर्जन बढी पुस्तक प्रकाशन गरेको छ भने सृजना साहित्यिक पत्रिका पनि प्रकाशन गर्दै आएको छ । 

समाजले नेपालगन्जमा कविताको एकल वाचन काव्यगन्ज र पुस्तक तथा स्रष्टाहरुसँग साक्षात्कार गर्ने कार्यक्रम विमर्श विन्दु पनि आयोजना गर्ने गर्दछ । अध्यक्ष शुक्रऋषि चौलागाईंको अध्यक्षता र नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य डा. मधुसुदन गिरीको प्रमुख आतिथ्यतामा साधारणसभाको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । 

डा. गिरीले मध्यपश्चिम स्रष्टा समाजले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा नयाँ प्रतिभालाई खोजी गर्ने र योगदान दिइसकेका स्रष्टाहरुलाई यथोचित सम्मान गर्न सुझाव दिए । कार्यक्रमका विशिष्ट अतिथि वरिष्ठ कथाकार सनत रेग्मीले मध्यपश्चिम स्रष्टा समाजले गरेका प्रकाशनहरु अहिले सन्दर्भ सामग्री बनिरहेको उदाहरण दिँदै आगामी दिनमा थप उपयोेगी प्रकाशनहरु गर्न सुझाव दिए । कार्यक्रममा लुम्बिनी प्राविधिक विश्वविद्यालयका सेवा आयोग सदस्य प्रा.डा. कृष्णप्रसाद घिमिरे, प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्यहरु महानन्द ढकाल र शशीराम कार्कीका साथै बाँके बर्दियाका साहित्यिक संस्थाका प्रतिनिधि एवं साहित्यकारहरुले शुभकामना व्यक्त गरेका थिए ।
 


प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  २१:२२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा तारालाल श्रेष्ठको पाँचौं पुस्तक 'साइकल सौन्दर्य' बारे परिचर्चा
नेपालगञ्जमा तारालाल श्रेष्ठको पाँचौं पुस्तक 'साइकल सौन्दर्य' बारे परिचर्चा
'शक्तिपीठ बागेश्वरी पुस्तक' विमोचन
'शक्तिपीठ बागेश्वरी पुस्तक' विमोचन
नेपाली लेखक संघले राष्ट्रिय लेखक पुरस्कार आख्यानकार ध्रुवचन्द्र गौतमलाई दिने
नेपाली लेखक संघले राष्ट्रिय लेखक पुरस्कार आख्यानकार ध्रुवचन्द्र गौतमलाई दिने
आज चैते दसैँ मनाइँदै
आज चैते दसैँ मनाइँदै
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP