prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • प्रहरीलाई मिडियामैत्री बनाउँछौं: बाँके प्रहरी प्रमुख
प्रहरीलाई मिडियामैत्री बनाउँछौं: बाँके प्रहरी प्रमुख
banijya office
बागेश्वरी पोस्ट
आइतबार, वैशाख २, २०८१ बागेश्वरी पोस्ट
प्रहरीलाई मिडियामैत्री बनाउँछौं: बाँके प्रहरी प्रमुख

नेपालगन्ज । बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बाँके प्रहरीलाई मिडियामैत्री बनाउने प्रतिवद्धता जनाएका छन् । जिल्ला प्रहरी बाँकेको प्रमुखका रुपमा केही दिन अघि मात्र सरुवा भएर आएका एसपी कार्कीले नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा मिडियाकर्मीसँग आज गरिएको परिचयात्मक कार्यक्रममा आफ्नो कार्यकाल मिडियामैत्री हुने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

nepalgunj 081-082

एसपी कार्कीले आफ्नो बाँके बसाईँको कार्यकालसम्म मिडियामैत्री  बनाउने बताउँदै प्रहरीसँग भएका सबै सूचना अनुसन्धानमा प्रभाव नपार्ने गरी उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । उनले पत्रकारहरुलाई सूचनाको सुरक्षा गर्न आग्रह पनि गरेका हुन् । साथै जिल्लामा अपराध नियन्त्रणमा शून्य सहनशिलता अवलम्बन गर्ने दृढता जनाउँदै प्रहरीलाई पूर्ण व्यवसायिक बनाउने बताए ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय बाँकेले ८ महिनाको अवधिमा ६४ वटा जघन्य प्रकृतिका मुद्दामध्ये ५४ वटा मुद्दा फच्र्यौट गरेको जनाएको छ । बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले चालू आर्थिक वर्षको ८ महिनामा ५४ वटा मुद्दा फच्र्यौट भएको बताएका हुन् । बाँके प्रहरीमा दर्ता भएका ८ कर्तव्य ज्यान मुद्दा मध्ये ६ वटा फच्र्यौट भएको र मानव वेचविखन तथा ओसारपसारमा ९ मुद्दा दर्ता भएकोमा ८ वटा फच्र्यौट भएको तथा डाँका चोरीमा ५ मुद्दा दर्ता भएकोमा ३ फच्र्यौट भएको डाँगीले बताए ।

त्यसैगरी दर्ता भएका ४२ जबरजस्ती करणी मुद्दातर्फ  ३७ मुद्दा फच्र्यौट भएकोमा  साइबर क्राइमतर्फ  ९८ मुद्दा दर्ता भएकोमा ७ वटा मुद्दा मात्र फच्र्यौट भएका हुन् ।  उक्त  ७८ वटा मुद्दालाई तालुक कार्यालयमा पठाइएको प्रवक्ता डाँगीले जानकारी दिए । प्रवक्ता डाँगीका अनुसार प्रहरीमा चैत मसान्तसम्म दर्ता भएका १ हजार ८६ मुद्दाका लागि ५ हजार ८१ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको हो ।

बाँके प्रहरीले फैसला कायान्यनतर्फ २३२ जनालाई पक्राउ गरी अदालतमा बुझाउँदै २३ लाख ४७ हजार रुपैयाँ जरिवाना असुल गरेको उनले बताए । परिचयात्मक कार्यक्रममा पत्रकारहरुले प्रहरीलाई व्यवसायिक बन्न र समयमा सूचना उपलब्ध गराउन एसपी कार्कीलाई आग्रह गरेका थिए ।


प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १९:०७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनीमै पहिलोपटक सशस्त्र प्रहरीद्वारा राप्तीसोनारीमा 'समुदाय विपद् स्वयंसेवक' तयार
लुम्बिनीमै पहिलोपटक सशस्त्र प्रहरीद्वारा राप्तीसोनारीमा 'समुदाय विपद् स्वयंसेवक' तयार
१०६ ग्राम बढी ब्राउन सुगरसहित युवक पक्राउ
१०६ ग्राम बढी ब्राउन सुगरसहित युवक पक्राउ
नेपालगञ्जमा खैरो हेरोइनसहित दुई जना पक्राउ
नेपालगञ्जमा खैरो हेरोइनसहित दुई जना पक्राउ
डुडुवाको चौफेरीबाट ५० ग्राम ब्राउन सुगरसहित दुई युवक नियन्त्रणमा
डुडुवाको चौफेरीबाट ५० ग्राम ब्राउन सुगरसहित दुई युवक नियन्त्रणमा
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP