prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पत्रकार महासंघ बाँकेले मनायो पूर्व अध्यक्ष 'पन्ना चाचा' को पाँचौं स्मृति दिवस
पत्रकार महासंघ बाँकेले मनायो पूर्व अध्यक्ष 'पन्ना चाचा' को पाँचौं स्मृति दिवस
banijya office
पत्रकारिताका 'आदर्श' गुप्ताको ब्यक्तित्व र कीर्तित्वमाथि चर्चा
बागेश्वरी पोस्ट
मंगलबार, माघ १५, २०८१ बागेश्वरी पोस्ट
पत्रकार महासंघ बाँकेले मनायो पूर्व अध्यक्ष 'पन्ना चाचा' को पाँचौं स्मृति दिवस

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता चाचाको पाँचौं स्मृति दिवसका अवसरमा आज नेपालगञ्जमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । महासंघ बाँके शाखाको आयोजना एवम् स्व. पन्नालाल गुप्ता प्रतिष्ठानको सहकार्यमा लोकतन्त्र र प्रेस स्वतन्त्रता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाली पत्रकारिताका 'आदर्श' गुप्ताको ब्यक्तित्व र कीर्तित्वमाथि चर्चा गरिएको छ । गुप्ताको अनुकरणीय ब्यक्तित्व नेपाली पत्रकारिताका लागि पाठशाला भएको भन्दै बक्ताहरुले उनको प्रेरणामा पत्रकारिता जगत सधैं सिंचित भइरहनुपर्नेमा जोड दिए ।

nepalgunj 081-082

बाँके शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षता एवम् लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वर्गीय गुप्ताको फोटोमा माल्यार्पण गरी भावपूर्ण श्रद्धासुमन अर्पण गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश अध्यक्ष चौलागाईंले पत्रकारितामा क्रियाशील नयाँ पुस्ताले गुप्ताको सादगी, प्रेरणादायी र निष्ठाबान जीवनशैलीबाट पाठ सिक्नुपर्ने बताए । उनले प्रेस स्वतन्त्रता लोकतन्त्रको पर्याय भएको भन्दै गुप्ताले लोकतन्त्र पुनःस्थापनाका लागि गरेको मिसन पत्रकारिता गौरबपूर्ण रहेको बताए । उनले पत्रकार महासंघ बाँके शाखाले गुप्ताको स्मृतिकरणका लागि अगुवाई गर्नुपर्नेमा जोड दिए । यसअघिको नेतृत्वले साधारणसभामा पन्नालाल चोक र मार्ग नामाकरणका लागि पहल गर्ने घोषणा गरेको स्मरण गराउँदै चौलागाईंले त्रिभुवन चोक पुर्वको लाइनलाई पन्नालाल गुप्ता मार्ग र चोकलाई पन्नालाल चोक नामाकरणका लागि पत्रकार महासंघको अगुवाईमा सबै पत्रकारसम्बद्ध संगठनहरुले पहल थाल्नुपर्ने बताए ।

May be an image of 6 people, dais, newsroom and text

प्रतिष्ठानका अध्यक्ष एवम् गुप्ताका जेष्ठ सुपुत्र विजय कुमार गुप्ताले समाजिक र राजनीतिक परिवर्तनका लागि गुप्ताले पत्रकारितामार्फत गरेको योगदानको स्मरण गरे । नेपालगञ्जका पूर्व मेयर समेत रहेका उनले गुप्तालाई आफ्नो बुवा भन्दा बढी कर्मयोगी र परिवर्तनकामी ब्यक्तिका रुपमा बुझेको बताए । गुप्ताले महासंघले संस्थागतरुपमा स्मृति दिवस मनाउन थालेकोमा खुसी ब्यक्त गर्दै धन्यवाद समेत दिए । उनले पन्नालाल गुप्ताको सडक र चोक नामाकरणका लागि पत्रकार महासंघलाई संस्थागत पहलकदमी लिन आग्रह गरे । अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्षहरु हेमन्त कर्माचार्य, झलक गैरे, रुद्र सुवेदी, नेपाल प्रेस युनियन बाँकेका उपाध्यक्ष कमल खत्री, प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष कमल डाँगी, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा, नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष जयनारायण शाहले चाचालाई पत्रकारिताका युग पुरुषको रुपमा चित्रण गर्दै अबको पुस्ताले उनले देखाएको बाटो अनुशरण गर्नुपर्ने बताए । पत्रकारितामाथि पनि समाजले थप्रै प्रश्न गरिरहेको भन्दै उनीहरुले पूर्ण प्रेस स्वतन्त्रता लोकतन्त्रको प्राण भए पनि स्वच्छन्दताले गाँज्न नहुनेमा सजग हुनुपर्ने बताए ।

May be an image of 7 people and text that says 'पदसालाल गর ባሽ जबा औ स्माती दिवस लोकतन्त्र र प्रेस स्वतन्त्रता विषयक अन्तरक्रिया कार्यत्रम BOC 월원 सतबार्य स्व peyR PEUTYY ជា जत्यालाल परतिष्ठान मामाजड नेपाल पत्रकार महासघ পड क RESTAURANT PVTLTA PV SUNAKHARI'

बाँके शाखा अध्यक्ष गिरीले दिवंगत शाखा अध्यक्ष गुप्ताको स्मृतिमा कार्यक्रमको सुरुवात गरेर उनको योगदान र ब्यक्तित्वमाथि चर्चा गर्दै नयाँ पुस्तामा गुप्ताको उज्यालो र अनुकरणीय छवि प्रसार गर्न थिति बसालेको बताए । गिरीले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको बताउँदै प्रेस स्वतन्त्रता हननका घटना बर्षेनी बढ्दै जानु चिन्ताको विषय भएको उल्लेख गरे । यसमा पत्रकार आचारसंहिता पालनाको विषय पनि कहीँ न कहीँ जोडिएको भन्दै सजकतापूर्वक पत्रकारिता कर्म गर्नुपर्नेमा उनको जोड छ । उनले पत्रकारितामा पेशागत मर्यादा र जिम्मेवारीबोधको आवश्यकतामाथि चर्चा गर्दै जिम्मेवार र नैतिकबान पत्रकारिताका लागि आग्रह समेत गरे । गिरीले गुप्ताको नाममा सडक र चोक नामाकरण गर्ने बिषयलाई महासंघले अगुवाई गरी पहलकदमी लिने प्रतिबद्धता जनाए ।

May be an image of 5 people, dais, newsroom and text

महासंघ बाँके शाखा उपाध्यक्ष करुणा शाहले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा बरिष्ठ पत्रकार शिव डोटेल तथा पत्रकारहरु निशु जोशी, साबित्री गिरी, विरेन्द्र जैशी, आशिष गुप्ताले पनि स्वर्गीय गुप्तालाई स्मरण गर्दै आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन कार्यसमिति सदस्य समिरमान श्रेष्ठले गरेका थिए । स्मृति दिवसको अवसरमा प्रतिष्ठानले किरण विशेषांक समेत प्रकाशित गरेको छ । गुप्ता किरण साप्ताहिकका सम्पादक थिए । वि.सं. १९८५ सालमा जन्मिएका गुप्ताको २०७६ साल माघ १५ गते उनको निधन भएको थियो । पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै तत्कालीन अध्यक्ष सुरेश आचार्यको पालामा नेपाल पत्रकार महासंघले गुप्तालाई 'प्रेस स्वतन्त्रता सेनानी' घोषित गरेको थियो ।

May be an image of 7 people and people studying


प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  २१:११
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP