नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, चैत २४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • मेयर कप छात्र फुटबलः मोडर्न पब्लिक र युनाइटेड एजुकेशनल एकेडेमी सेमिफाइनलमा
मेयर कप छात्र फुटबलः मोडर्न पब्लिक र युनाइटेड एजुकेशनल एकेडेमी सेमिफाइनलमा
बागेश्वरी पोस्ट
बुधबार, माघ ३०, २०८१ बागेश्वरी पोस्ट
मेयर कप छात्र फुटबलः मोडर्न पब्लिक र युनाइटेड एजुकेशनल एकेडेमी सेमिफाइनलमा

नेपालगञ्ज । मोडर्न पब्लिक स्कुल र युनाइटेड एजुकेशनल एकेडेमी मेयर कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । भोलि प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा होप इन्टरनेशनल स्कुल र मोडर्न पब्लिक स्कुलबीच प्रतिष्पर्धा हुनेछ । दोस्रो सेमिफाइनल खेलमा ग्रीनपिस मावि कोहलपुर र युनाइटेड एजुकेशनल एकेडेमीले प्रतिष्पर्धा गनेछन् ।

नेपालगञ्ज रंगशालामा आज भएको पहिलो क्वाटरफाइनलमा मोडर्न पब्लिक स्कुलले मनकामना स्कुल नेपालगञ्जलाई ५–० ले पराजित गरेको छ । मोडर्न पब्लिक स्कुलको तर्फबाट प्लेयर अफ द म्याच कविर विष्ट र सुशान्त थापाले समान २ गोल गरेका थिए भने प्रकाश बुढाथोकीले १ गोल गरे । प्लेयर अफ द म्याच विष्टलाई एचसीआरसी हस्पिटल नेपालगञ्जका निर्देशक रमेश सिटौला र मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगञ्जका कार्यालय प्रमुख महेश चन्दले पुरस्कृत गरे ।

यसैगरी छात्रतर्फको अर्को खेलमा युनाइटेड एजुकेशनल स्कुल नेपालगञ्जले धम्बोझी मावि नेपालगञ्जलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा खेल गोलरहित बराबरीमा सकिएको थियो । पेनाल्टी सुटआउटमा युनाइटेडको तर्फबाट प्रदिप बुढा क्षेत्री, अभिशेष रेग्मी, तिलक ऐरी र निक्सन सुनारले गोल गरे । धम्बोझीका समिर मगर, तुफान शाही र राज सोनमले गोल गरेका थिए । खेलमा प्लेयर अफ द म्याच घोषित युनाइटेडका सुशान्त थापा क्षेत्रीलाई वडा प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक अरुण बम र मदिरा व्यवसायी संघ बाँकेका अध्यक्ष मीम बहादुर सिंह ठकुरीले ट्रफी प्रदान गरेका थिए ।

यसैगरी छात्रातर्फको खेलमा नेपालगञ्ज सेन्ट जेभियर्स स्कुल र युनाइटेडले जित हासिल गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । सेन्ट जेभियर्सले धम्बोझी माविलाई ३–० ले पराजित गरेको छ । सेन्ट जेभियर्सको तर्फबाट सुवानी थापाले २ गोल र रमिता कुमारी बडुवालले १ गोल गरे । सुवानीले ३३औं र ३९औं मिनेटमा गोल गरे भने रमिता कुमारीले ९औं मिनेटमा गोल गरेकी थिइन् । खेलमा नेपालगञ्ज सेन्ट जेभियर्सकी खेलाडी सुवानी प्लेयर अफ द म्याचबाट पुरस्कृत भइन् । उनलाई महिला फुटबल समिति बाँके अध्यक्ष नितु शाह चन्द र ब्लुम सेनेटरी प्याडको नेपालगञ्जका लागि आधिकारिक विक्रेता सूर्य सप्लायर्सका प्रोप्राइटर सुमिन श्रेष्ठले पुरस्कृत गरेका थिए ।

छात्रातर्फको अर्को खेलमा युनाइटेडले मनकामना स्कुललाई ७–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । युनाइटेडको जितमा प्रकृति सुनारले ४ गोल, सुस्मिता रोकाले २ गोल र निरु गुरुङले १ गोल गरे । खेलमा सर्वाधिक गोल गर्ने प्रकृति प्लेयर अफ द म्याचबाट पुरस्कृत भइन् । उनलाई नेपाली कांग्रेस बाँकेका सह–सचिव बिनोद थारु र शुभकामना मेडिकल हलका सञ्चालक एवम् बाँके जिल्ला फुटबल संघका सदस्य दिपेन्द्र घलेले ट्रफी प्रदान गरे ।

प्रतियोगिता अन्तर्गत बिहिबार छात्रातर्फ पहिलो सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन नेपालगञ्ज मोडेल एकेडेमी र नेपालगञ्ज सेन्ट जेभियर्स स्कुलबीच प्रतिष्पर्धा हुनेछ । दोस्रो सेमिफाइनल खेलमा युनाइटेड र आदर्श मावि नेपालगञ्जबीच प्रतिष्पर्धा हुनेछ । बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिताको छात्रतर्फ २१ टिम र छात्रातर्फ ६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल फागुन ३ गते हुनेछ । 


प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  २१:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रथम खजुरा गोल्ड कप चैत ३० देखि
प्रथम खजुरा गोल्ड कप चैत ३० देखि
'केपीएल' क्रिकेट प्रतियोगिताको उपाधि युनाइटेड भिजन क्रिकेट क्लबले उचाल्यो
'केपीएल' क्रिकेट प्रतियोगिताको उपाधि युनाइटेड भिजन क्रिकेट क्लबले उचाल्यो
कोहलपुरमा केपिएल क्रिकेट प्रतियोगिता सुरु
कोहलपुरमा केपिएल क्रिकेट प्रतियोगिता सुरु
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP