prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • अमेरिकामा कोरोनाले २ देखि २२ लाख मानिसको मृत्यु हुन सक्ने अनुसन्धानकर्ताको चेतावनी
अमेरिकामा कोरोनाले २ देखि २२ लाख मानिसको मृत्यु हुन सक्ने अनुसन्धानकर्ताको चेतावनी
RSG-2
एजेन्सी
बुधबार, चैत ५, २०७६ एजेन्सी
अमेरिकामा कोरोनाले २ देखि २२ लाख मानिसको मृत्यु हुन सक्ने अनुसन्धानकर्ताको चेतावनी
कोरोनाको अवस्था बारे जानकारी दिदै ट्रम्प

काठमाडौं ।अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। अमेरिकाका ५० वटै राज्यमा पुगेको कोरोनाको संक्रमण आउने महिनामा झनै तीव्र गतिले फैलिने अनुसन्धानकर्ताहरूले चेतावनी दिएका छन्।

साथै फरक-फरक अध्ययनले धेरै मानिसको मृत्यु हुने जनाएका छन्। न्युयोर्क टाइम्सका अनुसार सरकार र नागरिकले कोरोना भाइरस (कोभिड-१९) विरूद्ध लड्न बलियो सतर्कता अपनाएनन् भने २२ लाख सम्म अमेरिकी नागरिकको मृत्यु हुन सक्ने बेलायती अनुसन्धानकर्ताहरूले जनाएका छन्।

बेलायती अनुसन्धानकर्ताको चेतावनीपछि अमेरिकामा मानिसको सार्वजनिक जमघटमा थप कडाइ गरिएको छ। अध्ययन सार्वजनिक हुनुअघि आइतबारसम्म ५० जनाभन्दा धेरै मानिस एकै ठाउँमा जमघट नहुन भनिएको थियो। अमेरिकन सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)ले तोकेको सो संख्यालाई राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सोमबार १० मा झारिदिएको न्युयोर्क टाइम्सले जनाएको छ।

कोरोनाबाट हुन सक्ने मानवीय क्षतिका सम्बन्धमा अमेरिकामा पनि विभिन्न अध्ययन र प्रक्षेपण भएका छन्। न्युयोर्क टाइम्सका अनुसार सिडिसीकै अध्ययनले पनि अमेरिकामा कम्तिमा २ देखि १७ लाखसम्म मानिस मर्न सक्ने प्रक्षेपण गरेको छ। त्यस्तै नेब्रास्का विश्वविद्यालयको एक अध्ययनले ४ लाख ८० हजारसम्म अमेरिकीको कोरोना भाइरसका कारणका मृत्यु हुन सक्ने जनाएको छ।

अहिले तीव्र गतिमा फैलिरहेको कोभिड-१९ अमेरिकामा आउने महिनाहरूमा झनै रफ्तारका साथ फैलिन सक्नेछ। जुनको मध्यदेखि मात्र यसको संक्रमणमा कमी आउने अनुसन्धाकर्ताले जनाएका छन्। कोरोना भाइरसको विस्तारलाई कम गर्न सार्वजनिक यातायात कम गर्ने, विद्यालय, सिनेमा हल, रेष्टुरा बन्द गर्ने, सार्वजनिक जमघटलाई दुरूत्साहित गर्नेलगायतका उपाय अपनाउन सुझाइएको छ।

कोरोनाविरूद्ध भ्याक्सिनको विकास गर्न संसारभर प्रयत्न भइरहेका छन्। यही सातामात्रै अमेरिकाको सियाटल शहरमा मानिसमा पहिलो पटक त्यस्तो भ्याक्सिनको परीक्षण गरिएको छ। उक्त भ्याक्सिन सुरक्षित र प्रभावकारी भएको प्रमाणित हुन र बजारमा उपलब्ध हुन करिब १२ देखि १८ महिनासम्म लाग्ने जनाइएको छ।सेतोपाटीबाट साभार।


प्रकाशित मिति: बुधबार, चैत ५, २०७६  ११:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP