नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुरमा विद्युतबाट चल्ने सुधारिएको चुलो वितरण सुरु
कोहलपुरमा विद्युतबाट चल्ने सुधारिएको चुलो वितरण सुरु
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, साउन २०, २०८२ बागेश्वरी पोस्ट
कोहलपुरमा विद्युतबाट चल्ने सुधारिएको चुलो वितरण सुरु

नेपालगन्ज । आमनागरिकको स्वास्थ्य तथा वातावरणमा समेत पार्ने असरलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ कोहलपुर नगरपालिकाले विद्युतको सहायताबाट चल्ने सुधारिएको चुलो वितरण सुरु गरेको छ । चालू आर्थिक वर्षमा पाँच सय चुलो वितरण गर्ने लक्ष्यका साथ आज कोहलपुर नगरपालिका वडा नं. २ बाट कार्यबाहक नगर प्रमुख संगिता सुवेदीले चुलो वितरणको सुभारम्भ गरिन् ।

कार्यबाहक नगर प्रमुख सुवेदीले स्थानीय उर्मिला घर्तिलाई चुलो हस्तान्तरण गरेर वितरण कार्यक्रमको सुभारम्भ गरेकी हुन् । यो चुलोले इन्धनको खर्च घटाउँछ भने कोइला र लकडीको खपत समेत कम गर्छ । त्यसैगरी धुँवा नहुने भएकाले स्वास्थ्यमा समेत असर न्यूनीकरण हुने गर्छ । यसले वातावरणमा हुने ग्रीनहाउस ग्याँसको उत्सर्जनलाई घटाउँछ र जैविक इन्धनको उपयोगलाई कम गर्छ । सुधारिएको चुलोले धुँवा कम उत्पादन गर्ने र यसले मानवीय स्वास्थ्यमा समेत असर नगर्ने भएकाले उपयोगीपूर्ण रहेको कार्यबाहक नगर प्रमुख सुवेदीले बताइन् ।

‘विद्युतीय सहायताबाट चल्ने सुधारिएको यो चुलोले व्यक्तिको स्वास्थ्य मात्र नभएर वातावरण प्रदूषणलाई समेत न्यूनीकरण गर्ने विश्वास छ,' उनले भनिन्–‘यसले विपन्न परिवारलाई पनि लाभ पुर्याउनेछ ।’ पहिलो चरणमा नगर क्षेत्रका अपांगता, जेष्ठ नागरिक, एकल महिला र आर्थिकरुपमा विपन्न परिवारलाई लक्षित गरेर सुधारिएको चुलो वितरण गरिए पनि यसले परिवारका अन्य सदस्यहरुलाई समेत समेट्ने नगरपालिकाले जनाएको छ । चुलो प्राप्त गर्ने लाभग्राहीलाई यसको सही सदुपयोग गर्न पनि उनले आग्रह गरिन् ।

वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र कोहलपुर नगरपालिकाको साझेदारीमा १५ वटा वडामा हाल ३०/३० वटाका दरले चुलो वितरण गरिनेछ । पाँच हजार ९८७ रुपैयाँ मूल्य पर्ने उक्त चुलो केन्द्रको ८० प्रतिशत, पालिकाको १५ प्रतिशत र लाभग्राहीको ५ प्रतिशत लगानीमा वितरण गरिनेछ ।


प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  १६:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
सीपसँग जोडिँदै कोहलपुरका युवा
सीपसँग जोडिँदै कोहलपुरका युवा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP