prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नाइस अवार्ड २०२५ वातावरण संरक्षण अभियन्ता काफ्लेलाई
नाइस अवार्ड २०२५ वातावरण संरक्षण अभियन्ता काफ्लेलाई
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, साउन २०, २०८२ बागेश्वरी पोस्ट
नाइस अवार्ड २०२५ वातावरण संरक्षण अभियन्ता काफ्लेलाई

नेपालगञ्ज । नाइस अवार्ड २०२५ नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ निवासी वातावरण संरक्षण अभियन्ता हेमन्तराज काफ्लेलाई प्रदान गरिएको छ । नाइस नेपालगञ्जले पाँचौं नाइस अवार्ड २०२५ नगद १० हजार, सम्मान पत्रसहित काफ्लेलाई प्रदान गरेको हो । नाइस नेपालगञ्जको अयोजनामा आज आयोजित बिशेष कार्यक्रमका बीच नाइस अवार्ड २०२५ वातावरण संरक्षण अभियन्ता काफ्लेलाई प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, उपप्रमुख सिता कार्की, कार्यक्रमका अतिथि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, गैसस महासँघका केन्द्रीय सचिब तथा नाइस नेपालगञ्जका सल्लाहकार नमस्कार शाह, नेपाल पत्रकार महासँघ बाँकेका अध्यक्ष नवीन गिरी, बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्मा, एनआइसी एसिया बैंकका लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश प्रमुख मनोहर ठगुराठी, नाइस अवार्ड २०२३ प्राप्त गर्न सफल बरिष्ठ पत्रकार झलक गैरे, मंगल प्रसाद माबिका प्रधानाध्यापक सन्ध्या गुप्ताले नाइस नेपालगञ्जका अध्यक्ष हेमराज भट्टले संयुक्तरुपमा अवार्ड प्रदान गरेका थिए । 

paribartan 1

अवार्ड प्रदान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति प्रमुख चौधरीले समाजमा राम्रो काम गरिरहेका ब्यक्तिहरुका लागि अवार्ड उत्प्रेरणा भएको बताए । उनले वातावरण संरक्षणमा कार्य गरिरहेका ब्यक्ति काफ्ले सम्मानित भएकोमा बधाई ज्ञापन गर्दै संस्थाले उत्कृष्ट ब्यक्तिलाई छनौट गरेको बताए । कार्यक्रमका अतिथि सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले नाइसले गरेको कार्यहरुको बारेमा अवगत भएको जनाउँदै असल कार्य गर्ने ब्यक्तिलाई सम्मान गर्नुले समाजमा सकारात्मक सन्देश प्रवाह भएको बताए । यसैगरी कार्यक्रमका अतिथि गैसस महासँघका केन्द्रीय सचिब तथा नाइसका संस्थापक अध्यक्ष शाहले निश्वार्थ रुपमा हरियाली प्रबद्र्धनमार्फत समाजमा लागि परेका ब्यक्तिलाई गरेको सम्मानले असल कार्य गर्ने ब्यक्तिलाई उत्प्रेरणा थप्ने बताए । उनले नाइस अवार्ड २०२५ को घोषणा समेत गरेका थिए । कार्यक्रममा बोल्दै अतिथि नेपाल पत्रकार महासँघ बाँकेका अध्यक्ष गिरीले नाइसले गरेका कार्यहरुको बारेमा जानकार रहेको बताए । उनले संस्थाले आगामी दिनमा उत्कृष्ट सामाजिक संस्थाको रुपमा कार्य गर्दै अगाडि बढ्ने विश्वास ब्यक्त गर्दै कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।  

May be an image of ‎5 people, dais and ‎text that says '‎नाइस नेपालगन्ज ਬैठों बार्षिकोत्मव/ 10T সੁਰ तथा नाईर वार्ड- -શ0શપ वार्ड-२0'४ E ၁၀၃ शरवण כסם जत कोपालज सहकार्री S ห้งขอลม CASIA‎'‎‎

यसैगरी कार्यक्रमका अतिथि बरिष्ठ पत्रकार गैरेले प्रकृति संरक्षणमा अग्रसर ब्यक्तिलाई नाइस अवार्ड प्रदान गरिनुले समाजमा सकारात्मक सन्देश प्रवाह भएको बताए । सम्मानले राम्रा काम गर्ने ब्यक्तिहरुलाई हौसला थपेको उनको भनाई थियो । यसैगरी कार्यक्रमका अतिथि गुप्ताले समाजलाई सकारात्मक दिशामा डोर्याउन नाइस अग्रसर रहेकोमा खुसी लागेको बताइन् । नाइसले गरेको असल काममा सहभागी हुन पाएकोमा खुसी लागेको उनको भनाई थियो । कार्यक्रममा बोल्दै बास नेपालका केन्द्रीय अध्यक्ष बर्माले नाइसले गरेको काम प्रशंसनीय भएको बताए । नाइस अवार्ड २०२५ ग्रहण पश्चात बोल्दै सम्मानित ब्यक्ति काफ्लेले नाइस अवार्ड जस्तो गर्विलो अवार्डबाट सम्मानित भए पश्चात जिम्मेवारी थपिएको बताए । निरन्तर बिरुवा अभियानमा लागिपरेको पुरस्कारको रुपमा नाइस अवार्ड प्राप्त गरेको बताउँदै आगामी दिनमा समेत वातावरण संरक्षणमा थप कार्य गर्ने उनले प्रतिबद्धता ब्यक्त गरे । नाइस नेपालगञ्जका अध्यक्ष हेमराज भट्टको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नाइस नेपालगञ्जका सचिब कमल शाहीले गरेका थिए भने कार्यक्रममा स्वागत नाइस नेपालगञ्जका उपाध्यक्ष शोभा थापा मगरले गरेकी थिइन् । 

कार्यक्रममा नरैनापुर गाउँपालिका, राप्तीसोनारी गाउँपालिका, जानकी गाँउपालिका, एनआइसी एसिया बैंक र बास नेपालले सहकार्य गरेको थियो । कार्यक्रममा सहयोग तथा सहकार्य गर्ने संस्थाहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा सरकारी निकाय, गैरसरकारी संस्था र युवाहरु गरी ६० बढीको सहभागिता रहेको थियो ।


कर्मचारी सम्मानित 
संस्थाको छैठौं बार्षिकोत्सबको अवसरमा संस्थामार्फत सञ्चालित विभिन्न परियोजनामा कार्यरत तीन जना कर्मचारीलाई प्रशंसापत्रमार्फत सम्मान गरिएको छ । कार्यक्रमको उद्देश्य परिपूर्ति, संस्थागत विकास तथा बाँके जिल्लामा सामाजिक सद्भाव र युवा परिचालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेवापत जोशिना थारु, राष्टि बुढा मगर र तपेन्द्र बहादुर मलातीलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो । उक्त सम्मान कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख चौधरी, उपप्रमुख कार्की र नाइस नेपालगञ्जका अध्यक्ष हेमराज भट्टले संयुक्तरुपमा प्रदान गरेका थिए । 


प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  २०:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नाइस अवार्ड २०२५ वातावरण संरक्षण अभियन्ता काफ्लेलाई
नाइस अवार्ड २०२५ वातावरण संरक्षण अभियन्ता काफ्लेलाई
कोहलपुरमा विद्युतबाट चल्ने सुधारिएको चुलो वितरण सुरु
कोहलपुरमा विद्युतबाट चल्ने सुधारिएको चुलो वितरण सुरु
बागेश्वरी महाआरतीमा सोमबार सात लाख दिप प्रज्वलन (लक्ष्यवर्ती) गरिने
बागेश्वरी महाआरतीमा सोमबार सात लाख दिप प्रज्वलन (लक्ष्यवर्ती) गरिने
नेपालगञ्जमा छाडा पशुको संख्या बढेपछि काञ्जीहाउस लगिँदै, शनिवार पनि ५५ पशुचौपाया काञ्जीहाउस पुर्याइयो
नेपालगञ्जमा छाडा पशुको संख्या बढेपछि काञ्जीहाउस लगिँदै, शनिवार पनि ५५ पशुचौपाया काञ्जीहाउस पुर्याइयो
paribartan 2 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP