नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • डुडुवाले भन्योः 'आन्दोलनको नाममा विपक्षीद्वारा भ्रामक प्रचार, कार्यालयको कामकाज असहज'
डुडुवाले भन्योः 'आन्दोलनको नाममा विपक्षीद्वारा भ्रामक प्रचार, कार्यालयको कामकाज असहज'
बागेश्वरी पोस्ट
शुक्रबार, असोज ३, २०८२ बागेश्वरी पोस्ट
डुडुवाले भन्योः 'आन्दोलनको नाममा विपक्षीद्वारा भ्रामक प्रचार, कार्यालयको कामकाज असहज'

डुडुवा (बाँके) । जेनजीले गरेको आन्दोलनका क्रममा उत्पन्न परिस्थितिले बाँके डुडुवा गाउँपालिकाको कामकाजमा असहज स्थिति सिर्जना भएको छ । उत्पन्न असहज परिस्थितिका कारण अहिले कार्यालयको सम्पूर्ण सेवा प्रभावित भएको गाउँपालिकाले जनाएको छ । पालिकाका जनप्रतिनिधिहरुले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै जेनजीको नाममा केही उच्छृंखल समूह पालिकाभित्र प्रवेश गरी प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार पाण्डेयमाथि कुटपिट र दुव्र्यवहार गरेको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । भदौ २५ गते राती करिब साढे ८ बजेको समयमा ८–१० जनाको समूहले कार्यालयमा तोडफोड गरी कार्यालयको कागजात आगजनी गरेको विज्ञप्तिमा भनिएको छ । ‘२६ गते फेरि अर्को समूह कार्यालयमा प्रवेश गरी प्रमुख प्रशासकीय अधिकृत पाण्डेयमाथि कुटपिट तथा दुव्र्यवहार भएको छ । दुःखद् यो घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

पूर्व प्रदेश मन्त्री तथा प्रदेश सभा सदस्य भण्डारीलाल यादव र पूर्व प्रदेश मन्त्री विजयबहादुर यादवको नेतृत्वमा करिब ३०-३२ जनाको समूहले कार्यालयमा प्रवेश गरी कुटपिट गरेको पालिकाले विज्ञप्तिमा उल्लेख गरेको छ । उक्त समूहले जबर्जस्ती कार्यालयको भान्सा कोठामा पसी बोरीभित्र राखेर मदिराका बोतल बाहिर ल्याई सामाजिक सञ्जालमा फोटो र भिडियो भाइरल बनाएको भन्दै पालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ–‘पालिकालाई अनावश्यक रुपमा बदनाम गरेको घटना दुःखद छ । आन्दोलनको नाममा घुसपैठ गरी विपक्षी समूहले पालिकालाई बदनाम गर्ने गरी अतिरञ्जित कार्य गरेको हो ।’

May be an image of text

पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, उपाध्यक्ष शाहिदा बानो, वडा अध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गा प्रसाद बर्मा, आमोद कुमार तिवारी, सगिर खाँ, वडा सदस्य राधेश्याम मौर्य लगायत कार्यपालिका सदस्यद्वारा सयुंक्त रुपमा जारी विज्ञप्तिमा भनिएको छ, 'कुन हैसियत र कानुनले जबरजस्ती कार्यालयमा ताला खोलेरे अनावश्यक रुपमा बदनाम गर्ने नियतका साथ गरेको भ्रामक प्रचारबाजीको कार्य खेदजनक छ ।' उक्त समूहले कार्यालयमा ताला लगाएकोले अहिले हानी नोक्सानीबारे एकिन जानकारी नभएको अवस्था रहेको पालिकाले जनाएको छ । स्थानीय प्रशासनसंग जनप्रतिनिधि र कर्मचारीको सुरक्षाको माग गर्दै हालसम्म कार्यालयको सम्पूर्ण सेवा अवरुद्ध रहेको अवस्थालाई तत्काल सहजरुपमा सुचारु गर्ने वाताबरण बनाउन पालिकाले सबै सरोकारवाला निकायलाई अपिल समेत गरेको छ । 


प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  २१:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
श्रमिक दिवसमा ल्याण्डफिल साइटका सरसफाईकर्मीलाई सम्मान
श्रमिक दिवसमा ल्याण्डफिल साइटका सरसफाईकर्मीलाई सम्मान
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP