नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, मंसिर २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जेनजी आन्दोलनका सहिदको सम्झनामा डुडुवा गाउँपालिकामा श्रद्धाञ्जली सभा
जेनजी आन्दोलनका सहिदको सम्झनामा डुडुवा गाउँपालिकामा श्रद्धाञ्जली सभा
banijya office RSG-2
शुलभराज र आयुषको परिवारलाई एक लाख एक हजार प्रदान गर्ने घोषणा
बागेश्वरी पोस्ट
आइतबार, असोज ५, २०८२ बागेश्वरी पोस्ट
जेनजी आन्दोलनका सहिदको सम्झनामा डुडुवा गाउँपालिकामा श्रद्धाञ्जली सभा

डुडुवा (बाँके) । डुडुवा गाउँपालिकाले जेनजी आन्दोलनका क्रममा ‘शहिद’ भएका नेपालगञ्जका युवा स्वर्गीय शुलभराज श्रेष्ठ र आयुष थापासहित सहादत प्राप्त गरेका व्यक्तिहरुको सम्झनामा बृहत श्रद्धाञ्जली सभा गरेको छ । गाउँपालिका कार्यालय परिसरमा आइतबार आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले ‘जेनजी’ समूहले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम जस्ता विषयमा उठाएका मागहरु जायज रहेको भन्दै आन्दोलन सकिएपछि डुडुवामा एउटा समूहले कार्यालयका कागजातमा आगजनी गरेको र अर्को समूहले तालाबन्दीसहित कर्मचारीमाथि कुटपिट तथा दुव्र्यवहार गरेको बताए ।

तालाबन्दीका कारण गाउँपालिकाको काम ठप्प हुँदा आफ्ना मालिकहरु (जनता) ले सेवा नपाएको उनले उल्लेख गरे । अध्यक्ष चौधरीले डुडुवा गाउँपालिकाले जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका बाँकेका युवा शुलभ र आयुषको परिवारलाई एक लाख एक हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराउने घोषणा गरे । पालिकाको बारेमा भ्रम छर्ने गरी सामाजिक सञ्जालमा फोटो र भिडियो भाइरल गरी बद्नाम गर्ने काम गरेकोमा सचेत रहन अध्यक्ष चौधरीले सबैलाई आग्रह गरे । वि. सं. २०७४ र २०७९ सालको निर्वाचनमा पराजित भएका विजयबहादुर यादव र भण्डारीलाल यादवको नेतृत्वमा केही ब्यक्तिहरु उचालिएर लगाइरहेको आरोपमा कुनै सत्यता नभएको उनको भनाई छ ।

“नदीजन्य पदार्थको चोरी गर्न नपाएकाहरुले अहिले पालिकाको विरोधमा उत्रेका छन्, गत वर्ष नदीजन्य पदार्थमा पालिकाले कडाई गरेपछि चोरी शिकारी नियन्त्रण भएको छ भने सरकारलाई राजश्व समेत बृद्धि भएको छ, उहाँहरुले चोरी गर्न नपाएपछि पालिकालाई बदनाम गर्ने जस्ता कार्य गर्नुभएको छ," उनले भने-"मेरो पहिलो कार्यकालदेखि नै राजनितिक हिसाबले विरोध गर्दै आएका विजयबहादुर यादवको समूहले पटक पटक यस्ता क्रियाकलाप गर्दै आएको छ ।  “उहाँहरुमा नैतिकता र संस्कार नै छैन, पहिला आफू राम्रो बन्ने अनि मात्र अरुमाथि प्रश्न गर्न सुहाउँछ” उनले भने ।

सभामा बोल्दै जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले नक्कली जेनजीले डुडुवा गाउँपालिकामाथि निराधार आरोप लगाउँदै ताला लगाएर सेवाग्राहीको कामकाज ठप्प पार्नु दुःखद भएको बताए । सभामा वडा अध्यक्षद्वय दुर्गाप्रसाद बर्मा र आमोदकुमार तिवारीले व्यक्तिगत रिसिइबी साँध्ने उद्देश्यले चुनाव हारेका केही व्यक्तिको नेतृत्वमा एक समूहले गाउँपालिकामा तालाबन्दी गरेको उल्लेख गर्दै यो जनताविरोधी कार्य भएको बताए । जेनजी प्रतिनिधि ऋतिक शाहीले आफूहरुले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नका लागि आवाज उठाएर आन्दोलन गरेको स्मरण गराउँदै आन्दोलनको आडमा बाहिरका अराजक ब्यक्तिहरु आएर सरकारी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट मच्चाएको कार्य गलत भएको बताए । उनले जेनजी आन्दोलनमा बाँकेका श्रेष्ठ र थापासहित धेरैले देशमा केही परिवर्तन ल्याउनका लागि रगत बगाएको प्रष्ट्याए । जेनजी आन्दोलनका नाममा घुसपैठ गरी आगजनी, तोडफोड र लुटपाटमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने शाहीको माग छ ।

श्रद्धाञ्जली सभामा गाउँपालिका उपाध्यक्ष साहिदा बानो, वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्यसहित करीब दुई हजारको संख्यामा स्थानीयहरुको उपस्थिति रहेको बताइएको छ । सो क्रममा जेन–जी आन्दोलनमा सहादत प्राप्त गरेकाहरुको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको थियो ।


प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  २०:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरा क्षेत्रमा अवैध उत्खनन् गर्ने जेसीबीसहित १३  सवारी साधन नियन्त्रणमा
खजुरा क्षेत्रमा अवैध उत्खनन् गर्ने जेसीबीसहित १३  सवारी साधन नियन्त्रणमा
लैङ्गिक हिंसा न्यूनीकरणका लागि अन्तरक्रिया
लैङ्गिक हिंसा न्यूनीकरणका लागि अन्तरक्रिया
नरैनापुरमा शिक्षक सरुवालाई कारण बनाई भ्रम फैलाउने प्रयास गरिरहेको देखिन्छ: अध्यक्ष शाह
नरैनापुरमा शिक्षक सरुवालाई कारण बनाई भ्रम फैलाउने प्रयास गरिरहेको देखिन्छ: अध्यक्ष शाह
'लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुँदा पीडितले न्याय पाएनन्'
'लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुँदा पीडितले न्याय पाएनन्'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP