नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, माघ २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • प्रशासनले दोषीलाई कारबाही र ताला खोल्न पहल नगरे आन्दोलन गर्ने डुडुवाको चेतावनी
प्रशासनले दोषीलाई कारबाही र ताला खोल्न पहल नगरे आन्दोलन गर्ने डुडुवाको चेतावनी
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असोज ८, २०८२ बागेश्वरी पोस्ट
प्रशासनले दोषीलाई कारबाही र ताला खोल्न पहल नगरे आन्दोलन गर्ने डुडुवाको चेतावनी

(डुडुवा), बाँके । डुडुवा गाउँपालिकामा लगाइएको तालाबन्दी नखुल्दा अत्यावश्यक लगायतका सम्पूर्ण सेवा ठप्प भएको छ । कार्यालयमा तालाबन्दी गरिएको करीब दुई हप्ता वितिसक्दा गाउँपालिकाको काम काज ठप्प भएको छ । गाउँपालिकाले आज पत्रकार सम्मेलन गरेर घटनामा संलग्नलाई आवश्यक कानुनी कारबाही र तालाबन्दी खुलाई कार्य सुचारु गराइदिन जिल्ला प्रशासन कार्यालय बाँकेलाई लिखित अनुरोध गर्दा पनि अहिलेसम्म पहल नभएको जनाएको छ ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले तालाबन्दी खोलेर प्रहरीद्वारा मुचुल्का तयार गरी कामकाज गर्ने वातावरण बनाइदिन प्रशासन कार्यालयलाई अनुरोध गरिएको बताए । उनका अनुसार कार्यपालिका बैठकले वडा नम्बर ४ का वडा अध्यक्ष एवम् कार्यपालिका सदस्य सगिर खाँको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ । समितिमा डुडुवा–१ का वडा अध्यक्ष पटेश्वर कुर्मी, वडा नम्बर ६ का गाउँसभा सदस्य राधेश्याम मुराउ र सहयोगी शिवकुमार मौर्य सदस्य रहेका छन् । 

पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष चौधरीले तालाबन्दी नखुल्दा दसैंको मुखमा कर्मचारीलाई तलब खुवाउन नसकिएको र गाउँपालिकाले प्रदान गर्ने अन्य अत्यावश्यक सेवा ठप्प भएको बताए । अध्यक्ष चौधरीले जिल्ला प्रशासन कार्यालयले बिहीबारसम्म घटनामा संलग्नहरुलाई आवश्यक कानुनी कारबाही र ताला खोलेर काम सुचारु गराउने वातावरण तयार नगरे शुक्रबारदेखि आफूहरु नेपालगञ्ज केन्द्रित आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिए । पालिकालाई अनावश्यक रुपमा बद्नाम गरेको र आन्दोलनको नाममा घुसपैठ गरी विपक्षी समूहले पालिकालाई बद्नाम गर्ने गरी अतिरञ्जित कार्य गरेको उनको भनाई थियो । उनले भने,–‘कानुन विपरित पालिकामा पसेर खानतलासी गर्ने अनि ताला पनि लगाउने उहाँहरुलाई कुन कानुनले दिएको छ, यदि दुई दिनभित्र ताला खोलिएन भने पालिकाले कडा रुपमा आन्दोलन गर्छ ।' केही विरोधीले गरेको विरोध पालिकाका जनताले कहिल्यै पनि सहन नसक्ने भन्दै अध्यक्ष चौधरीले पालिकाका सम्पूर्ण जनता आन्दोलनमा आउने चेतावनी दिए । 

गत भदौ २५ गते राती करिब साढे ८ बजेतिर जेन–जी आन्दोलनको आडमा अपरिचित समूहले कार्यालयका कागजात निकालेर आगो लगाएको थियो । लगत्तै दोस्रो दिन अर्को समूह आएर एक घण्टा भन्दा बढी समयसम्म बाउण्ड्री र प्रशासनिक भवनमा आवत–जावत गरी नगर प्रहरीलाई धम्की दिएको गाउँपालिकाले जनाएको छ । त्यसको भोलीपल्ट बिहान साढे १० बजेतिर लुम्बिनी प्रदेशका पूर्व मन्त्रीद्वय भण्डारीलाल अहिर र विजय बहादुर यादवको नेतृत्वमा ३०/३२ जनाको संख्यामा गाउँपालिकाभित्र पसेर कोठाहरुमा लागेको ताला फोडेर भिडियो बनाउँदै तालाबन्दी गरेको गाउँपालिकाले जनाएको छ । उनीहरुबाट कोठाहरुमा के कति क्षति भयो भन्ने कुरा एकिन नभएको पालिकाद्वारा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । 

पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, गाउँपालिका उपाध्यक्ष साहिदा बानो, वडा अध्यक्षहरु दुर्गा प्रसाद बर्मा, आमोद कुमार तिवारी, सगिर खाँ, प्रमुख प्रशासकीय अधिकृत अशोककुमार पाण्डेय, वडा सदस्य र कर्मचारीहरुको सहभागिता रहेको थियो ।
 


प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  २०:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
नेपालगञ्जमा भूकम्पीय सुरक्षा सचेतनार्थ समुदायको सहभागितामा कृत्रिम घटना अभ्यास
नेपालगञ्जमा भूकम्पीय सुरक्षा सचेतनार्थ समुदायको सहभागितामा कृत्रिम घटना अभ्यास
कार्यस्थलमा हुने यौनजन्य दुब्र्यबहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण 
कार्यस्थलमा हुने यौनजन्य दुब्र्यबहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP