नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • लैङ्गिक हिंसाका कारण महिला तथा किशोरीमा मानसिक समस्या
लैङ्गिक हिंसाका कारण महिला तथा किशोरीमा मानसिक समस्या
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असोज ८, २०८२ बागेश्वरी पोस्ट
लैङ्गिक हिंसाका कारण महिला तथा किशोरीमा मानसिक समस्या

नेपालगञ्ज । लैङ्गिक हिंसाका कारण मधेशी समुदायका महिला तथा किशोरीहरुमा मानसिक समस्या देखिएको छ । समुदायका पुरुष अभिभावकमा सचेतनाको अभावका कारण महिला तथा किशोरीहरुलाई विभिन्न हिंसामा पारिएको पीडितहरुले बताएका छन् । 

महिला र कानुन विकास मञ्चको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले महिला तथा बालिका हिंसाविरुद्ध निर्माण गर्न लागेको नीतिको बारेमा गरेको अभिमुखीकरण कार्यक्रममा सहभागी सरोकारवालाले महिलाहरु अझै पीडित रहेको बताएका थिए । 

जानकी गाउँपालिकाले मनोसामाजिक सेवामार्फत महिला तथा किशोरीहरुको अवस्था पहिचान गर्ने क्रममा त्यस्तो समस्या देखिएको जनाएको छ । पालिकाका मनोसामाजिक परामर्शकर्ता राधा आचार्यले विभिन्न वडाका महिला तथा किशोरीहरुलाई भेटेर कुरा गर्दा उनीहरु स्वतन्त्ररुपमा जीवनयापन गर्न नपाएपछि मानसिक समस्यामा परेको बताइन् ।

उनले भनिन्,–‘महिलाहरु आफ्नै परिवारवाट घरेलु हिंसामा परेका छन्, किशोरीहरुले प्रायः उच्च शिक्षा पढ्न पाएका छैनन्, केटाकेटीमा विभेद गरिएको छ । बाल विवाह, दाइजो प्रथा लगायतका कारणले समुदायका अभिभावकले टर्चर गर्नाले उनीहरुमा मानसिक समस्या देखिएको उनले बताइन् । 

परम्परागत सोच र सचेतनाको अभावमा अझै पनि महिलाहरु दबेर बस्नुपरेको अवस्था रहेको उनको भनाई छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले पालिकाले महिला र बालिका हिंसाविरुद्ध कानुन निर्माण गरी उनीहरुको समस्यालाई समाधान गर्नमा मद्दत पुग्ने भन्दै समुदायका अभिभावकहरुलाई सचेत बनाउनुपर्नेमा जोड दिए । 

कार्यक्रममा वडा अध्यक्षहरु मो. रजा राई, चन्द्रिकाप्रसाद गुप्ता, राजकुमार कुर्मी, जगदिशप्रसाद हरिजन, कार्यपालिका सदस्य रामअचल धोबी, कान्ति काँदु, निर्मला हरिजन, महिला तथा बालबालिका शाखा प्रमुख कल्पना गाहा लगायतले पालिकामा मधेशी समुदायको बाहुल्यता बढी भएकाले अशिक्षाका कारण महिला र किशोरीमाथिको हिंसा बढेकाले उनीहरुलाई जागरुक बनाउनुपर्नेमा जोड दिए । 

कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष अधिबक्ता विश्वजीत तिवारीले महिला र किशोरीसंग सम्वन्धित कानुन तथा प्रक्रिया लगायतका बारेमा जानकारी गराएका थिए । संस्थाका उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यकारी निर्देशक राकेशकुमार मिश्रले गरेका थिए । 

महिला तथा बालिका हिंसाविरुद्ध नीतिगत सुधार तथा सचेतना कार्यक्रम अन्तर्गत संस्थाले बाँके र बर्दियाका चार वटा स्थानीय तहमा महिला तथा बालिका हिंसाविरुद्ध ऐन, कानुन, नीति तथा कार्यविधि निर्माण गर्न लागेको हो । 


प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  २१:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
राप्ती किनारमा बोलबम यात्रीको सुरक्षामा रातभर तैनाथ रह्यो सशस्त्रको विपद् उद्धार टोली
राप्ती किनारमा बोलबम यात्रीको सुरक्षामा रातभर तैनाथ रह्यो सशस्त्रको विपद् उद्धार टोली
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP