नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बाँकेका सुरक्षा प्रमुख र जनप्रतिनिधिको टोलीले गर्‍यो नरैनापुर सीमा क्षेत्रको अवलोकन
बाँकेका सुरक्षा प्रमुख र जनप्रतिनिधिको टोलीले गर्‍यो नरैनापुर सीमा क्षेत्रको अवलोकन
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, कात्तिक २०, २०८२ बागेश्वरी पोस्ट
बाँकेका सुरक्षा प्रमुख र जनप्रतिनिधिको टोलीले गर्‍यो नरैनापुर सीमा क्षेत्रको अवलोकन

नरैनापुर (बाँके) । सोमबार जिल्ला प्रशासन बाँकेको नेतृत्व सम्हालेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिलकुमार तामाङले जिल्लाको सबैभन्दा संवेदनशील क्षेत्र मानिने नरैनापुर गाउँपालिकाको स्थलगत अनुगमन गर्दै सीमा क्षेत्रमा सुरक्षा सुदृढीकरणमा सक्रियता देखाएका छन् ।

बुधबार गरिएको अनुगमनका क्रममा सीडीओ तामाङले गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहसँग भेट गरी सामाजिक सद्भाव, कानूनको शासन र जनमैत्री सेवा प्रवाहमा प्रभावकारिता बढाउन आग्रह गरेका छन् ।

सीडीओ तामाङले सुइया र बघौडा सीमा क्षेत्र पुगेर भारत–नेपाल सिमाबाट हुने अवैध कारोबार र तस्करी नियन्त्रणमा खरो रूपमा प्रस्तुत हुन सुरक्षाका निकायलाई निर्देशन दिएका थिए । सीडीओ तामाङले बिना भन्सार नेपाल प्रवेश गर्ने भारतीय नम्बर प्लेटका सवारी साधनमा निगरानी बढाउन र कानुन विपरीत कार्य गर्ने जोसुकैलाई पनि पद वा परिचयका आधारमा संरक्षण नगरी कारबाही गर्न आदेश दिएका छन् ।

“राजनीतिक दबाबमा होइन, कानून र सरकारको मर्म अनुसार निष्पक्ष रूपमा काम गर्नुपर्ने बेला यही हो,”उनले भने ।

अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष शाहले सीमामा भन्सार नहुँदा स्थानीयले दैनिक सास्ती भोगिरहेको बताउँदै तत्काल छोटी भन्सार स्थापना गर्न माग गरेका छन् । जवाफमा सीडीओ तामाङले भन्सार स्थापना सम्बन्धी विषय संघीय सरकारलाई जानकारी गराउने प्रतिबद्धता जनाउँदै निर्णय नहुँदासम्म नेपालगञ्ज भन्सार प्रयोग गर्न सुझाव दिए ।

अनुगमन टोलीमा बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसी, सशस्त्र प्रहरी बाँके प्रमुख एसपी शोभाकान्त खनाल, राष्ट्रिय अनुसन्धान विभाग बाँके प्रमुख हरिश बिष्ट सहितका अधिकारीहरूको सहभागिता रहेको थियो । 


प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १०:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
सीपसँग जोडिँदै कोहलपुरका युवा
सीपसँग जोडिँदै कोहलपुरका युवा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP