नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • 'बर्फानी बाबा' मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै
'बर्फानी बाबा' मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, कात्तिक २४, २०८२ बागेश्वरी पोस्ट
'बर्फानी बाबा' मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

बाँके । यहाँको राप्तीसोनारी–४ स्थित चुरे पहाडमा रहेको ‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ ।

नेपालगन्ज बजारबाट करिब ३० किलोमिटर पूर्व दक्षिणमा रहेको सो मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । धार्मिक पर्यटनका रूपमा विकास हुन थालेको सो मन्दिरमा पदयात्रा गरेर मनोरम दृश्य दृश्यावलोकन गर्दै त्यहाँ पुग्न सकिने नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेका पूर्व अध्यक्ष श्रीराम सिग्देलले बताए ।

उनले बाँकेको राप्तीसोनारी गाउँपालिकाको कुम्भरबाट करिब दुई घण्टाको पैदलयात्रा गरेर सो मन्दिरमा पुग्न सकिने उल्लेख गर्दै त्यस क्षेत्रको विकास लागि अझै लगानी बढाउन आवश्यक भएको बताए । 

राप्तीसोनारी गाउँपालिकाका पूर्व अध्यक्ष लाहुराम चौधरीले ‘बर्फानी बाबा’ को मन्दिर धार्मिक पर्यटनका लागि महत्त्वपूर्ण गन्तव्य भएकाले भौतिक पूर्वाधारको विकासमा अझै विकास आवश्यक भएको धारणा व्यक्त गरे । उनले आफ्नो कार्यकालमा छ वर्षअघि रु. ३० लाख लागतमा मन्दिर निर्माण गरेको जानकारी दिँदै बाटो निर्माणमा पनि रु. २८ लाख खर्च गरिएको बताए । 

खानेपानीको व्यवस्थापन थिएन, भक्तजन बस्ने कुनै प्रबन्ध थिएन तर अहिले सबैको व्यवस्थापन भएको पूर्व अध्यक्ष थारुको भनाई छ । मन्दिर क्षेत्रमा अझै पनि शौचालय व्यवस्थापन हुन सकेको छैन । चौधरीले आवतजावत गर्न अझै कठिनाई झेल्नुपरेको जानकारी दिँदै पर्याप्त भौतिक पूर्वाधारको विकास हुन नसकेको बताए ।

‘बर्फानी बाबा’ मन्दिरका प्रमुख बाबा केशव गिरीले मन्दिरमा बर्सेनी आगो लाग्दा कुटीमा कठिनाई झेल्नुपरेको बताउँदै मन्दिर क्षेत्रमा चारैतर्फ पर्खाल निर्माण आवश्यक भएको बताए । 

भारतीय पत्रकार एसके मदेशियाले प्राकृतिक सौन्दर्यले आफूलाई लोभ्याएको उल्लेख गर्दै मन्दिर जानका लागि आवतजावत गर्नलाई सहज बनाउन आवश्यक रहेको बताए । स्थानीय पत्रकार विमला चौधरीले विगतमा भन्दा ‘बर्फानी बाबा’ मन्दिरको स्वरूपमा परिवर्तन भएको बताइन् । 

गुल्मेली सेवा समाज बाँकेका हरिलाल न्यौपानेले प्राकृतिक सौन्दर्यले पदयात्रा गरेर त्यहाँ जाँदा भिन्दै आनन्द प्राप्त गरेको बताए । केही वर्ष अघि मात्रै रु. ७० लाख खर्च गरेर खानेपानीको व्यवस्थापन गरिएको सो मन्दिरमा प्रदेश सरकारले पनि बर्सेनी बजेट लगानी गरिरहेको छ । रासस  


प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  ०७:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविरः ३३ सय नागरिक लाभान्वित
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविरः ३३ सय नागरिक लाभान्वित
नेपालगञ्ज-१० को वडा भेला सम्पन्न, १९ जना सम्मानित 
नेपालगञ्ज-१० को वडा भेला सम्पन्न, १९ जना सम्मानित 
'डुडुवा मिडिया नीति' बारे कार्यपालिकासँग छलफल
'डुडुवा मिडिया नीति' बारे कार्यपालिकासँग छलफल
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP