नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, जेठ २, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • 'मर्यादाका लागि महिला आवाज' संस्थाले काम थाल्यो, बादी महिलाको उत्थानमा काम गर्ने
'मर्यादाका लागि महिला आवाज' संस्थाले काम थाल्यो, बादी महिलाको उत्थानमा काम गर्ने
बागेश्वरी पोस्ट
आइतबार, कात्तिक ३०, २०८२ बागेश्वरी पोस्ट
'मर्यादाका लागि महिला आवाज' संस्थाले काम थाल्यो, बादी महिलाको उत्थानमा काम गर्ने

नेपालगञ्ज । बादी समुदायको समग्र विकासमा काम गर्ने उद्देश्यले मर्यादाका लागि महिला आवाज नामक संस्थाले बाँके जिल्लामा काम शुरु गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकामा कार्यालय स्थापना गरी कार्य थालेको संस्थाको आज एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले शुभारम्भ गरे । संस्थाको शुभारम्भसंगै आज नै बादी समुदायको अवस्था, समस्या, सम्भावना र सरोकारवालाको भूमिकाबारे आगामी कार्यदिशा बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मर्यादाका लागि महिला आवाजका अध्यक्ष बसन्ती नेपालीको अध्यक्षता तथा जिल्लास्थित सरोकारवालाहरुको उपस्थितिमा उक्त अन्तरक्रिया सम्पन्न भएको हो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका प्रमुख चौधरीले बादी समुदायको विकासमा कार्य गर्ने उद्देश्यले काम थालेको संस्थालाई सफलताको शुभकामना दिए । उनले बादी समुदायका लागि कार्य गर्ने विभिन्न कार्यक्रमहरु भए पनि बादी महिलाका लागि लक्षित गरी कार्य गर्ने उद्देश्य राखेको यस संस्थाले वास्तविक महिलाहरुलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गरे । उनले संस्थालाई आवश्यकता अनुसार सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । 

नेपालगञ्ज उपमहानगरपालिका महिला वालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख पबित्रा पुरीले संस्थाले कार्य प्रारम्भ गरेकोमा बधाई ज्ञापन गर्दै लक्षित बर्ग उत्थानमा सहयोगी हुने विश्वास ब्यक्त गरिन् । जिल्ला प्रहरी कार्यालय महिला सेलका प्रहरी सहायक निरीक्षक चन्द्रिका खनालले बादी समुदायका महिलाहरुका लागि कार्य थालेकोमा खुसी लागेको बताउदै नेपाल प्रहरीले आवश्यकता अनुसार संस्थालाई सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरिन् । अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले बादी समुदायका बिषयमा समाजमा बिद्यमान गलत धारणा मेटाउन सफल रहेको भन्दै अबको समय बादी समुदायका महिलाहरुलाई अन्य सरह अगाडि बढाउनुपर्ने समय आएको बताए । उनले शिक्षामा सुधार गर्दै अगाडि बढाउन संस्था सफल हुने विश्वास ब्यक्त गरे ।

May be an image of one or more people, dais and text

गैसस महासंघ बाँकेका सहसचिब परिना चौधरीले आफ्नो लागि आफैं गरौं भन्ने उद्देश्यले अगाडि बढेको संस्थाले परिणाम ल्याउने विश्वास ब्यक्त गरिन् । उनले गैसस महासंघले संस्थालाई आवश्यकता अनुसार सहयोग गर्ने प्रतिबद्धता जनाइन् । अन्तरक्रियाको खुल्ला सत्रमा फातिमा फाउण्डेसनका सुवेदा फरविन, फेडोका दिलिसा गौतम, गैसस महासंघका गणेश भट्टराई, तारा खत्री, बास नेपालका शोभा थापा मगर, पत्रकार रुपा गहतराज, सोम गुरुंग, नारी विकास केन्द्रका रचना श्रेष्ठ लगायतले बोलेका थिए । बास नेपालका निर्देशक हेमराज भट्टले सहजीकरण गरेको अन्तरक्रियामा मर्यादाका लागि महिला आवाजको स्थापना, उद्देश्य र योजनाका बारेमा जानकारी गराउदै धन्यबाद ज्ञापनसहित कार्यक्रमको समापन संस्थाका अध्यक्ष नेपालीले गरेकी थिइन् । 

May be an image of one or more people, dais and textMay be an image of table, lighting and dais


प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  १८:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डाइनामिक कलेजका विद्यार्थीलाई मानव अधिकारबारे अभिमुखीकरण
डाइनामिक कलेजका विद्यार्थीलाई मानव अधिकारबारे अभिमुखीकरण
नेपालगञ्ज उपमहानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
नेपालगञ्ज उपमहानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP