नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्ज उपमहानगरपालिकाको सार्वजनिक सुनुवाईमा ७ बुँदे प्रतिबद्धता 
नेपालगञ्ज उपमहानगरपालिकाको सार्वजनिक सुनुवाईमा ७ बुँदे प्रतिबद्धता 
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, मंसिर ५, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्ज उपमहानगरपालिकाको सार्वजनिक सुनुवाईमा ७ बुँदे प्रतिबद्धता 

नेपालगञ्ज । सात बुँदे साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गर्दै नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक बर्ष २०८२/०८३ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । बास नेपालको सहजीकरणमा आज सम्पन्न सुनुवाईमा गरिएका प्रतिबद्धताहरुमा नेपालगञ्ज उपमहानगरपालिकाले बनाउने योजना कार्यक्रमलाई लैससासमैत्री बनाउने तथा निर्माण गरिने भौतिक संरचनालाई अपांगतामैत्री बनाउने नीतिको पूर्ण कार्यान्वयन गर्ने, उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा सडक अतिक्रमण भइरहेकाले अतिक्रमण र फुटपाथ ब्यवस्थापनका लागि विशेष अभियान सञ्चालन गर्ने, उपमहानगरपालिका क्षेत्रभित्र छाडा पशु चौपाया ब्यवस्थापनका लागि आम नगरबासी, नगर प्रहरी, स्थानीय प्रतिनिधि र सरोकारवाला सबै मिलेर समस्या समाधान गर्ने गरी विशेष योजना बनाउने, नगरभित्रका विभिन्न सडकमा सडक बत्ती नभएको भन्ने गुनासो आएकाले सो समस्या समाधान गर्न स्थलगत अनुगमन गरी तत्काल जडान गर्ने, उपमहानगरपालिकाको विभिन्न स्थानमा नाला सरसफाई र ढल निकासका लागि अनुगमन गरी आवश्यक कार्य गर्ने, वडा नम्बर २१ र २२ मा पर्ने कान्तितालको संरक्षण र ब्यवस्थापनका लागि चालू आर्थिक बर्षभित्र बत्ती जडान र अन्य आवश्यक कार्य गर्ने, लक्षित बर्ग उत्थान कार्यक्रम अन्तरगत लक्षित बर्गले आवश्यकता पहिचान गरी माग गरी आएमा आवश्यक सम्बोधन गर्ने रहेका छन् ।

सुनुवाईको शुरुवातमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले पहिलो चौमासिकमा भएका क्रियाकलाप तथा महत्वपूर्ण उपलब्धिको बारेमा जानकारी गराएका थिए । सुनुवाईमा उठेका प्रश्न तथा जिज्ञासाको समाधान नगर प्रमुख प्रशान्त बिष्ट, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, र शाखा प्रमुखहरुले दिएका थिए । बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सहजीकरण गरेको सुनुवाईमा स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले प्रकाश पारेका थिए भने नागरिक प्रतिबेदन पत्र र बहिर्गमन अभिमतको नतिजा घोषणा बास नेपालका जनसम्पर्क अधिकृत माधब कार्कीले गरेका थिए । उपमहानगरपालिकाको पहिलो चौमासिक सार्वजनिक सुनुवाई नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २२ कान्तिताल नजिक बाबाकुटी परिसरमा सम्पन्न भएको थियो ।


प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  १८:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
सीपसँग जोडिँदै कोहलपुरका युवा
सीपसँग जोडिँदै कोहलपुरका युवा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP