नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानः नेपालगञ्जमा दिप प्रज्वलन गरी सुरुवात गरियो
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानः नेपालगञ्जमा दिप प्रज्वलन गरी सुरुवात गरियो
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर ९, २०८२ बागेश्वरी पोस्ट
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानः नेपालगञ्जमा दिप प्रज्वलन गरी सुरुवात गरियो

नेपालगञ्ज । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान–२०८२ सुरु भएको छ । मंगलबार साँझ नेपालगञ्जमा दिप प्रज्वलन गरेर अभियानको उद्घाटन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले दियो बालेर अभियानको उद्घाटन गरेका हुन् ।

सो क्रममा बोल्दै उनले नेपालमा अझै पनि कुप्रथा, विभेदपूर्ण सोच र सामाजिक बन्धनका कारण लैङ्गिक हिंसा सहन बाध्य रहेको भन्दै यस्तो समस्या अन्त्य गर्न परिवारदेखि समुदाय र सरकारी संयन्त्रसम्मको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिए । उनले लैङ्गिक समानता नीति निर्माण गरी सरकारले कार्यान्वयनमा ल्याइसकेको हुँदा महिला, बालबालिका तथा लैङ्गिक अल्पसंख्यकहरूको विकास, संरक्षण र सशक्तिकरणलाई प्राथमिकता दिएको उल्लेख गरे ।

नगर उपप्रमुख कमरुद्दिन राईले १६ दिने अभियानले सबैलाई समानता, न्याय र सम्मानमा आधारित सभ्य, सुरक्षित र समुन्नत समाज निर्माणतर्फ अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पुर्ण बहादुर खत्रीले सबै क्षेत्रमा समानता र सम्मानको भावनाको विकास गर्न जरुरी रहेकोमा जोड दिए ।

नेपालगञ्ज उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख पवित्रा पुरीका अनुसार उद्घाटन कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज प्रमुख द्वारिका कुमारी अधिकारी, माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइराला, शक्ति समूहकी संयोजक निर्मला पौडेल, नारी विकास केन्द्र, साथी संस्था लगायत नेपालगञ्जमा रहेका संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यसका साथै १६ दिने अभियान अन्तर्गत विद्यालय तथा कलेजमा अभिमुखीकरण, जनप्रतिनिधि तथा अगुवा महिलाहरुलाई सचेतना कार्यक्रम, बाल संरक्षण प्रणाली सवलीकरण र जोखिम पहिचान कार्यक्रम, अन्तरक्रिया लगायतका कार्यक्रम गर्ने कार्ययोजना निर्माण गरिएको महिला विकास अधिकृत आशा कुमारी शाहीले जानकारी दिइन् ।

विश्वव्यापी रूपमा लैङ्गिकतामा आधारित हिंसा विरुद्ध १६ दिने अभियान वा छोटकरीमा १६ दिने अभियान मनाइन्छ । महिला विरुद्धको हिंसा उन्मुलनको अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर २५) मा सुरु भई अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (डिसेम्बर १०) का दिन यस १६ दिने अभियान समापन गर्ने गरिन्छ ।


प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  २०:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
सीपसँग जोडिँदै कोहलपुरका युवा
सीपसँग जोडिँदै कोहलपुरका युवा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP