नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, मंसिर १५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • स्थानीय तह समन्वय बैठकः विपद् पूर्व तयारी र प्रतिकार्यमा साझा प्रतिबद्धता
स्थानीय तह समन्वय बैठकः विपद् पूर्व तयारी र प्रतिकार्यमा साझा प्रतिबद्धता
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, मंसिर १५, २०८२ बागेश्वरी पोस्ट
स्थानीय तह समन्वय बैठकः विपद् पूर्व तयारी र प्रतिकार्यमा साझा प्रतिबद्धता

नेपालगञ्ज । बाँकेको जानकीमा अन्तर स्थानीय तह समन्वय बैठक सम्पन्न भएको छ । जानकी गाउँपालिकाले आज आयोजना गरेको चौथो अन्तर स्थानीय तह समन्वय बैठकले विपद् पूर्व तयारी र प्रतिकार्यमा साझा प्रतिबद्धता ब्यक्त गरेको छ । बैठकले प्रत्येक बर्ष बढ्दै गइरहेको शीतलहरको प्रभावबाट नागरिकलाई राहत दिलाउन सबै स्थानीय तहले आवश्यकता अनुसार आपसी सहयोग, समन्वय तथा सहजीकरण गर्ने निर्णय गरेको छ । शीतलहरबाट प्रत्यक्ष प्रभावित हुन सक्ने नागरिकलाई लक्षित गरी जिल्ला विपद् व्यवस्थापन समितिबाट तर्जुमा भएको शीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजना समेतलाई आधार मान्दै जिल्लास्थित सुरक्षा निकाय समेतको सहयोग र सहकार्यमा राहत सामग्री वितरण गर्ने निर्णय गरिएको छ । यस्तै सचेतनामूलक सन्देश प्रशारण गर्ने निर्णय पनि गरिएको आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना ब्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । चिसो सुरु भएसंगै तराईमा शीतलहरको जोखिम बढ्छ । 

समन्वय बैठकले विपद् जोखिम न्यूनीकरण गर्ने उद्देश्यले जोखिम हस्तान्तरणका लागि बीमा कार्यक्रमलाई बाँके जिल्लास्थित सबै स्थानीय तहहरुले अबलम्बन गर्ने निर्णय गर्दै सो सम्बन्धमा कोहलपुर नगरपालिका, नरैनापुर गाउँपालिका र खजुरा गाउँपालिकामा एक महिनाभित्र अभिमुखीकरण कार्यक्रममा सहजीकरण गर्ने गरी नेपालगञ्ज उपमहानगरपालिकाले आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ । यस्तै दमकल सेवालाई थप प्रभावकारी बनाउन साथै अन्तर स्थानीय तहको साझेदारी र लगानीमा समेत सञ्चालनका लागि यसअघि खजुरा गाउँपालिका र जानकी गाउँपालिका बीचको बैठकबाट सामान्य समझदारी भइसकेको अवस्थामा अन्य स्थानीय तहहरु बीचमा पनि आवश्यकता अनुसार सहकार्य गर्ने गरी दमकल प्राप्ति, सञ्चालन र ब्यवस्थापनका सन्भर्दमा लुम्बिनी प्रदेश सरकारलाई अनुुरोध गर्ने, विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापनको लागि वडा तहमा स्वयंसेवक गठन गरी आवश्यकता अनुसार परिचालन र ब्यवस्थापन गर्ने गरी सबै स्थानीय तह सहमत हुने, आगामी बैठक डुडुवा गाउँपालिकाले आयोजना गर्ने निर्णय समेत भएको ज्ञवालीले जानकारी दिए ।

बैठकमा आठ वटै स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरु, विपद् समिति संयोजकहरु, फोकल पर्सनहरु, विभिन्न सुरक्षा निकायका प्रमुख, पत्रकार लगायतको उपस्थिति थियो । त्यसक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका विपद् फोकल पर्सन दिपेन्द्र श्रेष्ठ, जानकीका विपद् फोकल पर्सन राजेन्द्र बाजपेयीले संक्षिप्त प्रस्तुतिकरण समेत गरेका थिए । जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँको अध्यक्षतामा बसेको बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोक बहादुर सुनार, बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा लगायतले विपद् न्यूनीकरण र ब्यवस्थापनमा सहकार्य गर्दै जाने प्रतिबद्धता ब्यक्त गरेका थिए । जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले सहजीकरण गर्नुभएको कार्यक्रममा स्वागत जानकी गाउँपालिका विपद् तथा वातावरण समिति संयोजक राजेन्द्र सिंहले गरेका थिए ।

त्यसक्रममा दाङका दुई पालिका राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले पनि आफ्ना अनुभव सुनाएका थिए । बाँकेमा विपदमा सहकार्य गर्ने उद्देश्यले अन्तर स्थानीय तह समन्वय सञ्जाल गठन गरिएको छ । जिल्लामा रहेको सबै स्थानीय तहबीच समन्वय र सहकार्य बढाउने, स्थानीय सरकारबीच उपलब्ध स्रोत साधन तथा जनशक्तिलाई विपद् ब्यवस्थापनमा सामूहिक परिचालन गर्ने, जिल्ला विपद् ब्यवस्थापन समिति र स्थानीय विपद् ब्यवस्थापन समिति बीचको सम्बन्धलाई प्रभावकारी बनाई विपद् ब्यवस्थापनका कार्यलाई प्रभावकारी बनाउने उद्देश्य सञ्जालको छ ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी एवम् सिडिएम नेपालको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सुपर कार्यक्रमले विपद पूर्व तयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ । यसले जिल्लाभर आवश्यक पृष्ठपोषणसंगै समन्वय, सहकार्य र सहजीकरणमा टेवा पुगिरहेको छ । 


प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  २०:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्थानीय तह समन्वय बैठकः विपद् पूर्व तयारी र प्रतिकार्यमा साझा प्रतिबद्धता
स्थानीय तह समन्वय बैठकः विपद् पूर्व तयारी र प्रतिकार्यमा साझा प्रतिबद्धता
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानमा १६ कार्यक्रम
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानमा १६ कार्यक्रम
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानः नेपालगञ्जमा दिप प्रज्वलन गरी सुरुवात गरियो
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानः नेपालगञ्जमा दिप प्रज्वलन गरी सुरुवात गरियो
नेपालगञ्ज उपमहानगरपालिकाको सार्वजनिक सुनुवाईमा ७ बुँदे प्रतिबद्धता 
नेपालगञ्ज उपमहानगरपालिकाको सार्वजनिक सुनुवाईमा ७ बुँदे प्रतिबद्धता 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP