नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नरैनापुरमा शिक्षक सरुवालाई कारण बनाई भ्रम फैलाउने प्रयास गरिरहेको देखिन्छ: अध्यक्ष शाह
नरैनापुरमा शिक्षक सरुवालाई कारण बनाई भ्रम फैलाउने प्रयास गरिरहेको देखिन्छ: अध्यक्ष शाह
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, मंसिर १८, २०८२ बागेश्वरी पोस्ट
नरैनापुरमा शिक्षक सरुवालाई कारण बनाई भ्रम फैलाउने प्रयास गरिरहेको देखिन्छ: अध्यक्ष शाह

नरैनापुर । नरैनापुर गाउँपालिका अध्यक्ष स्तियाक अहमद शाहले पछिल्लो समय शिक्षा क्षेत्रका विषयलाई लिएर देखिएका गतिविधिप्रति ध्यानाकर्षण भएको बताएका छन्। अध्यक्ष शाहले आज जारी गरेको प्रेस विज्ञप्तिमा विद्यालय, स्वास्थ्य सेवा, यातायात तथा अन्य सार्वजनिक सेवा अवरुद्ध गर्ने खालका बन्द–हड्ताल नगर्न आग्रह गरेका छन्।

विज्ञप्तिमा समस्या, माग वा असन्तुष्टि भए कानुन विपरीत गतिविधि नगरी सम्बन्धित निकायसँग संवाद र छलफलमार्फत समाधान खोज्नुपर्ने उल्लेख छ। बिना जानकारी बन्द–हड्ताल गरी सर्वसाधारणलाई दुःख दिने काम अस्वीकार्य भएको अध्यक्षको भनाइ छ।

अध्यक्षले विद्यालयमा अध्ययनरत बालबालिकालाई आन्दोलनमा प्रयोग गरी सडक जाम गराउने कार्य गलत र निन्दनीय भएको बताएका छन्। बालबालिका देशको भविष्य भएकाले उनीहरूलाई राजनीतिक दबाब वा समूहगत स्वार्थका लागि प्रयोग गर्नु हुँदैन भनिएको छ।

यस्ता गतिविधिले आम नागरिक, महिला, बालबालिका, वृद्धवृद्धा, श्रमिक तथा दैनिक ज्यालादारी मजदुरको जीवन र रोजगारीमा प्रत्यक्ष असर परेको उल्लेख गरिएको छ। शान्ति, शिक्षा र सेवा प्रवाहमा अवरोध नपुर्‍याउन सबैलाई आग्रह गरिएको छ। विज्ञप्तिमा शिक्षा सम्बन्धी विषय अदालतको आदेशअनुसार नै अगाडि बढिरहेको र केही व्यक्तिले भ्रम तथा गलत सूचना फैलाउने प्रयास गरिरहेकोप्रति समेत ध्यानाकर्षण गराइएको छ।

गाउँपालिका अध्यक्षले नरैनापुरका सबै नागरिकलाई शान्ति, शिक्षा, विकास र सद्भाव कायम गर्न सहयोग गर्न अपिल गरेका छन्। समस्या समाधानका लागि संवाद र सहकार्यका लागि गाउँपालिका सधैं तयार रहेको उनले बताएका छन्।

प्रेस विज्ञप्ति-

नरैनापुर गाउँपालिकामा हालका केही दिनयता शिक्षा क्षेत्रमा देखिएको अनियमितता, माफियाकरण र अराजकता विरुद्धको नाममा विद्यालय तथा स्वास्थ्य सेवा बाहेकका यातायात र अन्य सार्वजनिक सेवा बन्द गरिने भन्ने सूचनाहरू सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको जानकारी प्राप्त भएको छ ।

गाउँपालिकाको तर्फबाट यस विषयमा केही अत्यन्त महत्वपूर्ण पक्षहरू स्पष्ट पार्न चाहन्छु :-

१. बन्द हड्ताल बिना सूचना, कानुनविपरीत र समाजविरोधी कुनै पनि माग, विरोध वा आन्दोलनको कार्यक्रम सार्वजनिक निकायसँग संवाद गरी, औपचारिक ज्ञापन बुझाई, कानुनी मार्ग अनुसरण गरी अघि बढाउनुपर्छ ।

तर पछिल्लो घटना क्रममा गाउँपालिकालाई कुनै सूचना नदिई, कुनै माग पेश नगरी, विद्यालयका बालबालिकालाई प्रयोग गरी सडक जाम जस्ता संवेदनशील गतिविधि गरिनु अत्यन्त दुःखद तथा निन्दनीय छ ।

२. बालबालिका हाम्रो भविष्य उनीहरूलाई प्रयोग गर्नु अपराधसरह :

विद्यालयमा पढिरहेका नानी बाबुहरू राजनीतिक दबाब, निजी स्वार्थ वा समूह-गत अभिप्रायका लागि प्रयोग गरिनु केवल गलत मात्र होइन, नैतिक रूपमै आपराधिक विचारधारा हो ।

हामी सबैले बुझ्नुपर्छः बालबालिका आन्दोलनको उपकरण होइनन्, उनीहरू देशको भविष्य हुन् । उनीहरूलाई कक्षा कक्षबाट निकालेर सडकमा उतार्ने, मानसिक तनावमा पुऱ्याउने र शिक्षाबाट वञ्चित गराउने काम कानून र समाज दुवैको दृष्टिमा अस्वीकार्य छ।

३. निजी स्वार्थका लागि बन्द हड्ताल उठाउने प्रवृत्ति तत्काल रोकियोस्

नरैनापुरका बासिन्दाहरू शान्तिपूर्ण, श्रमशील र सद्भावपूर्ण समुदाय हुन् । यहाँका जनताले विगतका वर्षहरूमा धेरै कठिनाइ सहेर विकास र सुशासनका लागि हातेमालो गर्दै आएका छन् । यस्तो परिस्थितिमा, केही व्यक्तिहरूले व्यक्तिगत स्वार्थ, सङ्गठनगत दबाब वा बाह्य प्रभावमा परेर सेवा प्रवाह अवरुद्ध गर्ने प्रयास गर्नु नरैनापुरको पहिचान र भविष्य दुवैका लागि घातक छ ।

४. शिक्षक सरुवाको विषय अदालतको आदेशअनुसार नै अघि बढिरहेको छ । हाल केही व्यक्तिहरूले शिक्षक सरुवालाई कारण बनाई भ्रम फैलाउने प्रयास गरिरहेको देखिन्छ ।

यस विषयमा स्पष्ट छः-

सम्मानित अदालतले दिएको आदेशअनुसार नै सरुवा प्रक्रिया अघि बढिरहेको छ, गाउँपालिकाको शिक्षा समिति पूर्ण रूपमा विधिसम्मत र कानुनी अधारमा संचालन भइरहेको छ ।

भ्रम, अफवाह र गलत सूचनाद्वारा जनतामा भ्रम सिर्जना गर्ने प्रयास नगर्न सबैलाई अनुरोध गर्दछु 

५. शान्ति, शिक्षा र सेवाप्रवाहमा अस्वीकार्य अवरोध नहोस् ।

नरैनापुरका आम नागरिक, महिला, बालबालिका, वृद्धवृद्धा, श्रमिक र दैनिक ज्यालादारी कामदारको जीवन र सेवा रोजगारी बन्द हड्तालबाट प्रत्यक्ष प्रभावित हुन्छ । त्यसैले, बन्द हड्तालको नाममा यातायात, कार्यालय, बजार र सेवाप्रवाह अबरुद्ध पार्ने कुनै पनि गतिविधि नगर्न नगराउन सबैलाई हार्दिक अपिल गर्दछु ।

हामी संवाद, सत्य तथ्य र कानुनी मार्गको सम्मान गर्दै हरेक समस्याको समाधान खोज्न तयार छौं । नरैनापुरलाई विकास, सुशासन र शान्तिको बाटोमा अघि बढाउने हाम्रो सामूहिक इच्छा-आकाङ्क्षालाई केही व्यक्तिको व्यक्तिगत स्वार्थले अवरुद्ध गर्न दिइने छैन ।

६. भ्रामक अडियो सम्बन्धमा ।

आन्दोलनको क्रममा स्थानीय तथा पत्रकार विनय प्रकाश दीक्षितले मलाई फोन गरी कुराकानी गर्ने क्रममा आफुले भनेका कुरासँगै मैले भनेका कुराहरुलाई जोडेर, तोडमोड गरी गलत अर्थ लगाई मेरो चरित्र हत्या समेत गरेको यो निन्दनीय कार्यको आलोचना गर्दछु ।

अन्त्यमा,नरैनापुरका सबै नागरिकलाई शान्ति, शिक्षा, विकास र सद्भावको पक्षमा एकजुट हुन हार्दिक अनुरोध गर्दछु ।गाउँपालिकाको ढोका सधैं संवाद, सहकार्य र समाधानका लागि खुलै रहेको जानकारी गराउन चाहन्छु ।

अध्यक्ष 

श्तियाक अहमद शाह

नरैनापुर गाउँपालिका

 

 

 

 


प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  २१:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
सीपसँग जोडिँदै कोहलपुरका युवा
सीपसँग जोडिँदै कोहलपुरका युवा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP